चीन–भेनेजुयला सम्झौता

काठमाण्डु टुडे २०७० असोज ७ गते १:४७ मा प्रकाशित

Maduro in Chinaवेइजिङ ७ असोज–चीन र भेनेजुयलाले स्रोत साधन,कृषि लगायत बिभिन्न क्षेत्रका बिबिध सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन । दुई पक्षीय सम्बन्ध बिकासलाई चिनिया पक्षले उच्च महत्व दिएपछि ती सम्झौतामा हस्ताक्षर भएको हो । 
चीन र भेनेजुयलाको उच्चस्तरिय मैत्रीसमितिको आइतवार बेइजिङमा भएको १२ बैठकमा त्यस्तो सम्झौता भएको हो । भेनेजुयलाका राष्ट्रपति रिचार्ज मादुरो र चिनिया उप्रधानमन्त्री चाङग काउलीको उपस्थितिमा ती सम्झौता भएका हुन ।
राष्ट्रपति मादुरोले उच्चस्तरिय मैत्री समितिको मूल्याङकन गर्दै दुई पक्षीय सम्बन्ध र बिबिध क्षेत्रमा आपसी हितका सहयोगलाई अझै सवल पार्ने आशा व्यक्त गरे भने उपप्रधानमन्त्री काउलीले चीन र भेनेजुयला आपसी बिश्वास र आपसी सहयोगी मित्र बनिसकेको बताए । दुइ पक्षीय सम्बन्धलाई आगामी दिन अझै बिस्तार गर्ने र साझा बिकासलाई अघि बढाउने चाहना उपप्रधानमन्त्री काउलीले व्यक्त गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us