काँग्रेस सभापतिलाई गगन थापाका १० बुँदे सुझाव

काठमाण्डु टुडे २०७० असोज ८ गते १०:१८ मा प्रकाशित

काठमाण्डु, ८ असोज – नेपाली काँग्रेसका प्रभावशाली युवा नेता गगन थापाका कार्यकर्ताहरु मंगलबार एकीकृत नेकपा माओवादीमा प्रवेश गरेका छन् । केन्द्रीय कार्यालय कोटेश्वर gaganपेरिसडाँडामा मंगलबार आयोजित कार्यक्रममा काठमाण्डु क्षेत्रनम्बर ४ का दर्जनौं युवा कार्यकर्ताहरु एकीकृत माओवादीमा प्रवेश गरेका हुन् ।

विभिन्न क्षेत्रमा कृयाशील सुमन थुलुङ, प्रदीप परियार र सत्यनारायण साहको नेतृत्वका युवाहरुलाई एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी प्रवेश गराएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आगामी मंसीर ४ गते हुने संविधानसभाको दोस्रो निर्वाचनमा एमाओवादीको बहुमत आउनबाट कसैले रोक्न नसक्ने बताए ।

नवप्रवेशी युवाहरुले स्वदेशमै स्वरोजगार सिर्जना गर्न एमाओवादी मात्रै सक्षम भएको भन्दै देशलाई आर्थिक समृद्धिमा लैजान एमाओवादीलाई बहुमत दिलाउने बताए ।

कार्यक्रममा करीव २ सय सयको हाराहारीमा विभिन्न क्षेत्रमा क्रियाशील युवाहरु प्रवेश गरेको एकीकृत माओवादी केन्द्रीय कार्यालयले जनाएको छ । पार्टी प्रवेश कार्यक्रममा एमाओवादी नेताहरु हरिबोल गजुरेल, अग्नीप्रसाद सापकोटा, रामचन्द्र झा, उर्मिला अर्याल, खेमराज भट्टलगायत थिए ।

काँग्रेस सभापतिलाई गगन थापाका १० बुँदे सुझाव

२०७० मंसिर ४ गते हुन गईरहेको संबिधानसभाको निर्वाचनमा नेपाली काँग्रेसको बिजयलाई सुनिश्चित बनाउन नेपाली काँग्रेस केन्द्रीय समितिले केही कामहरु अविलम्व सम्पन्न गर्नु पर्ने देखिएकोले सभापतिज्यूको ध्यानाकर्षण गर्न बुझाइएको १० बुँदे सुझावपत्र। 

उम्मेदवारहरूको छनोटका सम्वन्धमा नेपाली काँग्रेसले आसन्न निर्वाचनका निमित्त उमेदवारहरुको छनोट गर्दा तल उल्लेखिल बिषयहरुलाई गम्भिरतापुर्वक मनन गर्न आवश्यक छ। 
१. २४० निर्वाचन क्षेत्रमा प्रत्यक्ष तर्फ निर्वाचन लड्ने उमेदवारहरुको छनोट गर्दा निर्वाचनमा बिजय हुने प्रवल संभावना बोकेको कुनै पनि उमेदवार कुनै पनी तहमा हुने गुटबन्दी वा भागवण्डाका कारणले प्रतिस्प्रर्धा गर्ने अबसर बाट बन्चित गराईन हुन्न। 
२. प्रत्यक्ष तर्फ उमेदवारको छनोट गर्दा मुख्य नेतृत्व तथा विशेष परिस्थितिमा पुरानो उमेदवारलाई दोहोर्यापउनु पर्ने बाहेक नयाँ अनुहारलाई अबसर दिईनु पर्छ। 
३. प्रत्यक्ष तर्फ उमेदवारको छनोट गर्दा २४० जना उमेदवारको सुचिमा नेपाली समाजको बिबिधताको प्रतिबिम्वन हुने अबस्थालाई सुनिश्चित गरिनु पर्छ। त्यसैगरि समानुपातिक तर्फको उम्मेद्वारको छनोट गर्दा धार्मिक तथा लैगिंक अल्प संख्यक लगायत सवै वर्ग र समुदायको प्रतिनिधित्व हुनुपर्छ।
४. समानुपातिक तर्फ उमेदवारको छनोट गर्दा प्रत्येक निर्वाचन क्षेत्र बाट न्युनतम एक जनाको नाम बन्द सुचिमा पर्नु पर्छ। यसरी नाम छनोट गर्दा प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्दै गरेको उमेदवारलाई कसरी सहयोग पुग्छ भन्नेमा बिशेष ध्यान पुर्यामउनु पर्छ। 
५. समानुपातिक तर्फ उम्मेदवारको छनौट गर्दा , जिल्ला तथा क्षेत्रको जातिय उपस्थिती र प्रत्यक्ष तर्फको उम्मेदवारको जातिय् भाषिक अवस्थाको विचमा सन्तुलन गराउने प्रयास गर्नु पर्दछ। 
६. काठमाडौं उपत्यकाबाट कम्तिमा तीन जना मधेशी मुलका (उपत्यकाकै मतदाता रहेका) ब्यक्तिलाई समानुपातिक सुचिमा समाविष्ट गर्नु पर्दछ। 
७. राष्ट्रिय स्तरमा ख्याति प्राप्त तथा आफ्नो क्षेत्रमा उल्लेखनीय काम गरिसकेका केहि ब्यक्तिहरुलाई समानुपातिक सुचिमा समाविष्ट गर्नु पर्दछ। 
८. आसन्न निर्वाचनमा प्रत्येक क्षेत्रवाट अत्यन्त ठुलो संख्यामा साथीहरुले उमेदवार बन्ने आकांक्षा प्रकट गरेको अवस्थामा उमेदवारको सम्बन्धमा पार्टीले निर्णय गरे पश्चात उत्पन्न हुन सक्ने असन्तुष्टी लाई ब्यावस्थापन गर्न अहिले नै एउटा सोच बनाई राख्नु आवश्यक छ। सम्बन्धित क्षेत्रमै गएर असन्तुष्ट साथीहरु संग छलफल गर्नु पर्ने अवस्था आउने भएकाले पार्टीका केही बरिष्ठ र प्रभावशाली नेताहरुलाई प्रत्यक्ष तर्फको उमेदवार नवनाई असन्तुष्ट साथीहरुको ब्यावस्थापन देखि देश भर प्रचार प्रसारको समेत जिम्मा दिने गरी समानुपातिक तर्फ उमेदवार बनाइनु पर्छ। 
९. उमेदवारको छनोट गर्दा विगतमा भएको शशस्त्र द्वन्द्ववाट पिडितहरूलाई प्राथमिकता दिईनुपर्छ।
१०. आसन्न निर्वाचन को कुल मतदाता मध्ये करिव ५० प्रतिसत मतदाता ३५ बर्ष भन्दा मुनिको उमेर समुहका रहेको अबस्थामा त्यो वास्तविकतालाई ध्यानमा राख्दै उमेदवार छनोट गर्नु वाञ्छनीय देखिन्छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us