पूर्वयुवराज पारसलाई गम्भीर सुरक्षा खतरा !

काठमाण्डु टुडे २०७० असोज १० गते १५:१४ मा प्रकाशित

काठमाण्डु-बितेको एकहप्ताभित्र  पत्रपत्रिका, अनलाईन , रेडियो, टेलिभिजनलगायत सबैजसो सञ्चार माध्यममा पूर्वयुवराज पारस शाहले अर्को विवाह गर्ने र पूर्वयुवराज्ञी हिमानी शाह पारसलाई भेट्न  बैंकक गएको खबरले प्राथमिकता पाएको छ  ।

paras 1पूर्वयुवराज पारस त्यहाँ रहनुका पछाडि आफ्नी प्रेमिकासँग बस्ने मात्र नभएर उनमाथि विभिन्न तरिकाले सुरक्षा खतरा रहेको दरबारनिकट स्रोतले बताएको छ ।  नेपालमा २०६२÷०६३ सालको राजनीतिक व्यवस्था परिवर्तन नभएको भए उनी नेपालको राष्ट्र प्रमुख हुने थिए । तर समयले मानिसलाई धेरैअघि वा धेरैपछि पनि पार्नसक्छ भन्ने उदाहरण नेपालमा राजतन्त्रको अवस्था हेरेर भरपुर उदाहरण दिन सकिन्छ । राजनीतिक व्यवस्था परिवर्तनपछिको सबैभन्दा प्रभावित संस्था राजतन्त्र नै हो । राजतन्त्रका कारण पूर्वराजा ज्ञानेन्द्रले नेपालको राष्ट्र प्रमुख मात्र होइन नारायणहिटी राजदरबार पनि छाड्नु परेको थियो । उनी त बरु पूर्वराजा वीरेन्द्रको वंशज सकिएपछि राजाको रुपमा स्थापित हुने भाग्यमानी थिए ।

तर पूर्वराजाका छोरा अर्थात पूर्वयुवराज पारस चाँहि धेरै नै अभागी सावित भएका छन । त्यसैले त कहिले काँही पारसले आफ्ना साथीहरुसँग बाबुका कारण आफू नेपाल बस्न नसकेको प्रतिक्रिया दिने गरेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालका उपाध्यक्ष डाक्टर तुलसी गिरी राजनीतिमा सक्रिए हुँदा र प्रेसमाथि आक्रमण गर्दा नेपालबाट राजतन्त्रको अन्त्य भएको बताउँछन् । उनले पूर्वराज ज्ञानेन्द्रको व्यवसायीक मोह अर्थात राजनीतिसंँगै व्यापार गर्ने ईच्छाका कारण पनि नेपालबाट राजतन्त्र समाप्त भएको दाबी गरे ।

पूर्वराजाको समर्थन गर्ने र प्रत्यक्ष शासनकालका धेरै नेताहरुका अनुसार पूर्वराजालाई मन्त्रीपरिषद्का सदस्यहरुले सक्रिय राजनीतिमा भाग नलिन आग्रह गरेका थिए । स्रोतले भन्यो “हामीले कि तत्कालिन विद्रोही माओवादीलाई साथमा लिएर अगाडि ‘बढिबक्स्यो’ । कित नेपालका संसदवादी दललाई साथ ‘लिइबक्स्यो’ भनेका थियौं । तर सरकार (ज्ञानेन्द्र) ले ‘मानिबक्सेन’ । आर्थिक नाफा नोक्सान धेरै हेर्ने भएका कारण पनि नेपालबाट राजतन्त्र पतनको बाटोमा गएको हो । रक्सी मनलाग्दी खाने र नराम्रोसँग गाली गर्ने सरकारको बानी बनेको थियो । रक्सीले सनक चढेपछि जे पनि गर्ने सरकारको बानी थियो ।’ शाहीकालीन उपाध्यक्ष गिरी राजतन्त्र पतन हुनुमा स्वयं ज्ञानेन्द्रकै हात रहेको दाबी गर्छन् ।
आफ्ना बाबु ज्ञानेन्द्रको चर्को आलोचक नेपालमा २०६५ साल जेठ १५  गते संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनमा आयो । गणतन्त्र कार्यान्वयनसँगै नेपालबाट २ सय ४० वर्ष पुस्तैनी र परम्परागत शासन गरेकोे राजतन्त्रको अन्त्य भयो । राजतन्त्रको अन्त्य र गणतन्त्र कार्यान्वययनसँगै पूर्वराजा ज्ञानेन्द्रको परिवारमा कहलको बिऊ रोपियो । गणतन्त्र आउनुका पछि आफ्ना बाबुको व्यवहार जिम्मेवार रहेको निष्कर्ष निकालेका पारसले बाबुले नारायणहिटी छाडेर नागार्जुन गएपछि उनी बाबुको पछि लागेनन् । त्यसैले होला पूर्वयुवराज पारसले आफ्ना साथीभाईसँग बाबुको आलोचना गर्ने गरेका छन् । ज्ञानेन्द्र कोमलका साथ एउटै गाडीमा मध्यरातमा नागार्जुन ज्ञानेन्द्र प्रस्थान गरेको अवस्थामा पारस भने निर्मल निवासतिर लागे । उनी निर्मल निवासमै बसे । त्यसपछि उनको विदेश यात्रा क्रमसः सुरु भएको मानिन्छ ।

paras 2जब पूर्वयुवराज पारस ०६६ सालमा काँग्रेस नेतृ सुजाता कोईरालाका छोरी ज्वाई बंगलादेशी नागरिक रुवेल चौधरीसँगको झगडामा फसे अनि उनलाई लाग्यो  सामान्य जीवन जीउनका लागिसमेत उनलाई नेपालमा समस्या छ । त्यसबीचमा भने उनले विभिन्न क्षेत्रमा पूर्वयुवराज्ञी हिमानीमार्फत समाजिक कामको थालनी गरेका थिए  । त्यसले उनलाई नागरिकसँगको सम्बन्ध जीवित राख्नका लागि महत्वपूर्ण सहयोग गरिरहेको थियो । तर आफू नेपालमै असुरक्षित रहेको लागेपछि उनी ०६७ सालदेखि नेपाल लगभग आएका छैनन् भन्दापनि हुन्छ । त्यसको मुख्य कारण हो, उनलाई सुरक्षा खतरा छ नेपालमा । नेपालका विभिन्न गुप्तचर निकायले निकालेका प्रतिवेदनअनुसार नेपालमा पूर्वयुवराज पारस शाहलाई विभिन्न क्षेत्रमा खतरा छ । त्यसको महत्वपूर्ण प्रमाणका रुपमा बेलाबेलामा भारतीय दैनिक पत्रपत्रिकाले लगाउने गरेका ‘पूर्वयुवराज लागुऔषण कारोबार र नक्कली भारतीय रुपैयाँ कारोबारमा संलग्न’ भएको आरोपहरु रहेका छन् । त्यसैले उनी नेपालमा बस्न नसक्नुको वा बस्न नचाहनुको मुख्य कारण बाबुसँगको सम्बन्ध भन्दा पनि असुरक्षा नै हो ।
नेपालको राजा हुनुपर्ने पारस अहिले थाईल्याण्डमा जीवन मरणको अवस्थाबाट सुधारको अवस्थामा आएका छन् । तर नेपाल फर्किने कुरा अहिलेसम्म पूरा हुनसकेको छैन ।  गएको वर्ष फागुन ८ गते अचानक बेहोस भएपछि उनी १ महिना सात दिन त्यहाँको समितिभेज अस्पताल भर्ना भए  । लामोसमयसम्म कोमामा पुगेका उनको निधन भएको समेत विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा आएको थियो । ११ दिनपछि मात्र उनको होस आएको थियो ।

प्रेमिका कन्निकाले उनलाई अस्पताल पुर्याएकी थिइन । उपचारमा पनि झण्डै साढे तीन करोड रुपैयाँ खर्च भएको स्रोतले बताएको छ । १ सय ७ दिनको अस्पताल बसाइपछि उनी थाईल्याण्डको बैंककबाट च्याङमाईमा रहेको सुधार गृहमा पुगेका थिए । उनी अहिले पूर्णरुपमा स्वस्थ भइसकेका छन् । उनले अस्पतालबाट डिस्चार्ज हुने बेलामा सबैलाई आफूले पुनर्जीवन पाएको भन्दै धन्यवाद दिएका थिए । उनले भनेका थिए ‘म अब केहीदिन सुधारगृहमा बस्नेछु । त्यसपछि म नेपाल फर्किएर नेपाल र नेपालीका लागि समाजिक काममा लाग्नेछु । तपाईंहरुले गर्दा मैले पुर्नर्जीवन पाएको छु ।’ लामो समय थाईपे्रमीकाको साथमा बसेका पारसले आफन्त र साथीहरुसँग नेपाल फर्कने भनेको पनि लामो समय बितिसकेको छ । उनी नेपाल आउने प्रतिबद्धताका कारण थाईल्याण्डबाट बाबु ज्ञानेन्द्र, आमा र श्रीमतीलगायत सबै फर्किइसकेका छन् । अहिले फेरि उनी प्रेमिका कन्निकाको सम्पर्कमा छन् ।  त्यसैले पारस नेपाल फर्किने सम्भावना पनि कम हुँदै गएको छ ।
किन खतरा छ पारसलाई ?
विक्रम संवत २०५८ साल जेठ १९ गते नेपालमा शाहवंशीय ईतिहासमा सबैभन्दा ठूलो त्रासदीपूर्ण दुर्घटना भएको थियो । घटनामा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र र निराजन, युवराज्ञी श्रुतीसहति राजपरिवारका ११ सदस्यको निधन भएको थियो ।  ठूलोबाबु वीरेन्द्रको वंश नै नास हुनेगरी भएको घटनाको जीवित साक्षीमध्येका एक पूर्वयुवराज पारस नै हुन् । उनी घटनाका प्रत्यक्षदर्शी पक्कै हुन्, अरु कुरा  अनुसन्धानको विषय बन्नसक्छ ।

नेपालको राजनीतिमा दख्खल राख्नेहरु नेपालमा मात्र र परिवारमा मात्र यस्तो घटनाका योजनाकार हुन नसक्ने अनुमान गर्छन् । नेपाल प्रहरीको उच्च स्रोत भन्छ ‘तिनै विदेशी जसको दरबार हत्याकाण्डमा संलग्नता हुनसक्छ । तिनैबाट पारस शाह असुरक्षित हुनसक्छन् ।’ जमिम साहको हत्या, युनुस अन्सारीमाथि कारागारभित्रै भएको गोली प्रहारलगायत घटनामा संलग्नहरुकै भनाइबाट पनि पूर्वयुवराज पारस असुरक्षित छन् । यही कुरा बुझेका कारण पारस नेपाल बस्न सकेका छैनन् ।
स्वागत समिति समेत निराश !
दुईहप्ताअघि पूर्वयुवराज पारस शाह नेपाल फर्किने भनेर पूर्वराजावादी र उनका समर्थकहरुले स्वागतका लागि भव्य तयारी गरेका थिए । पूर्वराजानिकट मानिने राप्रपा नेपालकी केन्द्रीय सदस्य  कमला शर्माले पूर्वयुवराज पारसको स्वागतका लागि समितिसमेत गठन गरिएको जानकारी दिइन् । त्यस्तै पारसलाई अन्तर्राष्ट्रिय विमानस्थलबाट मोटरसाईकल र्यालीसहित निवाससम्म लैजान भव्य मोटरसाईकल र्याली र दलबलसमेत तयार गरिएको थियो । तर अहिले पारस आउने नआउने समयको टुंगो नलागेपछि पूर्वराजावादीहरु निराश बनेका छन् । शर्माले भनिन् “ भाइहरुले मोटरसाईकल र्याली निकाल्ने तयारी पनि गरेका थिए । स्वागतका लागि समितिसमेत बनाइएको थियो । तर युवराज सरकार आउने नआउने विषयमा कुनै टुंगो नलागेपछि अहिले तयारीमा जुटेका भाइहरु निराश छन् । उहाँ कहिले आईबक्सन्छ कुनै जानकारी नै छैन ।’

त्यसो त पूर्वराजा ज्ञानेन्द्रका सहयोगी सागर तिमिल्सिनाले पूर्वयुवराज आउनेबारेमा कुनै जानकारी नभएको बताएका छन् । स्रोतका अनुसार उनले फेरि पनि नेपालमा आफू असुरक्षित रहेको महसुस गरेका छन् । राप्रपा नेपालका अर्का नेता मोहन श्रेष्ठले स्वागतका लागि विभिन्न समिति बनेपनि पूर्वयुवराज आउने विषयमा अहिले केही टुंगो नलागेको जानकारी दिए ।

स्रोतका अनुसार सकभर पारस नेपाल आउने छैनन् । किन की उनलाई आफ्नो सुरक्षाका विषयमा  गम्भीर चासो र चिन्ता छ । पूर्वसुरक्षाअधिकारीहरुका अनुसार नेपालमा भन्दा उनी विदेशमै सुरक्षित छन् । नेपाल आउने प्रतिबद्धता जनाएका पारस नआएपछि उनको परिवार पनि चिन्तमा छ । एक पूर्वराजावादी नेताका अनुसार पारस नेपाल आए पनि उनले भनेजस्तै समाजिक काम गर्नसक्ने छैनन् । त्यतिमात्र होइन कुनै न कुनै घटनापछि उनी फेरि विदेश पलायन हुनेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us