आयोजक जेभियर समूह विजेता बन्दै क्वाटरफाइनलमा

काठमाण्डु टुडे २०७० भदौ ४ गते ०:२० मा प्रकाशित

काठमाडौं, ३ भदौ । जेभियर इन्टरनेशनल अन्तरकलेज प्लस टु यू–१९ बास्केटबल प्रतियोगितामा छात्रतर्फ आयोजक जेभियर कलेज समूह विजेता बन्दै क्वाटरफाइनमा सोमबार प्रवेश गरेको छ ।
xavierजेभियरले सोमबार समूह ‘बी’ को खेलमा बाग्मतीलाई ४८–२१ अंकले पराजित गर्‍यो । जेभियरले पहिलो क्वाटरमा १६–३ को अग्रता लियो । प्रतिस्पर्धात्मक दोस्रो क्वाटरमा जेभियरले ८ तथा बाग्मतीले ७ अंक जोडे । तेस्रो क्वाटरमा जेभियरले ११ अंक जोड्दा बाग्मतीले ८ स्कोर मात्र गर्न सक्यो । अन्तिम क्वाटरमा १३–३ को अग्रता लिदै जेभियरले समूह विजेता बन्दै अन्तिम आठमा स्थान पक्का गर्‍यो । जेभियरको जितमा विनेश न्यौपानेले १६ अंकको योगदान गरे ।
छात्रतर्फकै अर्काे खेलमा नासाले बर्नहार्टलाई ३१–२५ ले पराजित गर्‍यो ।

नासाको जितमा सुशील रोहायाले १५ स्कोर गरे । एलआइसीले छात्रतर्फ जित हात पार्ने क्रममा ब्रुकलिनलाई ७०–४८ ले पराजित गर्‍यो । एलआइसीको लागि खामसुङ जङ्बुले २० अंक जोडे । छात्रतर्फकै अन्य खेलमा भीएस निकेतनले सीएमबीलाई तथा ज्ञान निकेतनले प्रिमियरलाई पराजित गरे । भीएसले सीएमबीमाथि ४६–३८ को जित रच्यो ।
भीएसजको जितमा सुमीत बानियाले १८ अंकको योगदान गरे । यता ज्ञान निकेतनले पनि प्रिमियरलाई ४५–२८ ले पाखा लगायो । सुरज केशीले सबैभन्दा बढि १७ अंक जोडेपछि ज्ञान निकेतनको जित संभव भयो ।  यता छात्रातर्फ आयोजक जेभियरले बर्नहार्टलाई २१–१७ ले पराजित गर्‍यो । जेभियरको जितमा प्रतीमा मल्लले ९ अंक जोडिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us