रणबीर भन्छन्, ‘जिन्दगीलाई रियालिटी शो बनाउदिनँ’

काठमाण्डु टुडे २०७० भदौ २१ गते १०:३९ मा प्रकाशित

Ranabir-Katrinaसमुद्री किनारमा अर्धनग्न कटरीना कैफ र रणबीर कपुरको रोमान्सका तस्विर सार्बजनिक भएपछि सनसनी मच्चियो । अनेक किसिमका शंका उपशंका र तर्कहरु आए । यतिधेरै चर्चा भएपनि रणबीर र कटरीनाले यसबारे खुलेर कुरा गरेका थिएनन् । तर, रणबीर चूप लागेर बस्न सकेनन् र यसबारे मुख खोल्न बाध्य भए ।

मुम्बईमा रणबीर एक कार्यक्रममा सहभागी हुन गएका थिए, आफ्नो फिल्म ‘वेशरम’को प्रमोशनकालागि । त्यही मौका छोपेर सन्चारकर्मीले धेरैजसो कटरीनासँगको सम्बन्धबारे प्रश्न सोधे । सन्चारकर्मीको जिज्ञासामा उनले कटरीनासँगको सम्बन्धलाई नत स्वीकार गरे नत नकारे । उनले यत्ति मात्रै भने, ‘कटरीना साह्रै सुन्दर देखिएकी छन्, ति तस्वीरहरुमा, हो की होइन ?’

साथै उनले सन्चारकर्मीलाई भने, ‘मलाई मेरो निजी जिन्दगीका कुरा गोप्य राख्न पूरै हक छ । म आफ्नो जिन्दगीलाई कुनै रियालिटी शो बनाउन चाहँदैन । तपाईंहरुसँग अरु कुनै तस्वीर छन् भने पनि सार्बजनिक गर्नुस् । म नराम्रो मान्दिन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us