के गर्दै छिन् हिलारी ?

काठमाण्डु टुडे २०७० भदौ ४ गते ३:५० मा प्रकाशित

 रमेश दनेखू

सन् १९९८ को एउटा साँझ, बिल र हिलारी क्लिन्टनले आङ्खना साथीहरूको सानो समूहलाई ह्वाइट हाउसमा फिल्म हेर्न निम्तो दिएका थिए । ह्वाइट हाउसकी २४ वर्षीया मोनिका लेवेन्स्कीसँग बिलको सम्बन्धबारे समाचार आएको केही सातापछि उनीहरू सार्वजनिक रूपमा सँगै देखिएका थिए । त्यो समाचार बाहिर आएको पाँच दिनपछि २१ जनवरीमा बिल टेलिभिजनका क्यामरामा आङ्खना औंला एकअर्कामाथि खप्ट्याएर ‘ती महिला, मिस लेवेन्स्कीसँग मेरो यौनसम्बन्ध भएको छैन’ भनेका थिए । अर्को दिन हिलारीले आपूm र आङ्खना पतिविरुद्ध विपक्षीले षड्यन्त्र गरेको आरोप लगाइन् ।

त्यसयता क्लिन्टन जोडीले लेवेन्स्कीका बारेमा बोल्न आवश्यक ठानेनन् । तर, बिलको मोनिकासँग सम्बन्ध नभएको भनिरहँदै आए पनि उनको अनुहार र भावले ठीक उल्टो बोलिरहेको थियो । हिलारीलाई सबै थाहा थियो, तैपनि उनले आङ्खना पतिलाई स्विकारिन् र उनको पक्षमा उभिरहिन् । परस्त्रीसँग सम्बन्ध राख्ने आङ्खना पतिलाई माफी दिन सक्ने महिला कस्ती होलिन् ? पक्कै पनि बलियी र आत्मविश्वासले भरिएकी । दुई दशकदेखि सर्वसाधारणको नजरमा पर्दै आएकी यी आत्मविश्वासी महिला आजभोलि आक्कल–झुक्कल मात्र मिडियामा देखा पर्छिन् । अमेरिकी राष्ट्रपति बाराक ओबामाको प्रशासनमा चार वर्ष विदेशमन्त्रीजस्तो संवेदनशील पदमा रहेर दमदार भूमिका निभाएकी उनी अहिले केमा व्यस्त छिन् त ? आत्मसंस्मरण अहिले उनी आङ्खनो संस्मरण लेख्नमै व्यस्त छिन् । एक दशकमा उनको यो दोस्रो संस्मरण हुनेछ र यसको मुख्य विषय आङ्खनो चारबर्से कार्यकाल नै हुनेछ किनभने उनको ‘प्रि–ओबामा’ जीवन अघिल्लो संस्मरणमा उतारिसकेकी छन् । एक दशकअघि लेखेको ‘लिभिङ हिस्टोरी’मा उनले आङ्खना पतिको मोनिकासँगको सम्बन्धका बारेमा दुई पेज लेखेकी थिइन् । ‘मलाई श्वास लिन गाह्रो भइरकेको थियो । हावा निल्दै म रुन थालें र उनीमाथि चिच्याउन थालें, तिमीले यो के ग¥यौं ? तिमी के भनिरहेका छौं ? तिमीले मलाई किन भूmट बोल्यौ ?, म निकै आक्रोश र आवेगमा आएकी थिएँ र त्यो हरेक सेकेन्ड बढिरहेको थियो ।’ उनले लेखेकी छन्, ‘उनी मलाई माफ गर ।

मलाई माफ गर मात्र भन्दै थिए ।’ क्लिन्टनको फलोअप संस्मरण अब पहिलेको जस्तो काण्डले भरिएको हुने छैन, तर गम्भीर मुद्दा भने पक्कै हुनेछ, जस्तो कि बेन्जाघीमा भएको क्षति । अमेरिकी राजदूत मारिएको सो घटनालाई उनले आङ्खनो कार्यकालको ‘सबैभन्दा ठूलो हानि’ भनेकी छन् । ओबामाको प्रशासनमा उनी कहाँ मात्र गइनन् । १ सय १२ मुलुकमा पुग्न उनले करिब १० लाख किलोमिटर यात्रा गरिन् । यो लामो यात्राले उनलाई थकान लागेको हुन सक्छ । उनी अब आराम गर्न चाहन्छिन् । तर यो आराम चार वर्षभन्दा बढी भने हुनेछैन ।

किनभने २०१६ को राष्ट्रपतीय निर्वाचनमा उनले डेमोक्रेट्सबाट उम्मेदवारी दिने हल्ला सुनिन थालेको छ । तर, उनी भने ‘अहिल्यै यसबारे सोच्ने बेला नभएको’ बताउँछिन् । उनको पहिलो प्राथमिकता भनेको ‘२० वर्षदेखिको अपुरो निद्रालाई पूर्णता दिनु’ हुनेछ । त्यसपछि उनी अमेरिकाकै प्रथम महिला राष्ट्रपति बन्ने अभियानमा हुनेछिन् । तर, कम्तीमा अमेरिकामा सर्वेक्षणले भूmट बोल्दैन । ६५ प्रतिशत डेमोक्रेट हिलारीको समूहलाई भोट दिने बताउँछन् । अब उनलाई उनको बाटो रोक्ने दुस्साहस बेन्जाघी विवादले मात्र गर्नेछ । उनका पति बिल क्लिन्टनले उनको राष्ट्रपतीय अभियानलाई ‘समयको बर्बादी’ भनिरहेका बेला केही महिनाअघि भएको प्रवचन कार्यक्रममा उनले २ लाख डलर पारिश्रमिक लिएको समाचार आएको थियो । उनले १ करोड ४० लाख डलर बराबरको पुस्तक सम्झौतामा समेत हस्ताक्षर गरेको बताइएको छ ।

उनको फेसबुक पेज लाइक गर्नेको संख्या अहिले डेढ लाखभन्दा बढी छ, ट्विटरमा ६० हजार फलोअर छन् र उनलाई सहयोग गर्ने १ हजारभन्दा बढी संस्था छन् । तैपनि उनको साढे ६ दशक उमेर पुगेको शरीरमा अहिले थोरै समस्या छ । उनको पेटमा भाइरस देखिएको छ, शरीरमा पानीको मात्रा थोरै छ, दिमागमा थकान धेरै । तर, चार वर्षसम्म अमेरिकी पीआर बढाइरहेको बेला, शान्ति स्थापनार्थ दौडधुप गर्दा उनले यस्तो कहिल्यै अनुभव गरिनन् । बेन्जाघीको बोझ गत वर्ष ११ सेप्टेम्बरमा बेन्जाघीमा भएको आतंककारी हमलामा अमेरिकी कन्सुलेट क्रिस स्टेभेन्सको मृत्यु भयो । यसको कारण थियो ‘कुसञ्चार’ । अमेरिकाले हमलाको खबर पहिल्यै पाइसकेको थियो, तैपनि उनलाई बचाउन सकिएन ।

यसमा हिलारीको नेतृत्व कमजोर भएको रिपब्लिकनको दोष रहँदै आएको छ । उनीमाथि सरकारी सूचना लुकाएको आरोपसमेत लगाइएको छ । तर, उनले भने सो घटनाको नैतिक जिम्मेवारी लिइन्, तैपनि सूचना लुकाएको आरोप खण्डन गरिन् । त्यसपछि कठोर बनेकी उनले त्यहाँ ‘नो ङ्खलाई जोन’ घोषणा गरिन् । ‘राजनीति र पत्रकारितामा त्यस्ता केही मानिस छन्, जो तथ्यलाई तोडमरोड गर्न चाहन्छन्,’ विदेशमन्त्रीको हैसियतमा एपीलाई दिएको अन्तर्वार्तामा उनले भनेकी थिइन्, ‘उनीहरू प्रमाणमा आधारित संसारमा बाँच्न चाहँदैनन् । यो दुःखको कुरा हो । तर त्योभन्दा पनि दुःखको कुरा के हो भने हाम्रो सरकारको सेवा गर्ने मानिसहरू जोखिममा छन्, निकै कठिन अवस्थामा छन् ।’

उनको यो अभिव्यक्तिले उनलाई झन् बलियो बनाइदियो र राष्ट्रपतिको उम्मेदवारीमा हारेका नेतृबाट संसारकै सबैभन्दा चर्चित महिला बनाइदियो । २०१६ को प्रतीक्षा उनले घोषणा गर्नुअघि नै उनका नजिकका मानिसहरू अर्को राष्ट्रपतीय चुनावबारे बहस गर्न थालिसकेका छन् । सन् २००८ को अभियानका लागि लिएको ऋण उनले गत जनवरीमा मात्र चुक्ता गरेकी छन् । अब फेरि समय र पैसाको चर्चा हुन थालिसकेको छ ? यसले उनीमाथि प्रहार गर्न सक्छ । उनका पति र उनको चरित्रमाथि प्रहार गर्न सक्छ ? सर्वेक्षणहरूले उनी सन् २०१६ की लोकप्रिय पात्र देखाएका छन् ।

पार्टीभित्र पनि उनको समर्थन बलियो छ र उनी कुनै रिपब्लिकन उम्मेदवारभन्दा कम छैनन् । त्यस बेला उनी ६९ वर्षकी हुनेछिन् तैपनि उनी त्यति वृद्ध हुने छैनन् । उनी प्रतिस्पर्धी पार्टीका सम्भावित उम्मेदवार तथा उपराष्ट्रपति जोइ विडेनभन्दा पनि पाँच वर्ष कान्छी छिन् । तर, यति चाँडै निक्र्योल गर्नु पनि ठीक हुने छैन किनभने सन् २००८ मा पनि उनी निकै लोकप्रिय थिइन् । तैपनि उनी ओबामासँग हारिन् । तीन वर्ष पार्टीभित्र उनलाई टक्कर दिने कसैको उदय नहोला भन्न सकिन्न । र आप्रवास, गर्भपतन, ऋण, कर, स्वास्थ्य सेवा र अन्य केही मुद्दामा उनको विरोध हुने सम्भावना पनि उत्तिकै छ । अब के त ? आङ्खनो कार्यकालको अन्तिम समयमा उनी इजरायल र प्यालेस्टाइनको हमास समूहबीच युद्धविराम गराउन सफल भएकी थिइन् । बेन्जाघी हमलापछि मन्त्रालयको कारबाहीमा पनि व्यापक परिवर्तन ल्याएकी थिइन् ।

तर, उनी अहिले सञ्चारमाध्यमबाट टाढा छिन् । उनले कार्यभार छोड्नुअघि आङ्खनो उल्लेखनीय योजना केही नभएको बताएकी थिइन् । तैपनि अहिले भने उनी विकासशील मुलुकमा महिला तथा बालबालिकाका लागि काम गरिरहेकी छन् र द्वन्द्वमा रहेका मुलुकका नागरिक समाजलाई सहयोग गरिरहेकी छन् जसले शान्ति प्रक्रिया र व्यावारलाई बढाउने अपेक्षा उनले गरेकी छन् । बिलको छाया उनको बाटो कहिल्यै सहज भएन । मन्त्री भएको सुरुआती दिनमा प्रशासनमा उनको प्रभाव घटिरहेको थियो । तर, उनले सधैं आङ्खना पतिको साथ पाइन् ।

उनकै सहयोगमा उत्तर कोरियामा समातिएका दुईजना अमेरिकी पत्रकार रिहा गर्न उनी सफल भइन् । एक पटक कंगोका विद्यार्थीले किन्सासामा बिल क्लिन्टनलाई सोधेका थिए, ‘अफ्रिकामा चीनको बढ्दो प्रभावलाई तपाईं कसरी लिनुहुन्छ ?’ त्यतिकैमा हिलारीले भनेकी थिइन्, ‘तपाईं मेरो पतिलाई किन सोध्नुहुन्छ । उहाँ विदेशमन्त्री होइन, म हुँ । त्यसैले तपाईं मेरो विचार सोध्नुुस् न । म मेरो विचार भन्छु ।’ बाँकी काम क्लिन्टनले अपुरो छाडेका धेरै अन्तर्राष्ट्रिय मुद्दा बाँकी नै छन् । जस्तो कि सिरियाली गृहयुद्ध र इजिप्टको द्वन्द्व ।

उत्तर अफ्रिकामा आतंकवाद बढिरहेको छ र अफगान युद्ध कसरी अन्त्य गर्ने त्यो स्पष्ट भइसकेको छैन । इजरायल र प्यालेस्टाइनको सम्बन्ध पहिलेजस्तै वाष्पीय छ । चेतावनीका बाबजुद इरानको आणविक कार्यक्रम जारी नै छ र उत्तर कोरिया मच्चि नै रहेको छ । आङ्खनो कार्यकालमा उनले ४ सय १ दिन विदेशमा बिताएकी थिइन् र करिब तीन महिना हावामा । यी मुद्दा समाधान गर्न भविष्यमा उनको भूमिका कस्तो रहला त्यो भने भविष्यले नै देखाउला । राजधानीबाट 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us