काठमाण्डु म्याराथनमा आर्मीको वर्चश्व

काठमाण्डु टुडे २०७० असोज ५ गते १३:२४ मा प्रकाशित

काठमाण्डु, असोज– सातौं काठमाण्डु म्याराथनमा त्रिभुनव आर्मी क्लबले वर्चश्व जमाएको छ ।
dhawakकाठमाडौंमा शनिबार भएको प्रतिस्पर्धामा आर्मीले चार स्वर्णसहित तीन–तीन रजत र कास्य जितेको छ ।  शसस्त्र प्रहरी बलको एपीएफ क्लबले दुई स्वर्ण, दुई रजत र एक कास्य पदक हात पा¥यो । पुरुष म्याराथतर्फ त्रिभुवन आर्मी क्लबका उत्तम खत्री २ घन्टा ३२ मिनेट ०१ सकेन्डमा दुरी पार गर्दै स्वर्ण जित्न सफल भए । दोस्रँे स्थान आर्मीकै कृष्ण बस्नेत २ घन्टा ३२ मिनेट ४० सेकेन्डमा दौडिदै हात पारे । तेस्रो स्थान आर्मीकै राजन खत्रीले जिते । राजनले निर्धारित दुरी २ घन्टा ३२ मिनेट ५४ सेकेन्डमा पार गरे । उपाधिसँगै उत्तमले १ लाख नगद पाए भने कृष्णले ५० हजार र राजनले २५ हजार रुपैयाँमा चित्त बुझाए ।

चौथो स्थान नेपाल पुलिस क्लबका भुमिराज राईले हात पारे । उनले निर्धारित दुरी पार गर्न २ घन्टा ३४ मिनेट ५९ सेकेन्ड, पा“चौ स्थान आर्मीकै पूर्ण तामाङ २ घन्टा ३५ मिनेट ४३ सकेन्डमा । छैटौ देखि दशौ स्थानसम्म पनि आर्मीकै खेलाडी रहन सफल भए । यता महिलतर्फ दुई खेलाडीले भाग लिएकोमा एपीएफकी सोनु जया राईले मात्र दौड पुरा गरिन् । अन्य खेलाडीस“गको प्रतिस्पर्धा बिनै स्वर्ण जित्न सोनुले ३ घन्टा ३६ मिनेट ४४ सेकेन्डमा निर्धारित दुरी पार गरिन् ।

हाफ म्याराथनको पुरुषतर्फ पनि आर्मीकै खेलाडीले बर्चश्व जमाए । आर्मीका  राजकुमार बिष्टले निर्धारित दुरी १ घन्टा ११ मिनेट ५१ सेकेन्डमा पार गर्दै स्वर्ण जिते । आर्मीकै होमलाल श्रेष्ठले १ घन्टा १२ मिनेट ०८ सेकेन्डमा दौड पुरा गर्दै दोस्रो स्थान हात पार्दा १ घन्टा १२ मिनेट २४ सेकेन्डमा निर्धारित दुरी पार गरेका आर्मीकै तीर्थबहादुर तामाङ तेस्रो भए । महिलातर्फको हाफ म्याराथनमा एपीएफकी बृन्दा श्रेष्ठले १ घन्टा ३१ मिनेट ४५ सेकेन्ड निर्धारित दुरी पार गर्दै स्वर्ण हात पारिन् । आर्मीकी सरिता बसी १ घन्टा ४३ मिनेट ५४ सकेन्डमा कुद्दै दोस्रो स्थानमा आइन् । तेस्रो स्थान नारायणी देवि सिंहले १ घन्टा ४५ मिनेट ३० सकेन्डमा निर्धारित दुरी पार गर्दै हात पारिन् ।

५ किलो मिटर दौडको पुरुषतर्फ आर्मीका कल्याण बानियाले १६ मिनेट ४६ सेकेन्डमा निर्धारित दुरी पार गर्दै स्वर्ण जिते । दोस्रो स्थान एपीएफ लक्ष्मण मल्ल (१६:४७) र तेस्रो स्थान एपीएफकै किरण मल्ल (.१६:४८) ले हात पारे । महिलतर्फ आर्मीकी विश्व रुपा बुढा २० मिनेट ०७ सेकेन्डमा दौड पुरा गर्दै पहिलो स्थान हात   पारिन् । दोस्रो स्थान एपीएफकी कान्छीमाया कोजु (२०:२१) र तेस्रो स्थान एपीएफकै लक्ष्मी पान्डे (२०:३५ ) ले जितिन् । स्कुलतर्फको ५ किलोमिटर पुरुषमा डीएभीका ज्ञानबहादुर दानी पहिलो, विकाश राई दोस्रो र श्री चन्डी माविका बाबुराम माझी तेस्रो भए । महिलातर्फ विजेश्वरीकी संगिता खड्का पहिलो, साइपल माविकी हुमी बुढामगर दोस्रो र ग्याल्डस्टोकी एकेडेमीकी सर्मिला क्षेत्री तेस्रो भइन् ।
व्हिलचियर म्याराथनको पुरुषतर्फ भरत अधिकारी पहिलो, कृष्ण राज चौधरी दोस्रो र राज कटुवाल तेस्रो भए । महिलातर्फ व्हिलचियर स्पोटर्स संघकी ज्योती अर्याल पहिलो, व्हिलचियर संघकै यामी झाक्रिमगर दोस्रो र जोरपाटीकी सोनीका ढकाल तेस्रो भइन् । प्रतियोगितामा २३ सय ५९ धावकले भाग लिएका थिए । जसमा पुरुष म्याराथन ७३ जनाले प्रतिस्पर्धा गर्दा महिलातर्फ सोनु जया राई एक्लैले दौडिएकी थिइन् । हाफ म्याराथनको पुरुषमा १ सय २६ धवकले प्रतिस्पर्धा गर्दा महिलामा १२ जना कुदेका थिए । यस्तै ५ किलोमिटर ओपनमा ११ सय ८३ धावकले दौडमा प्रतिस्पर्धा गर्दा स्कुलतर्फ ९ सय ५४ खेलाडी सहभागी थिए । व्हिलचियरतर्फ १८ खेलाडीले भाग लिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us