इन्टरनेटबाट नेपाल–जापान मितेरी साइनो

काठमाण्डु टुडे २०७० भदौ ३१ गते ९:११ मा प्रकाशित

काठमाण्डु ३१ भदौ–नेपाल र जापानका दुई वटा विद्यालयले इन्टरनेटबाट मितेरी साइनो जोडेका छन् । काठमाण्डुको कपनस्थित माउन्ट कैलाश विद्यालयले जापानको आशोका महानगरपालिकाको मियाकोजिमास्थित ताकाखुरा निमाविस“ग र गौरीघाटको हिलारी विद्यालयको साकुरा नोमिया विद्यालयस“ग सोमबार स्काइपमार्फत मितेरी सम्बन्ध जोडेका हुन् । 
संस्कृति, प्रविधि तथा ज्ञानको आदानप्रदान गरी विद्यार्थीहरुको बौद्धिक विकासका लागि यो सम्बन्ध कायम गरिएको नेपालमा बालबालिकाको क्षेत्रमा कार्यरत जापानी गैरसरकारी संस्था स्पेक जापानका नेपाल प्रतिनिधि गणेशमान लामाले जानकारी दिए । मितेरी सम्बन्ध कायम भएका विद्यालयबीच हरेक हप्ता इन्टरनेटमार्फत शैक्षिक तथा सांस्कृतिक अनुभव साटासाट गरिनेछ । यसैगरी, दुईवटै देशका विद्यार्थीहरुलाई एकअर्का देशमा अवलोकन भ्रमण गराइनेछ ।
स्पेक जापानको सक्रियतामा केही दिन अघि काठमाडौं आइपुगेका मियाकोजिमाका वडाध्यक्ष रियुसे ताबाताले मितेरी सम्बन्ध कायम गर्ने समझदारी गरेका थिए । काभ्रेको बनेपा नगरपालिकामा रहेका १० वटा सामुदायिक विद्यालयहरुको पनि निकट भविष्यमै जापानी विद्यालयस“ग मितेरी सम्बन्ध कायम गरिने भएको छ ।
जापानी विद्यालयका लागि लागि पनि यो नया“ अनुभव भएकाले भविष्यमा आवश्यकता अनुसार कार्यक्रमहरु परिमार्जन गरिने स्पेक जापानले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us