
काठमाण्डु २५ भदौ–सरकारले मतदानकेन्द्रको सुरक्षाका लागि ४५ हजार पूर्व सुरक्षाकर्मी भर्ती गर्ने तयारी गरेको छ । निर्वाचन आयोगले मतदानकेन्द्र सुरक्षाका लागि ४५ हजार पूर्व सुरक्षाकर्मीलाई म्यादी प्रहरीका रुपमा भर्ना लिन सहमति दिएपछि सरकारले त्यस्तो तयारी थालेको हो ।
गृहमन्त्रालयले अवकाशप्राप्त सैनिक प्रहरीलाई म्यादीमा भर्ना लिने तयारी गरेको अन्नपूर्णपोष्टमा नरेन्द्र साउदले समाचार लेखेका छन । आवश्यक परे भारतीय सेनाबाट अवकाकाश प्राप्त नेपालीलाई पनि म्यादीमा भनाई गर्न सकिने योजना सरकारले आयोगमा पेश गरेको थियो ।