सहयोग ढाँचा परिवर्तन गर्न मन्त्री कोइरालाको इयूलाई आग्रह

काठमाण्डु टुडे २०७० असोज १ गते १०:२५ मा प्रकाशित

ब्रसेल्स, १ असोज– अर्थमन्त्री शंकर कोइरालाले परम्परागत विकास सहयोगको ढाँचामा परिवर्तन ल्याउन युरोपेली युनियनसंग आग्रह गरेका छन् ।
aaaaaबेल्जियम भ्रमणमा रहेका मन्त्री कोइरालाले युरोपियन युनियनका मन्त्री (विकास आयुक्त) एन्द्रिस पाइबाग्ससँग प्याले दि एग्मोमा भएको भेटमा अति कम विकसित मुलुकहरुको व्यापार क्षमता बढाउने खालका सहयोग कार्यक्रम बढाउन आवश्यक रहेको बताए । आगामी मंसिरमा हुन लागेको संविधानसभा निर्वाचनपछि नेपालमा राजनीतिक स्थिरता कायम हुने विश्वास व्यक्त गर्दै मन्त्री कोइरालाले प्राप्त राजनीतिक उपलब्धीलाई स्थायित्व दिन आर्थिक विकास एकमात्र विकल्प भएकाले त्यसमा युरोपियन युनियनलाई थप सद्भाव र सहयोग बढाउन अपिल गरे ।

मन्त्री कोइरालाले विदेशी सहयोग र लगानी आकर्षित गर्न वैदेशिक नीतिको मस्यौदा अन्तिम चरणमा पुगेको जानकारी दिँदै त्यसले लगानीमैत्री वातावरण र लगानी सुरक्षाको प्रत्याभूति दिने विश्वास व्यक्त गरे ।
उनले आगामी निर्वाचनलाई समावेशी तथा बढीभन्दा बढी सहभागितामूलक बनाउन सम्पूर्ण दलहरुलाई चुनावी प्रक्रियामा ल्याउन सरकार अधिकतम लचक भई लागि परेको जानकारी दिँदै विगतमा झैं निर्वाचन पर्यवेक्षणका लागि युरोपियन युनियनले देखाएको तत्परताको प्रशंसा गरे ।

सो अवसरमा युरोपियन युनियनका विकास आयुक्त एन्द्रिस पाइबाक्सले नेपालको आर्थिक विकासमा राजनीतिक स्थायित्व र सुशासन महत्वपूर्ण हुने बताए । युरोपेली सहयोग प्रजातन्त्र, सुशासन, शिक्षा र ग्रामीण विकास केन्द्रित रहने बताउँदै उहाँले नेपालको आर्थिक विकासमा ईयू प्रतिबद्ध रहेको स्पष्ट गरे । उनले नेपालले पछिल्लो समयमा प्रस्ताव गरेको ट्रेड एण्ड इकोनोमी क्यापासिटी विल्डिङ (टीईसीबी) परियोजना महत्वपूर्ण रहेको बताए ।
भेटघाटमा बेनेलक्स तथा युरोपियन युनियनका लागि नेपाली राजदूत राममणि पोखरेल र वाणिज्य मन्त्रालयका सहसचिव तोयनारायण ज्ञवाली पनि सहभागी थिए ।

भेटघाटमा मन्त्री कोइरालाले दिएको नेपाल भ्रमणको निम्तो स्वीकार्दै आयुक्त पाइबाक्सले आपूm छिट्टै नेपाल आउने विश्वास दिलाए । यसैबीच अर्थमन्त्री कोइरालाको सम्मानमा त्यहाँस्थित दूतावासले स्वागत कार्यक्रम ग¥यो । स्वागत समारोहमा बेल्जियमस्थित नेपालका लागि अवैतनिक वाणिज्यदूतहरु, बेल्जियम नेपाल फ्रेण्डशीप एशोसिएसनका अध्यक्ष, अष्ट्रेलियाबाट आएका व्यवसायी शेष घले, बेल्जियममा जारी गेन्ट अन्तर्राष्ट्रिय व्यापार मेलामा सहभागी हुन त्यहाँ पुगेका नेपाली व्यवसायीका साथै त्यहाँ रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us