कट्रीना कैफ सबैभन्दा सेक्सी

काठमाण्डु टुडे २०७० भदौ २० गते ९:१२ मा प्रकाशित

hot-katrina-kaifभारतीय अभिनेत्री कट्रिना कैफ सबैभन्दा सेक्सी नायीका बनेकी छन् । प्रसिद्ध अन्तरराष्ट्रिय पत्रिका एफएचएमले भारतीय नायीकाहरुमध्ये सबैभन्दा बढी सेक्सी नायीका कट्रीनालाई ठहर्याएको हो ।

एफएचएमले भारतीय १ सय सेक्सी नायीकाको सूची तयार पारेको छ । तीमध्ये एक नम्बरमा कट्रीना कैफको नाम छ ।

पछिल्लो पाँच बर्षदेखि उनी सेक्सी महिलाको सूचीको शीर्ष स्थानमै कायम छिन् । प्रीयंका चोपडाको नाम दोस्रो स्थानमा छ ।
चेन्नई एक्सप्रेसबाट सह्राना बटुलेकी दीपीका पादुकोणको नाम तेस्रो नम्बरमा छ । सबैभन्दा बढी छलाङ मारेकी छन्, सोनम कपूरले । अघिल्लो बर्ष २७ औं स्थानमा रहेकी उनी यस बर्षको सूचीमा सातौं स्थानमा पुग्न सफल भएकी छन् ।

सैफ अली खानसँगको विहेपछि करीना कपूरको लोकप्रीयता कम हुँदै गएको छ । अघिल्लो बर्ष दोस्रो नम्बरमा रहेकी करीना यसपाली आठौं स्थानमा झरेकी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us