एनआरएन बेलायतको अध्यक्षमा कँडेल निर्वाचित

काठमाण्डु टुडे २०७० भदौ ३१ गते १५:१७ मा प्रकाशित

बेलायत । गैह्रआवासीय नेपाली संघ, एनआरएन बेलायतको पाचौं अधिवेशन लण्डन घोषणापत्र–२०१३ जारी गर्दै सकिएको छ । कँडेल यसअघि वरिष्ठ उपाध्यक्ष थिए । यस्तै mahendraअधिवेशनले वरिष्ठ उपाध्यक्षमा सूर्य नेम्वाङ, उपाध्यक्ष हिराधन राई, संयोजक राजकुमार त्रिपाठी, सह–संयोजक डम्बर लिम्बू, कोषाध्यक्ष ठाकुर शर्मा, सदस्यहरु तिलकुमारी लिम्बू (कल्पना आङ्गवुगं) धर्म तामाङ, योगेश राई, मिनबहादुर रानाभाट, उत्तम राई, विष्णु वाग्ले, हरि गुरुङ, बुद्धिराम थापामगर, ललित न्यौपानेलाई निर्वाचित गरेको छ । अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्यहरु विज्ञान प्रसाई, कर्ण शाही, कैलाश नेपाल, विनोद ज्ञावली, तेज राई रहेका छन् ।
लण्डनको पल्मस्ट्रिटमा १५ सय बढी सदस्यहरुको उपस्थितिमा सम्पन्न अधिवेशनको उद्घाटन नागरिक समाज बेलायतका अध्यक्ष डा. चन्द्र लक्जम्वाले उद्घाटन गरेका थिए । कार्यक्रमका डा.सम्पूर्णानन्द ढुगांना, शोभा कट्टेल, शिवजी श्रेष्ठ र केशव श्रेष्ठ  विशेष अतिथि थिए । प्रमुख अतिथिको आशनबाट बोल्दै डा. लक्जम्वाले एनआरएन बेलायतमा लामो समयदेखि सीमित व्यक्तिको हालीमुहाली चल्दै आएको बताए । उनले नयाँ कार्यसमितिले विगतको कमजोरी नदोहो¥याउने विश्वाससमेत व्यक्त गरे । अधिवेशनलाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष कँडेलले आफू बेलायतमा रहेका नेपालीलाई एकताबद्ध बनाएर लैजान तयार रहेको प्रतिबद्धता जनाए । त्यसैका लागि आफू यसअघि दुईपटकसम्म उपाध्यक्षमा रहेर काम गर्न तयार भएको उनको भनाइ थियो । कँडेलले पद ताक्नुभन्दा विधिको विकासमा लाग्नुपर्ने स्पष्ट गरे । विगतमा बहुमतका नाममा एक पक्षको मात्र एनआरएन बनाइएको चर्चा गर्दै उनले आफू एनआरएनलाई सबैको साझा संस्था बनाउन प्रयासरत रहने बचन दिए । अधिवेशनमा शुभकामना दिन पुगेका करिब ६० वटा संघसंस्थाका प्रतिनिधिले एनआरएन बेलायत लामो समयदेखि केही खुने खानेको संस्था बनेकाले सबैको बनाउन जोड दिनुपर्ने बताएका थिए । उनीहरुले केही अगुवाले एनआरएन स्थापना गर्नुको लक्ष्य भुलेर अघि बढ्न खोजेकाले एनआरएन बेलायत विभाजन हुन पुगेको बताए ।
शुभकामना मन्तव्य दिनेहरुमा गेसो बेलायतकी केन्द्रीय सदस्य देवीमाया पुन, तमु समाज बेलायतका चित्रबहादुर गुरुङ, संघीय समाजवादी पार्टीका प्रतिनिधि किरण राई, एनडीएफका प्रतिनिधि कैैलाश नेपाल , पीएनएसएका कृष्ण लामिछाने, नेपाली जनसम्पर्क समितिका विज्ञान प्रसाई, पीएनएस बेलायतका अध्यक्ष रणबहादुर केसी, बृटिस गोर्खा प्रोजेक्टका सभापति हर्कबहादुर थापा, किरात सुनुवार सेवा समाजका अध्यक्ष जङ्ग सुनुवार, ग्रिनवीच गोर्खा समाजका अध्यक्ष बुद्धिराम थापा, नेपाली जनसम्पर्क समितिका पूर्वसभापति विनोद मोक्तान, तमु समाज बेलायतका पूर्वअध्यक्ष सुभास सिंह गुरुङ, कुमार श्रेष्ठ, दिपक श्रेष्ठ, श्याम शेरचन, गगां राना, धनबहादुर थापा, अनिल लामिछाने, क्या. नारायण गुरुङ बुद्धिराम थापा, भोजप्रसाद  गुरुङ, कर्मा छिरिङ शेर्पा, डा. गोपाल  पौडेल, सुरेशजङ्ग शाह, सुरेस केसी जिवन श्रेष्ठ, भावना परिष्कृत सुनुवार, खगेन्द्र पाठक, उमेश मोक्तान, शसीधर नेपाल, अर्काराज तिमिल्सिना, विनोद ज्ञवाली, मिन रानाभाट, दुर्गा शेरचन, रत्न बहादुर गुरुङ, होम शर्मा, सहदेव गिरी राज सिटौला, कुमार थापा, विष्णु वाग्ले, शकंर दाहाल, रामप्रसाद अधिकारी, तेज राई, डम्बरबहादुर लिम्बू, दिल गुरुङ, शोभा कट्टेल, रोशन सापकोटा, नरेन्द्र कंडेल, गगां राना, समिर प्याकुरेल, लेखनाथ घिमिरे, कुल अर्याललगायत थिए ।
sapathकार्यक्रममा नेविसघं बेलायतका महासचिव उमेस भण्डारी, केन्द्रीय सदस्य कुश बस्नेत, युवराज सिंह, राज कटुवाल, होप परियार, विनय अधिकारी, काशी शर्मा,  कृष्ण ढकाल, ठाकुर ज्ञावाली, पदम थकाली अचंल गाउँले लगायत अतिथि सहभागी थिए । अतिथीहरुलाई निरुष पाण्डे र तारा पौडेलले खाता तथा ब्यात लगाएर स्वागत गरेका थिए ।  अधिवेशनको खुला सत्रमा विनोद ज्ञावालीले स्वागत गरेका थिए ।  सञ्चालन राजकुमार त्रिपाठीले गरेका थिए ।
खुलासत्रको समापनपछि बन्द सत्रलाई निर्वाचन मण्डलले संचालन गरेको थियो  । निर्वाचन मण्डलका अध्यक्ष डा. पुरुषोत्तम पौंडेलको अध्यक्षमा सुरु भएको थियो । विधान मस्यौदालाई विधान मस्यौदा समितिका संयोजक चण्डी राईले विधान प्रस्तुत गरेका थिए । विधान सम्बन्धमा हलबाट सुझावहरु संकलन गरिएको थियो । कार्यक्रममा संगठनको प्रतिवेदन निर्माण समितिका संयोजक राजकुमार त्रिपाठीले लण्डन घोषणा पत्र–२०१३ प्रस्तुत गरेका थिए । १९ बुँदामा रहेको घोषणा पत्रमा हलबाट दुई बुँदा थप गरी २१ बुदे बनाइएको छ  । घोषणापत्र प्रस्तुत हुँदा सम्पूर्ण हलले नै तालीले गुञ्जयमान गरी पास गरेको थियो । निर्वाचन मण्डलले गत १७ अगष्टबाट सुरु भएको निर्वाचन nrnकार्यक्रमअनुसार सम्पूर्ण पदमा र्निविरोध निवार्चन भएको घोषणा गरेको थियो । निर्वाचन आयोगका संयोजक डा. पुरुषोत्तम पौडेलले नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपिनियताको सपथ खुवाएका थिए ।
नवनिर्वाचित कार्यसमितिका तर्फबाट प्रबिद्धता जाहेर गर्दै नवनिर्वाचत वरिष्ठ उपाध्यक्ष सूर्य नेम्वाङले आगामी कार्यकालमा सबैको साझा हुने प्रतिवद्धता जानाएका थिए । साथै उनले अमुक व्यक्ति र संस्थालाई निषेध गर्ने ब्यक्ति वा संस्था बेलायतबाट हाराएर जाने र जनजाति तथा कुनै पनि बिचार लिएकै आधारमा निषेध गर्ने विगतको एनआरएन बेलायतको कडा विरोधसमेत गरे

 

गैर आवासीय नेपाली संघ युकेको पाँचौँ अधिवेशन

लण्डन घोषणापत्र – २०१३

आज मिति १५ सेप्टेम्बर २०१३ का दिन बसेको गैर आवासीय नेपालीहरुको पाँचौँ राष्ट्रियअधिवेशनले विगत १० वर्षदेखि नेतृत्वमा रही आन्दोलनरत गैर आवासीय नेपाली संघले गैरआवासीय नेपालीहरुको मागलाई पूर्ण रुपले स्पष्ट वैचारिक धारणाका साथ सबैलाई सहभागी गर्ननसकेको ठहर गर्दै गैर आवासीय नेपाली संघ बेलायतको आजको अधिवेशनमा उपस्थित सम्पूर्णसदस्यहरुको छलफलसुझाव समेतलाई मध्यनजर राख्दै निम्नलिखित घोषणा प्रतिबद्धताकासाथ जाहेर गर्दछौँ 

 

गैर आवासीय नेपाली संघ बेलायतलाई सम्पूर्ण गैर आवासीय नेपालीहरुको प्रतिनिधित्व गराउनगैर आवासीय नेपाली संघलाई आजैदेखि काउन्सिलको अवधारणामा परिणत गर्ने निर्णय गर्दछ 

 

पूर्व बि्रटिस गोर्खाहरुको समान हक  अधिकारको आन्दोलनलाई पूर्ण गराउन सदैव साथमारही सहकार्य  सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछ 

 

एक पटकको नेपाली सधैँको नेपाली हुन पाउनुपर्ने मागको लागि विगतदेखिको गैर आवासीयनेपालीहरुले संघमार्फत् गरेको माग  आन्दोलनलाई नेपालको आउँदो संविधानसभामा प्रवेश गराईपूर्ण गर्न आन्दोलनरत रहने प्रतिवद्धता जाहेर गर्दछौँ 

 

एनआरएनमार्फत् नेपालमा रहेका विभिन्न आयोजनाहरुमा लगानी गर्न आहृवान गर्दै लगानीगरेको रकमलाई सदैव सुरक्षित राख्न नेपाल सरकारले मन्त्रिपरिषद्को निर्णयमार्फत् उक्तलगानीको रकम बोण्ड वा शेयरको रुपमा लिइदिन आहृवान गर्दछौँ 

 

बेलायतस्थित नेपालीहरुलाई सक्दो निःशुल्क काुनी सेवा प्रदान गर्ने प्रतिवद्धता जाहेर गर्दछ 

 

कलाभाषासंस्कृतिलाई बचाउन विभिन्न कार्यहरु गर्ने प्रतिवद्धता जाहेर गर्दछौँ 

 

बेलायतभित्र रहेका विद्यार्थीहरुको समस्यालाई सक्दो सहयोग गरी हल गर्ने प्रतिवद्धता जाहेरगर्दछौँ 

 

विदेशमा रहेका गैर आवासीय नेपालीहरुले नेपालको राष्ट्रिय महानिर्वाचनमा मतदान गर्न पाउनेअधिकारलाई सुरक्षित गरी व्यवस्थित गरिदिन नेपाल सरकार  नेपालको केन्द्रीय निर्वाचनआयोगसँग माग गर्ने  निरन्तर यस प्राप्तिको लागि आन्दोलनरत् रहने प्रतिवद्धता व्यक्त गर्दछ 

 

बेलायतस्थित गैर आवासीय नेपालीहरु यदि कतै यहाँको राजनीतिक पार्टीको सदस्य भईनिरन्तर काम गरी कुनै निर्वाचनमार्फत् विभिन्न निकायमा प्रतिनिधित्व गर्न कोसिस गरिरहेकाभए एनआरएनको सम्बन्धित काउन्सिलमार्फत् निजहरुलाई विजय गराउन सक्दो कोसिस गर्नेप्रतिवद्धता जाहेर गर्दछ 

 

१०विदेशमा बस्ने गैर आवासीय नेपाली विज्ञहरुको खोज गरी सम्बन्धित विषयमा ज्ञानविधिस्थानान्तरण गरी नेपाल राज्यलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछौँ 

 

११यहाँस्थित गैर आवासीय नेपालीहरु यदि कतै दुःख भोगिरहेका छन् भने परिस्थिति अन्वेषणगरी सक्दो सहयोग गर्न मानव कल्याणकारी  लोक कल्याणकारी कार्यहरु निरन्तर गर्ने प्रतिवद्धताव्यक्त गर्दछ 

 

१३गैर आवासीय नेपाली संघलाई काउन्सिलको अवधारणमा परिणत गर्दा यहाँस्थित सम्पूर्णसंघसंस्थाआदिवासीजनजातिराजनीतिक संस्थामहिलादलितसर्वसाधारण सबैकोसहभागिता हुने ठहर गर्दै क्षेत्रीय रुपमा आएका समस्याहरुलाई सम्बन्धित षेत्रका काउन्सिललेकेन्द्रको सहयोगमा हल गर्ने  सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछौँ 

 

१४गैर आवासीय नेपाली संघलाई काउन्सिलको अवधारणामा परिणत गर्दा इंगल्याण्ड,स्कटल्याण्डवेल्स  उत्तरी आयरल्याण्डबाट काउन्सिलमा विशेष सदस्यको रुपमा प्रतिनिधित्वगराइने प्रतिवद्धता व्यक्त गर्दछ 

 

१५बेलायतभित्र करिब ५०Ü महिलाहरु गैर आवासीय नेपाली भएको हुँदा महिलाहरुको तर्फबाटविशेष प्रतिनिधित्व काउन्सिलमा गराइने प्रतिवद्धता जाहेर गर्दछ 

 

१६विभिन्न पत्रपत्रिका  छापाहरुमा आएको एनआरएनए बेलायतको 4th working comiteeमा व्यापक आर्थिक हिनामिना भएको समाचारतर्फ ध्यानाकर्षण भएको  सम्पूर्ण आर्थिकक्रियाकलाप पारदर्शी बनाउन  एनआरएनएमा विगतमा सम्पूर्ण सदस्यहरुले सक्दो रकम मानवकल्याणकारी  लोक कल्याणकारी कार्यको लागि सहयोग गरेकोले ती पूर्व हिसाबकिताब माग्नेअधिकार सदैव भएको ठहर गर्दै नागरिक समाजलाई हिसाबकिताब खोज गरिदिन आहृवान गर्दछ।

 

१७नेपालको पारदर्शिताप्रजातन्त्रमानव अधिकार प्रवर्द्धनको लागि गहिरो प्रतिवद्धता जाहेरगर्दछ 

 

१८नेपाल राज्यको आउँदो संविधानसभाबाट नेपाल राज्यको लागि भविष्यमा संघीयलोकतान्त्रिक संविधान बनाउन नमिलेका विषयहरुमा समानता ल्याउन  विदेशकासंविधानसभाबाट बनाइएका नजिरहरुलाई समेत अध्ययन गरी नेपालको संविधानसभालाई गैरआवासीय नेपालीहरुको तर्फबाट सुझाव दिन यहाँस्थित बौद्धिक  अधिवक्ताहरुको एक आयोगबनाई एक विशेष सुझाव रिपोर्ट नेपालको आउँदो संविधानसभालाई प्रदान गराइनेछ 

१९सदस्यता सुल्क र उमेद्धारी सुल्क घटाई बिगत बिषेस अधिवेसनले दिएको निर्देशनलाई शिर्योधार्य गर्ने प्रतिवद्धता गर्दछ ।

  २०. काउन्सिलको अवधारणालाई ब्यवस्थित गर्न गैह्र आवासीय नेपाली संघ, बेलायतको पाचौं कार्य समितीलाई निर्णय गर्ने पुर्ण अधिकार प्रदान गरेको छ ।

२१.आज उपस्थित भई गैर आवासीय नेपाली संघ युकेको पाँचौँ अधिवेशनमा भाग लिई छलफलगरी सल्लाह सुझाव दिनुहुने  उपस्थित हुनु हुने सम्पूर्ण अतिथि एवम् संघसंस्थाका प्रतिनिधिलाईहार्दिक धन्यवाद व्यक्त गर्दछ 

गैर आवासीय नेपाली संघ

पाँचौँ अधिवेशन 

पाँचौँ कार्यकारी समिति

महेन्द्र कँडेल

अध्यक्ष

 

राजकुमार त्रिपाठी

संयोजक

 

गैरआवासीय नेपाली संघ

पाँचौँ अधिवेशन

पाँचौँ कार्यकारी समिति

लण्डन घोषणापत्र२०१३

 

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us