लन्च बक्सबाट इरफानले दिए च्यालेन्ज

काठमाण्डु टुडे २०७० भदौ २४ गते ८:०६ मा प्रकाशित

TheLunchBoxइरफान खानको फिल्म ‘लन्च बक्स’ले तपाईंलाई त्यो दुनियाँमा लैजान्छ, जुन समय मोबाइल फोन थिएन र मानिसहरु चिठ्ठीपत्रबाट आफ्नो माया व्यक्त गर्दथे  बलिउडमा आफ्नो अलग छवि बनाएका इरफानले ‘लन्च बक्स’मा यस्तै साना तिना आदतलाई राम्रोसँग पस्किएका छन् । जस्तो की स्टेपलरको प्रयोग, रेलको यात्रा, घरको एक्लोपन र खाजा खाएको दृष्य । वीवीसीसँग कुरा गर्दै उनले भनेका छन्, ‘मैले मेरो मामाको हाउभाउ र दैनिकीलाई सम्झेर फिल्ममा उतारेको छुँ ।’

फिल्म ‘पानसिंह तोमर’पछि उनले फिल्मी दुनियाँमा नयाँ छवि हासिल गर्न सफल भए । ‘लन्च बक्स’ बनाएपछि यस्को चर्चा यति धरै भयो की उनलाई बजार खोज्दै हिँड्नु परेको छैन । फिल्मको ब्यापार एकदमै धेरै बढेको उनी बताउँछन् । फिल्ममा ‘यूनीभर्सल ल्याङ्ग्वेज’ भएकाले पनि धेरैले मन पराएको उनको ठहर छ । इरफानको फिल्म ‘लन्च बक्स’ले प्रतिष्ठित कान फिल्म महोत्सवमा समेत दुनियाँको प्रशंशा बटुलेको छ ।

‘हमेशा केही नयाँ दिन मलाई मजा आउँछ,’ वीवीसीसँगको कुराकानीमा उनले भनेका छन्, ‘म फिल्म दुनियाँमा च्यालेन्ज गर्न आएको छु । यो आफैलाई पनि एउटा च्यालेन्ज हो ।’
‘लन्च बक्स’बारे फिल्म समीक्षक अरनब बनर्जी भन्छन्, भारतमा जति हिन्दी फिल्म बन्छन्, धेरैजसोमा भारतको चित्रण हुँदैन । यस्ता फिल्म बहुत कम बन्छन् ।’ उनले ‘लन्च बक्स’को सफलताले फिल्मको बजार अझै बढाउने विश्वास व्यक्त गरे ।

प्रसिद्ध लेखक सलमान रुश्दीले पनि ‘लन्च बक्स’को तारिफ गर्दै ओस्कार अवार्डको दावेदार भएको बताएका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘मलाई लन्च बक्स बहुत राम्रो लाग्यो । टेलुराइड फिल्म फेस्टिबलमा यो हिट भयो । धेरै समयपछि एक राम्रो भारतीय फिल्म हेर्न पाइयो । यो ओस्कार अवार्डको लागि दावेदार हो ।’ लन्च बक्स यही सेप्टेम्बर २० तारिकदेखि सार्बजनिक हुँदै छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us