चीनमा पहिलोपटक “वायु प्रदूषण निवारण कार्य योजना” सार्वजनिक

काठमाण्डु टुडे २०७० भदौ ३१ गते ५:२६ मा प्रकाशित

चीन सरकारले बाह्र तारिख “वायु प्रदूषण कार्य योजना”को सार्वजनिक गरेको छ। राष्ट्रिय वायु गुणस्तरको सुधार तथा गम्भीर रुपमा प्रदूषित मौसम घटाउने उक्त योजनाको लक्ष्य छ। योजनाका अनुसार, सन् 2017 सम्म शहरमा सास फेर्न लायक हावामा भएको प्रदूषणलाई सन् 2012 को तुलनामा दश प्रतिशत घटाएर समष्टिगत रुपमा राष्ट्रिय वायु गुणस्तरको सुधार गर्नेछ । साथै अरु पाँच वर्ष अथवा अझै लामो समयपछि क्रमशः भारी प्रदूषित वायुलाई सुधार गर्ने तयारी छ।

ऊर्जा-स्रोत ढाँचा समन्वय, गाडी मात्राको नियन्त्रण, औद्योगिक ढाँचा समन्वय, आकस्मिक कदमलगायत पैँतीस वटा कदम उक्त “वायु प्रदूषण कार्य योजना”मा समावेश छन्। योजनाका अनुसार, सन् 2017 सम्म शहरी क्षेत्रमा सास फेर्ने हावाको प्रदूषणलाई सन् 2012 कोभन्दा दश प्रतिशतभन्दा बढी घटाएर पेइचिङ, थ्यान चिन तथा ह पेइ क्षेत्र, याङसि नदि डेल्टा, चु च्याङ नदि डेल्टा आदि क्षेत्रको सास फर्ने हावामा भएको प्रदूषणलाई बेग्ला बेग्लै गरी पचीस, बीस र पन्ध्र प्रतिशत घटाइनेछ। तीमध्ये पेइचिङ शहरको सास फर्ने हावालाई प्रति क्युबिक मिटर साठ्ठी माइक्रो ग्राममा नियन्त्रण गरिनेछ। चीनको रन मिन विश्वविद्यालयको वातावरण इस्टिट्युटका उप-प्रमुख चौ चीको विचारमा, यो कार्य पेइचिङका लागि चुनौतीपूर्ण छ।

यदि साठ्ठी पुगेमा विश्व स्वास्थ्य संगठनले विकासोन्मुख मुलुकका लागि तोकेको मात्रा पनि पुग्नेछ। अमेरिकाको मापदण्ड तीस हो,योभन्दा अझै कडा छ। तर विकासोन्मुख मुलुक अझै आर्थिक विकासको अवधिमा रहेकोले प्राविधिक तथा आर्थिक आदि तत्वको प्रभाव पर्नेबारे सोच्दा त्यति कडा मापदण्ड तोकिदैन। तर पेइचिङको वायु प्रदूषण गम्भीर हुँदा उक्त मात्रा आठ-नौ सय पुग्न सक्छ। केही समय अघि पनि दुई सय पुगेको थियो र त्यो तोकिएको मापदण्डभन्दा धेरै बढी हो। त्यसैले पेइचिंगको वायु प्रदूषणलाई त्यति तल झार्नु ठूलो कठिनाइ र चुनौति हो।

लामो समययता गाडीलाई वायु प्रदूषणको प्रमुख कारण मानिएको छ। उप-प्रमुख चौ चीको विचारमा गाडीको स्वामित्व दर छिटो बृद्धि भएको मात्रै नभई गाडीलाई लामो समयसम्म चलाउँदा प्रदूषित धुँवा निकाल्छ र त्यसले शहरको वायुलाई ठूलो मात्रामा प्रदूषित बनाउँछ ।

पेइचिङ र न्यूयोर्कको तुलना गर्दा पेइचिङमा पचास लाखभन्दा बढी गाडी छन् र न्यूयोर्कका लगभग सत्तरी लाख गाडी छन्। न्यूयोर्ककोभन्दा पेइचिङको गाडीको संख्या कम छ तर बाटो गुड्ने गाडीको हिसाबले न्यूयोर्ककोभन्दा पेइचिङको संख्या धेरै बढी छ। किनभने पेइचिङको सार्वजनिक सवारी साधन धेरै विकास भए पनि यातायात सन्जाल र प्रचलनका कारणले टोकियो र न्यूयोर्ककोभन्दा पेइचिङमा गाडी चढ्ने दर धेरै देखिन्छ।

भरखरै सार्वजनिक भएको “वायु प्रदूषण निवारण कार्य योजना”ले गाडी उद्योगको प्रदूषणसम्बन्धी नियन्त्रण तथा व्यवस्थापनका लागि धेरै नियम बनाएको छ। योजनाका अनुसार, पेइचिङ, शाङहाइ, क्वाङचौ आदि ठूलो शहरमा गाडीको संख्यालाई कडा नियन्त्रण गर्नुपर्छ, सन् 2017 को अन्तअघि चीनभरि युरोप-पाँच मापदण्ड जस्तो राष्ट्रिय-पाँच डिजल इन्धन प्रचलनमा आउनेछ।

“वायु प्रदूषण निवारण कार्य योजना”का लागि जम्मा गरी सत्र खर्ब पचास अर्ब चिनियाँ युआन खर्च गर्नुपर्छ। बीस खर्ब चिनियाँ युआनको कूल ग्राहस्थ उत्पादनलाई बढाउने अनुमान पनि गरिएको छ, तीमध्ये वायु प्रदूषण निवारणसम्बन्धी वातावरण संरक्षण उद्योगको उत्पादित मात्रा दश खर्ब चिनियाँ युआनभन्दा बढी पुर्‍याइनेछ। चीनको वातावरण विज्ञान अनुसन्धान संस्थाका उप-प्रमुख छाइ फा हका अनुसार यसले चीनको आर्थिक विकासको ढाँचालाई सुधार गर्न सकिनेछ।

प्रदूषण लक्षित निवारण कार्य मुख्य कार्य होइन। यसमा विकास ढाँचाको समन्वय, औद्योगिक ढाँचाको समन्वय तथा ऊर्जा-स्रोत ढाँचाको समन्वय गरिएको छ। त्यसैले यस योजना वायु प्रदूषण निवारण गरी चीनको सामाजिक तथा आर्थिक विकासको सुधार गर्ने एकदम महत्वपूर्ण कदम हुनेछ।  सिआरआइ

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us