मलेसियामा एक नेपालीको मृत्यु

काठमाण्डु टुडे २०७० भदौ २१ गते ६:०१ मा प्रकाशित

मलेसिया । वैदेशिक रोजगारीको सिलसिलामा मलेशिया पुगेका सप्तरीका ३० बर्षीय घनश्याम मण्डलको मृत्यु भएको छ । गत मंगलबार काम सकेर डेरामा आइ सुतेका मण्डललाई सुतिरहेको अवस्थामै मृत अवस्थामा फेला पारिएको हो ।

मण्डलको शव पोष्ट मार्टमका लागि जोहोर बारुको सुलतान अस्पतालमा राखिएको छ । उनको मृत्युको कारण भने खुलेको छैन । रोजगारीको सिलसिलामा उनी ३ बर्ष अघि मलेशिया पुगेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us