दक्षिण कोरियामा सुजाताले भनिन्–महिलालाई वेवास्ता गर्दा देश अस्थिर हुन्छ

काठमाण्डु टुडे २०७० भदौ २९ गते ७:०८ मा प्रकाशित

 Sujata-Koiralaसिउल २९ भदौ–नेपाली का्रग्रेसकी नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले महिलालाई वेवास्ता गर्दा देश कमजोर र अस्थिर हुने बताएकी छिन । एशियाली राजनीतिक दलहरुको संस्था आइक्यापको महिला नेतृत्व र सशक्तिकरण् बिषयमा दक्षिण कोरियाको राजधानी सिउलमा भएको सम्मेलनलाई सम्वोधन गर्दै सुजाताले त्यस्तो बताएकी हुन । 

आइक्यापको महिला समितिको उपाध्यक्ष समेत रहेकी सुजाताले नेपालका सबै लोकतान्त्रिक आन्दोलनमा महिलाहरुले पुरयाएको योगदानको स्मरण गराइन । नेपालको राजनीतिक दलहरुको तर्फबाट नेतृत्व गरेर आइक्यापमा भाग लिएकी सुजाताले महिलाहरुलाई वेवास्ता गर्न नहुनेमा जोड दिइन । स्वर्गीय गिरिजाप्रसाद कोइरालाकी पुत्री सुजाता दक्षिण कोरियाका पूर्व राष्ट्रपति पार्क चुङ हीकी छोरी पार्क ग्यून ह्युल कोरियन राष्ट्रपति वेला त्यस्तो धारणा व्यक्त गरेकी हुन । पार्क चुङ हीको हत्या भएको ३० बर्षपछि उनकी छोरी गत बर्ष दक्षिण कोरियाको राष्ट्रपतिमा निर्वाचित भएकी थिइन । आधुनिक र बिकसित दक्षिण कोरिया निर्माण गर्नमा पार्क चुङ हीको योगदानलाई मान्यता दिइन्छ ।
सम्मेलनमा सानुरी पार्टीका अध्यक्ष ह्वाङ योयू,डेमोक्रेटिक पार्टीका किम हाङजी लगायतले महिला सशक्तिकरणका वारेमा धारणा राखेका थिए । बंगलादेशका पूर्व राष्ट्रपति इर्शाद, आइक्यापका सहअध्यक्ष जोस डि भ्यानिसिया लगायत एशिया अङ्ख्रिका ल्याटिन अमेरिकाका विभिन्न देशबाट आएका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको सम्मेलनमा सहभागिता थियो ।
संयुक्त राष्ट्रसंघका महासचिव वानकी मुन,बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद,कोरियन राष्ट्रपति पार्क ग्यून ह्युले भिडियो सन्देश पठाएर सम्मेलन सफलताको कामना गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us