प्रीयंकालाई बुहारी बन्ने इच्छा

काठमाण्डु टुडे २०७० भदौ १९ गते ५:५० मा प्रकाशित

Priyanka-Choparaभारतीय अभिनेत्री प्रीयंका चोपडा हाल विभिन्न टेलिभिजन कार्यक्रममा आफू अभिनित चलचित्र ‘जंजीर’को प्रचारमा व्यस्त छिन् । बिभिन्न टेलीभिजन कार्यक्रममा अन्तरवार्ता दिन र सन्चारकर्मीका जिज्ञासा मेटाउन उनलाई भ्याई नभ्याइ छ ।

हालै एक कार्यक्रममा ३१ बर्षीया प्रीयंकाले अब आफू बुहारी बन्ने खुलासा गरिन् । तर, यो वास्तविक जीवनमा होइन की टेलिसिरियलमा । ‘मलाई टेलिभिजनमा बुहारीको भूमिका निर्वाह गर्न राम्रो लाग्छ,’ आफ्नो इच्छाबारे थप प्रष्ट पार्दै उनले भनिन्, ‘टिभिका बुहारीहरुको सबैभन्दा राम्रो कुरा यो हो की उनीहरु सुत्न जाँदा पनि र उठ्दाखेरी पनि सुन्दर देखिन्छन् ।’

उनले टीभि धारावाहिक ‘बडे अच्छे लगते हैं’मा कुरा गर्दै यस्तो धारणा राखेकी हुन् । यसका साथै उनलाई सँधै गहनाबाट सजिन मन लाग्छ । त्यसैले उनी भन्छिन्, ‘त्यसैले मैले किन बुहारीको भुमिका निर्बाह नगर्ने त ?’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us