
भारतीय प्रधानमन्त्री डा मनमोहन सिंहले अवको प्रधानमन्त्रीका रुपमा काँग्रेस आइकी अध्यक्ष सोनिया गान्धीका पुत्र राहुल गान्धीलाई प्रस्ताव गरेका छन । आफू अव प्रधानमन्त्री नहुने स्पष्ट पार्दै डा सिंहले काँग्रेस आइका महासचिव राहुललाई प्रधानमन्त्रीका रुपमा अघि सारेका हुन । राहुल प्रधानमन्त्रीका हुने वारेमा उनकी आमा सोनियाले केहि प्रतिक्रिया दिएकी छैनन ।
हत्या गरिएका पूर्व प्रधानमन्त्री राजीव गान्धीका छोरा राहुललाई प्रधानमन्त्री बनाउनका लागि नै भारतीय राजनीतिमा स्थापित गराउदै ल्याएको बिश्लेषण गरिएको छ । जी २० को बैठक सकेर फर्कने क्रममा डा सिंहले आफू अव पार्टीले दिएको जिम्मेवारी पूरा गरेर बस्ने प्रतिक्रिया दिए ।इसाइ धर्मालम्बी सोनियाले शिख धर्मालम्बी डा मनमोहन सिंहलाई प्रधानमन्त्री बनाएपछि काँग्रेस आईमा सोनिया शक्तिशाली व्यक्तित्वको रुपमा चिनिन्छिन ।