चिनिया नेता पो सिलाईमाथि फैसला आज

काठमाण्डु टुडे २०७० असोज ६ गते २:५५ मा प्रकाशित

काठमाण्डु ६ असोज–अपदस्त चिनिया नेता पो सिलाईको मुद्दामा आइतवार चिनिया अदालतले फैसला सुनाउँदै छ । छोङचिङका पूर्व पार्टी प्रमुख पो माथि भष्ट्राचार, सत्ताको दुरुपयोग र घुसखोरीको आरोप लागेको छ । 
विश्लेषकहरुका अनुसार पोलाई लामो समयको जेल सजायको फैसला हुन सक्छ । तर पैmसलाको विरोधमा पो माथिल्लो अदालतमा जान पनि सक्नेछन । चीनमा तल्लो अदालतको पैmसलाको १० दिन भित्र फैसलामाथि पुनर्विचारकालागि माथिल्लो अदालतमा जान सकिने प्रावधान छ ।

चीनमा माथिल्लो अदालतले मुद्दामा पुर्ण रुपमा फेरि बहस सुरु गर्न सक्ने वा मुद्दाका कुनै विशेष मुदामा पनि छलफल गराउन सक्ने प्रावधान छ । अदालतबाट पो ले सफाई पाउने सम्भावना निकै न्युन रहे पनि अदालती प्रकृयामा यो केहि हदसम्म पो को विजय मानिएको छ । पोले आफुले कुनै गलत काम नगरेको र आप्mनी पत्नीको गलत कामका कारण आफु फसेको बताउँदै आएका छन् । पोकी श्रीमतिलाई बेलयाती ब्यापारी निल हेउडको हत्याको आरोपमा अदालतले दोषी ठहर गरिसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us