राइ बनिन मिस नेपाल यूएस

काठमाण्डु टुडे २०७० भदौ ३ गते १६:५७ मा प्रकाशित

Miss-USfinalबर्तिका राईले १६ प्रतिस्पर्धीलाई पछाडि छाडदै न्यूयोर्कमा भएको मिस नेपाल यूएस २०१३ को उपाधि हात पारिन । राईले ताजसहित पाँच हजार अमेरिकी डलर नगद प्राप्त गरेकी छिन। अनुजा मगर मिस नेपाल यूएस फस्ट रनर अप घोषित भईन भने सोनी पाठक टेक्सास मिस नेपाल यूएस सेकेण्ड रनर अप घोषित भइन । मगर र पाठकले क्रमश तीन हजार अमेरिकी डलर र दुई हजार अमेरिकी डलर प्राप्त गरेका छन । इ प्लानेट नेपाल र इभेन्ट प्लानेट इन्क अमेरिकाद्धारा आयोजित प्रतियोगिताको मुख्य निर्णायकमा अमेरिकी सञ्चार संस्था सिएनएनमा कार्यरत चर्चित कार्यक्रम निर्माता एवं प्रस्तोता नेपाली मुलकी किरण क्षेत्री थिइन भने पूर्व नेपाल सुन्दरी माल्भिका सुब्बाले कोरियोग्राफि गरेकी थिइन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us