बेलायतमा एसियाली आप्रवासी निगरानीमा

काठमाण्डु टुडे २०७० भदौ ४ गते ३:५४ मा प्रकाशित

बेलायत सरकारले बेलायतका सम्पूर्ण शिक्षक, चिकित्सक विमानस्थलका अधिकारीलाई एसियाली राष्ट्रबाट बेलायतमा बसोबास गर्ने परिवारमाथि विशेष निगरानी राख्न र सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ । एसियाबाट बेलायत जाने अधिकांश परिवारले गर्मी बिदाको समयलाई आफूहरू घर फर्कंदा छोरीहरूलाई पनि लिएर जाने र फर्कंदा विवाह गरिदिने गरेको पाइएको भन्दै उनीहरूलाई विशेष निगरानी राख्न विभिन्न निकायलाई सतर्क रहन आग्रह गरेको हो ।

बेलायत बस्ने एसियालाी परिवारमा विद्यमान जबरजस्ती विवाहलाई बेलायत सरकारले आपराधिक कार्य बताएको छ । बेलायतकी महारानीले केही महिनाअधि संसद्मार्फत सो विवाहलाई आपराधिक कार्य भएको घोषणा गरेकी छन् । बेलायतमा अनुचित फाइदा लिने उद्देश्यले परिवारले आङ्खना सन्तान विशेषगरी छोरीहरूलाई बिदाको समयमा स्वदेश फर्काएर विवाह गरिदिने प्रचलन केही एसियाली राष्ट्रका अभिभावकमा पाइन्छ । बेलायतमा थप सुविधाका लागि भागिदार बन्न पनि उनीहरूले लुकीछिपी यस्ता कार्य गर्ने गरेका छन् । तर, तीन महिनाअघि बेलायत सरकारले बसाइँसराइसम्बन्धी एक विधेयक पारित गर्दै सो विवाहलाई गैरकानुनी घोषणा गरेको छ ।

बेलायतका गृहमन्त्री थेर्सा मेले सरकारले जबरजस्ती विवाह गर्नेविरुद्ध कडा कारबाही गर्ने चेतावनी दिए । गृष्म मौसममा बेलायतमा जबरजस्ती विवाहमा वृद्धि भएको बेलायत सरकारको एक तथ्यांकमा उल्लेख छ । किशोर–किशोरीलाई बिदाको समयमा अनजानमा स्वेदशमा फर्काइने र जबरजस्ती विवाह गरिदिने भएकाले यस्तो विवाहका लागि यो मौसममा ‘पिक सिजन’ हो । बेलायतको गृह मन्त्रालय र विदेश तथा कमन वेल्थ कार्यालयले सञ्चालन गरेको फोस्र्ड म्यारिज युनिट (एफएमयू) ले गएको वर्ष जुन र अगस्टमा मात्र यस्तो विवाहको ४ सय रिपोर्टहरू प्राप्त गरेको थियो ।

जबरजस्ती विवाहलाई निरुत्साहित गर्न यस वर्ष सो एकाइले ‘विवाह तपाईंको आङ्खनो छनोट हो’ लेखिएका कार्डहरू वितरण सुरु गरेको छ । सम्भावित पीडितलाई आवश्यक जानकारी गराउन यस्ता कार्डहरू एसियाली मलका किशोर–किशोरीलाई वितरण गरिएको पनि सो युनिटले जनाएको छ । विमानस्थलका कर्मचारी र प्रहरीलाई २४ सै घन्टा सचेत रहन पनि आग्रह गरेको छ । ‘विद्यालय बिदाको समयमा किशोरीको विवाह गरिदिने समाचार आउनु दुःखदायी कार्य हो । विद्यार्थीले जीसीएसई वा ‘ए’ लेभलमा राम्रो परिणामको आशा गरिरहेकै बेला बिदाको समय उनीहरूले कहिल्यै पनि भेट नगरेका मानिससँग विवाह गरिदिनु निन्दनीय कार्य हो,’ अपराध नियन्त्रणसम्बन्धी मन्त्री जर्मी ब्राउनले भने, ‘यसले विद्यार्थीको उज्ज्वल भविष्यमा तगारो हाल्ने कार्य गरेको छ । यो मानव अधिकारको गम्भीर उल्लंघन हो, तसर्थ सरकारले यस कार्यलाई गैरकानुनी घोषणा गरेको छ ।’ त्यसैगरी, विदेशमन्त्री मार्क सिमोन्डसले भने, ‘विद्यालयमा गृष्मकालीन बिदाको समयमा विद्यार्थीलाई जबरजस्ती विवाह गरिदिने सम्भावना बढी हुन्छ ।’

एफएमयुले गत वर्ष सन् २०१२ मा करिब १४ सय ८५ ओटा जबजस्ती विवाहका घटना रोकेको जनाएको छ । एसिया, मध्यपूर्व, अफ्रिका, युरोप, उत्तर अमेरिकालगायतका ६० देशका नागरिकलाई सो विवाह गर्नबाट रोकेको पनि उसले जनाएको छ । सो संख्यामा रहेका विद्यार्थीमध्ये ६ सय छात्राहरू २६ वर्ष उमेरमुनिका रहेको पनि उसले जनाएको छ । सन् २००८ मा जबरजस्ती विवाहका १६ सय घटना एफएमयुमा रिपोर्ट गरिएको थियो । एजेन्सी /राजधानीबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us