नेपाल र जापानका स्कूलको मितेरी साइनो

काठमाण्डु टुडे २०७० भदौ ३० गते ७:३८ मा प्रकाशित

काठमाण्डु ३० भदौ–जापानको ओशाका महानगरपालिकाका विद्यालय र नेपालका विद्यालयहरुबीच मितेरी सम्बन्ध कायम हुने भएको छ ।Nepal Japan
नेपालमा बालबालिकाको क्षेत्रमा कार्यरत जापानी गैरसरकारी संस्था स्पेक जापानको सक्रियतामा काठमाडौं आइपुगेका ओशाका महानगरपालिकाको मियाकोजिमा वडाका अध्यक्ष रियुसे ताबाताले मितेरी सम्बन्ध कायम गर्ने समझदारी गरेका हुन् ।पहिलोचरणमा सोमबार काठमाडौंको कपनस्थित माउन्ट कैलाश विद्यालयको ताकाखुरा निमाविसग र गौरीघाटको हिलारी विद्यालयको साकुरा नोमिया विद्यालयसग मितेरी सम्बन्ध कायम हुने भएको छ । 

यसैगरी, काभ्रेको बनेपा नगरपालिकामा रहेका १० वटा सामुदायिक विद्यालयहरुको पनि निकट भविष्यमै जापानी विद्यालयसग मितेरी सम्बन्ध कायम हुने भएको छ । बनेपा नगरपालिकाका कार्यकारी अधिकृत सुरथ पोखरेल र मियाकोजिमाका वडाध्यक्ष ताबाताबीच सो सम्बन्धी समझदारी कायम भएको हो ।
स“स्कृति, प्रविधि तथा ज्ञानको आदानप्रदान गरी विद्यार्थीहरुको बौद्धिक विकासका लागि यो सम्बन्ध कायम गर्न लागिएको ताबाताले बताए । ‘जापानका विद्यालयमा आफ्नै भाषामा मात्र पढाइ हुन्छ, निमाविबाट मात्रै अंग्रेजीमा पठनपाठन हुने गरेको छ । यो सम्बन्ध कायम भएपछि जापानका विद्यार्थीहरुले पनि अन्तर्राष्ट्रिय भाषा र सामजिक शिक्षाको महत्व बोध गर्नेछन्’उनले भने ।
सुरुमा मितेरी सम्बन्ध कायम भएका विद्यालयबीच प्रत्येक हप्ता इन्टरनेटमार्फत शैक्षिक तथा सांस्कृतिक अनुभव साटासाट गरिनेछ । यसैगरी, दुईवटै देशका विद्यार्थीहरुलाई एकअर्का देशमा अवलोकन भ्रमण गराइनेछ । जापानी विद्यालयका लागि लागि पनि यो नया“ अनुभव हुने र भविष्यमा आवश्यकता अनुसार कार्यक्रमहरु परिमार्जन गरिने स्पेक जापानका नेपाल प्रतिनिधि गणेशमान लामाले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us