एनआरएन युके औपचारिक रुपमा विभाजित

काठमाण्डु टुडे २०७० भदौ ३० गते १४:०६ मा प्रकाशित

nrnबेलायत, ३० भदौ– गैरआवासीय नेपाली संघ एनआएरन यूके औपचारिक रुपमा विभाजित भएको छ ।
निवर्तमान उपाध्यक्ष महेन्द्र कँडेल र सल्लाहकार योगेन्द्र क्षेत्रीको नेतृत्वका दुई छुट्टाछुट्टै कमिटीको राष्ट्रिय परिषद्को केन्द्रीय अधिवेशन जारी छ । कँडेल समूहको अधिवेशन बेलायतको प्लमस्ट्रिट र क्षेत्री समूहको अधिवेशन अल्पटनमा भइरहेको छ । कँडेल समूहलाई ६४ सय र क्षेत्री समूहलाई ५५ सय सदस्यको समर्थन छ । उम्मेदेवारले नै सदस्यता नवीकरण फारामको रकम तिरिदिएको विषयले गत अगष्टमा सुरु भएको विवाद चर्कंदै गएपछि एनआरएनमा विभाजन देखिएको हो ।

दुई कार्यकाल वरिष्ठ उपाध्यक्ष रहिसकेका कँडेलले लामो समयदेखि एनआरएन सबैको साझा बन्न नसकेको आवाज उठाउँदै आएका थिए । दुवै समूहले आफू आधिकारिक भएको दाबी गरेका छन् । विवाद भएपछि एनआरएन अध्यक्ष जीवा लामिछाने कुनै पनि समूहको सम्मेलनमा सहभागी हुन गएनन् । अध्यक्षका प्रत्यासी शेष घले भने अल्पटनमा जारी कँडेल समूहको सम्मेलनमा सहभागी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us