सिरियामा रासायनिक हमला भएको फ्रान्सको दावी

काठमाण्डु टुडे २०७० भदौ १८ गते ४:१४ मा प्रकाशित

काठमाण्डु, १८ भदौ–फ्रान्सले सिरियामा रासायनिक हमलामा सरकारी सेना नै जिम्मेवार रहेको आरोप लगाएको छ । संसदमा एक रिपोर्ट पेश गर्दै प्रधानमन्त्री मार्क एराल्टले यस्तो दावी गरेका हुन् ।

दमास्कसमा सरकारले गत अगष्ट २१ तारिकमा एक हजार टन भन्दा बढी विनाशकारी रासायनीक हतियार प्रयोग गरेर विपक्षी समूहलाई मारेको एराल्टको दावी छ । फ्रान्सका गुप्तचर विभागले जुटाएको प्रमाणको आधारमा सारिन र मस्टर्ड ग्याँस जस्ता खतरनाक रसायनयुक्त हतियार प्रयोग भएको पुष्टि भएको बीबीसीले जनाएको छ ।

सिरिया सरकारले भने रासायनीक हतियार प्रयोग नगरेको बताउँदै आएको छ । रासायनिक हतियार प्रयोग भएको दावी गर्दै फ्रान्सले सिरियामा सैनिक कारबाही गर्ने तयारी गरेको छ । त्यसकालागि बुधबार संसदमा बहस हुँदै छ । कारबाही शुरु गर्नुअघि संसदबाट अनुमति लिनुपर्ने प्रावधान छ ।

अमेरिका र व्रिटेन पनि सिरियामा सैन्य कारबाहीको पक्षमा छन् । तर, रुस र चीनले सिरियामा कारबाही नगर्न आग्रह गर्दै आएका छन् । सिरियामा कारबाही गरे गम्भीर परिणाम भोग्नुपर्ने उनीहरुले चेतावनी दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us