बा–आमाको गल्तीको सजाय भोग्नेहरु

काठमाण्डु टुडे २०७० भदौ ९ गते १४:५४ मा प्रकाशित

कीर्तिपुरको भत्केपाटी चोकदेखि करिब सय मिटर उत्तर धानखेतको बीचमा बन्दै गरेको तीनतले पक्की घर छ ।सोही घरको दोस्रो तलामा स–साना बाबु,नानीहरू चर्को स्वरमा बाह«खरी भट्याउँदै गरेको आवाज बाहिरसम्म सुन्न सकिन्छ । साउनको तेस्रो साताको शुक्रबार । DSC_0801दिउँसोको करिब साढे एक बजे बाहिर टुप्पी पोल्ने गरी घाम चर्किएको छ । सेतो बोर्डमा लेखिएका काला अक्षरमा एचआईभी संक्रमित बालबालिका आफ्नो सुनौलो भविष्य खोज्दै गरेका यो दृश्य साँच्चिकै आँखा रसाउनेखालको थियो । करिब चार वर्षदेखि १३ वर्ष उमेरका निर्दोष र अबोध १७ बालबालिका ठुल्ठूलो स्वरमा पढिरहेका छन् । बोर्डमा लेखिएका अक्षर बताउँदै पढाउन पालै–पालो अगाडि जान्छन् अनि पीपीआर पाइपको हरियो लठ्ठीले बताउँदै पढाउँछन् । कक्षाकोठाको अगाडि कुर्सीमा बसिरहेका शिक्षकले बोल्दा केही बिग्रिएमा सच्याउन सिकाइरहेका छन् ।

कक्षाकोठाको झ्यालबाट बाहिर हेर्दा खेतमा गाँजो हाल्दै गरेको धान गोड्न थालेका महिलाको एक हूल देख्न सकिन्छ । एचआईभी संक्रमित भएको थाहा पाएपछि घरपरिवार, आफन्त र साथीभाइबाटै छिछि र दुरदुर बनाइएका यी बालबालिका आफूजस्तै साथीसँग बसेर खेल्दै, पढ्दै गर्न पाउँदा निकै खुसी देखिन्छन् । सबैको चेहेरा हँसिलो निर्दोष र अबोध देखिन्छ । उनीहरूले पढ्दै गर्दा कक्षाकोठामा शिक्षिका (बेबी लाइफ होमकी उपाध्यक्ष पनि हुन्) उमा गुरुङ प्रवेश गरिन् । ‘गुड आफ्टर नुन म्याम’ भन्दै ती बालबालिका मेलापातबाट आएकी आफ्नी आमासँग दूधेबालक झुन्डिएझँै गरी उनको पाखुरा छोप्दै वरिपरि झुन्डिएको दृश्य साँच्चिकै हेर्नलायक थियो । अभिभावकको गल्तीका कारण एचआईभी संक्रमित बन्न पुगेका १७ बालबालिकालाई कीर्तिपुरमा रहेको सफलता एचआईभी शिक्षा सदनले पढ्ने अवसरमात्र प्रदान गरेको छैन, उनीहरूको अनुहारमा हाँसो र जीवनमा खुसी फर्काउने प्रयास गरेको छ । ०६७ मा बेवी लाइफ होम संस्था दर्ता गरी चार एचआईभी संक्रमित बालबालिका उद्धार गरेर ल्याइएको र हाल १७ जना संक्रमित बालबालिका आपूmहरूसँग रहेको संस्थाका अध्यक्ष राजकुमार पुनले बताए ।

०६७ मा प्राथमिक बालविकास केन्द्रका रूपमा अनुमति लिएको संस्थाले ०६९ मा जिल्ला शिक्षा कार्यालयबाट वैकल्पिक विद्यालयका रूपमा कक्षा पाँचसम्मको अनुमति प्राप्त गरेको छ । संस्थाले ती बालबालिकालाई शिक्षा प्रदान गर्नुका साथै खानपान र बसोबास व्यवस्था मिलाएको छ । उक्त शिक्षा सदनमा रहेका बालबालिकामध्ये दाङ घोराहीकी उर्मिला अर्याल (१०) एचआईभी संक्रमित बालिका हुन् । पाँच वर्षपहिले एचआईभी परीक्षण गर्दा उनलाई पोजेटिभ भएको पुष्टि भएको थियो । कमाइकाज गरेर परिवारलाई भरिपूर्ण बनाउने अभिलाषा बोकेर रोजगारीका लागि भारतको दिल्ली गएका उनका बुवाले एउटा रंगीन सपना बोकेको आफ्नो परिवारलाई रंगहीन र उदांगो बनाए । रोजगारीको सिलसिलामा भारत पुगेका उनी एचआईभी संक्रमित भएपछि बाबुको माध्ययमबाट उनकी आमालाई पनि एचआईभी स¥यो र आमाबाटै उनी एचआईभी संक्रमित बन्न पुगिन् । एचआईभी एड्सका कारण ६ वर्षपहिले उनको बुवाको ज्यान गयो । उनी र उनकी आमा अहिले संक्रमित अवस्थामा बाँचिरहेका छन् । एचआईभी एड्स किन लाग्छ भन्ने विषयमा उनलाई अझै पनि राम्रोसँग थाहा छैन ।

एचआईभी लाग्नुमा न त उनको कुनै दोष नै छ । तर, एचआईभी संक्रमित भएकै कारण घरपरिवार, आफन्त र साथीभाइबाटै उनले विभिन्न अमानवीय व्यवहार सहनुप¥यो । घोराही गोग्लीको एक विद्यालयमा अध्ययनरत उनलाई एचआईभी संक्रमित भएकै कारण विद्यालयबाट निकालियो । ‘गोग्लीको स्कुलमा पढ्दा त्यो स्कुलको हेडसरले यसलाई एचआईभी लागेको छ, यसलाई स्कुलबाट निकाल्ने भन्ने कुरा गर्नुभो,’ उनले भनिन्, ‘तर, मलाई एचआईभी भनेको के हो ? भन्ने थाहा थिएन ।’ विद्यालयबाट निकालिएपछि एचआईभी संक्रमित बालबालिकाका लागि काम गर्ने एक संस्था नवकिरण प्लसमा करिब दुई वर्ष बिताइन् । उक्त संस्थामा आर्थिक संकट भएपछि अलपत्र अवस्थामा रहेकी उनलाई दाङ प्लसको सहयोगमा बेबी लाइफ होममा ल्याइएको थियो । तीन वर्ष अघिदेखि बेबी लाइफ होममा बस्दै आएकी उर्मिला यहाँ आपूm एकदमै खुसी रहेको बताइन् । ‘सर, म्यामले टाएममा पढाउनुभा’छ, टाइममा खेलाउनुभा’छ, सर म्यामको घरमा टाएम्–टाएममा जान्छम्,’ उनले भनिन्, ‘म यहाँ एकदमै खुसी छु ।’ ‘एचआईभी लागेका कतिपय मानिस आफ्नो परिचय नखुलाएर लुक्नुभएको हुन्छ,’ उनले भनिन्, ‘एचआईभी भनेको रोग होइन नलुक्नुहोस् ।’ उर्मिला पढाइ र नाचगानमा उत्तिकै अब्बल छिन् । ‘म ठूलो भएर मोडल बन्न चाहन्छु,’ उनले भनिन् ।

उर्मिलाजस्तै सुदूरपश्चिम बैतडीकी मञ्जु चन्द बैतडी (१२) ले करिब चार वर्षको उमेरमा जन्म दिने बा र आमा गुमाउनुप¥यो । उनका बा–आमाले कालगतिले नभई एचआईभी एड्स लागेका कारण ज्यान गुमाए । आपूmलाई पालनपोषण गर्ने बा–आमाको मृत्युपछि अंकलको घरमा बसेकी थिइन् । एक दिन बिरामीले थला परिन् । अस्पतालमा जचाउन जाँदा एचआईभी पोजेटिभ भएको थाहा भयो । त्यसपछि उनको अंकलको परिवारले गर्ने व्यवहार पनि फरक हुँदै गयो । एचआईभी संक्रमित भएपछि उनको शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर बन्दै जान थाल्यो । उनलाई विभिन्न किसिमका पौष्टिक आहारको आवश्यक पर्न थाल्यो । तर, घरमा पौष्टिक आहार त कताको कुरा बिहान–बेलुकी पेटभरि खान नपाउने अवस्था सृजना भयो । ‘अंकलहरूले अरूका अगाडि राम्रो गरेजस्तो गर्नुहुन्थ्यो,’ उनले भनिन्, ‘तर, samayabodh advt bhadau issueखाना खाँदा पेटभरि खान नदिने, झर्किएर बोल्ने गर्नुहुन्थ्यो ।’ सुतिसकेको भए खाना खान नउठाउने, उठिहाले पनि आधारोटी र एक गिलास मोई दिनुहुन्थ्यो,’ उनले भनिन् । उनका आफ्नै दुई दिदी छन् । तर, कहिलेकाहीँ भेट गर्न पनि नआउने गरेको उनले बताइन् । ‘दसँैमा त लिन आउनुहुन्न,’ सरतिर हेर्दै हँसिलो चेहेरामा भनिन्, ‘तर केही छैन ठूलो सर र ठूलो मेमले धेरै माया गर्नुहुन्च ।’ एक संस्थाले आयोजना गरेको किड क्वीन प्रतियोगितामा भाग लिएर उनले डिस्पिलिन अवार्ड हात पारेकी थिइन् । एचआईभी एड्सका कारण बाआमा गुमाएका सल्यानका प्रकाश भण्डारी (१२) पनि विगत तीन वर्षदेखि बेबी लाइफ होममा रहेका छन् । उनकी बहिनी पुष्पा पनि उनीसँगै बस्छिन् । ‘यहाँ आएर पढ्न पाएकोमा खुसी छौँ,’ प्रकाशले बैनी पुष्पातिर हेर्दै भने, ‘हाम्रो मम्मी–ड्याडी भनेकै सर, म्याडम हुनुहुन्छ ।’ रोजगारीका लागि भारत गएका उनका बाले एड्स भित्र्याएपछि उनीहरूले बा र आमा गुमाउन पुगेका थिए ।

दाङमा रहेको अंकलको घरमा बसेका यी दुई दाजुबहिनीलाई अंकलको घर परिवारका नराम्रो व्यवहार सहेर बस्न बाध्य थिए । ‘तिमीहरू जहाँ जान्छौ जाउ, मेरो घरमा नबस भन्नु भो अंकलले,’ पुष्पाले भनिन्, ‘पत्रिकामा हाम्रो समाचार आएपछि सर, म्यामले हाम्लाई यहाँ ल्याउनुभा हो ।’ यहाँ आएपछि पढ्न, लेख्न, समयमा खान पाएको उनले जानकारी दिइन् । ‘खान पाएको छु, खेल्न पाएको छु,’ उनले भनिन्, ‘हरेक कुरा सिक्न पाएकी छु ।’ आमाको न्यानो काखमा खेल्दै रमाउने उमेरका हिमराज चन्द सफलता एचआईभी शिक्षा सदनमा साथीहरूसँगै बसेर पढ्दै थिए । भर्खरमात्र पाँच वर्षमा पाइला टेकेका उनी तोतेबोलीमा ‘क’, ‘का’,‘कि’,‘की’, पढ्दै थिए । ‘बुवा त एड्स लाएर मर्नुभो,’ उनले भने, ‘घरमा मम्मी, हजुरबा र हजुरआमा हुनुन्च ।’ पश्चिम दाङका हिमराज एचआईभी संक्रमित भएका कारण दाङमा पढाउन अप्ठ्यारो भएकाले संक्रमितले पढ्ने विद्यालयमा पढाउन पठाइएको परिवारले जनाएको छ । उनकी आमाले पनि एचआईभी एड्ससँग संघर्ष गरिरहेकी छन् । ‘थुलो भएर तिचर बन्चु,’ तोतेबोलीमा उनले आफ्नो भविष्यको लक्ष्य सुनाए । उर्मिला, मञ्जु, प्रकाश, पुष्पा र हिमराज त प्रतिनिधि उदाहरणमात्र हुन् । नेपालमा सयौँ बालबालिका यतिबेला अभिभावकको लापरबाही र गल्तीका कारण एचआईभी संक्रमित बनेर बाँचिरहेका छन् । एचआईभी भनेको के हो ? भन्नेसम्म जानकारी नभएका उनीहरू आफन्त, समाज र साथीभाइबाटै छिछि र दुरदुरको पात्र बन्न बाध्य छन् ।

दाङ प्लसको सहयोगमा संस्थाले संक्रमित बालबालिकालाई उद्धार गरेर ल्याएको थियो । ‘उच्चस्तरीय शिक्षा दिन्छाँै, बोर्डिङमा पढाउँछाँै भनेर ल्याएका थियाँै,’ संस्थाका अध्यक्ष राजकुमार पुनले भने, ‘तर, पहिचान खुलेकै कारण यहाँका बोर्डिङ र सरकारी विद्यालयले भर्ना लिन मानेनन् ।’ बोर्डिङ र सरकारी विद्यालयले भर्ना लिन नमानेपछि छुट्टै विद्यालय स्थापना गर्नुपरेको संस्थाले जनाएको छ । कक्षाकोठा अभावमा कक्षा एकदेखि पाँचसम्मका विद्यार्थी एउटै कक्षाकोठामा बसेर पढ्न बाध्य छन् । ती बालबालिकाका लागि हाल संस्थाको मासिक खर्च करिब ६० हजार रुपैयाँ हुने गरेको छ । जुन व्यक्तिगत रूपमा राजकुमार र उमाले बेहोरिरहेका छन् । ‘आर्थिक समस्याका कारण मैले आफ्नो घर पनि बिक्री गरेँ,’ राजकुमारले भने, ‘जिम्मामा ल्याइसकेपछि बीचमा छोड्ने कुरा भएन ।’ बालबालिकाले नियमित रूपमा एआरटीलगायत औषधि सेवन गराउनुपर्ने भएकाले उनीहरूलाई नियमित रूपमा सन्तुलित आहार दिनुपर्ने हुन्छ । उनका अनुसार उनीहरूलाई माछा, मासु, फलपूmल, गेडागुडी मिलाएर दिनमा चारपटक खुवाउने गरिएको छ । ‘बच्चालाई एड्स हुन नदिनका लागि समयमा आवश्यकताअनुसारको खाना खाने व्यवस्था मिलाएका छाँै, माया दिएका छौँ,’ पुनले भने, ‘एचआईभी संक्रमित टुहुरा बालबालिकाको बाँच्ने रहर पूरा गर्ने लक्ष्य छ ।’ नेपालभरिकै एचआईभी संक्रमित बालबालिकालाई हामीले स्याहारसुसार गरेर सही अभिभावकत्व गर्ने हाम्रो प्रमुख उद्देश्य रहेको उनले जानकारी दिए ।

केन्द्रीय बालकल्याण समितिले ०६९÷०७० का लागि ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको र योबाहेक अन्य कुनै क्षेत्रबाट कुनै प्रकारको सहयोग प्राप्त नभएको संस्थाले जनाएको छ । बच्चाबच्चीसँग कुराकानी गरेर तल ओर्लंदा संस्थाकी संस्थापक उपाध्यक्ष उमा गुरुङ बालबालिकाका लागि दिउँसोको खाजाको जोहो गर्दै थिइन् । उनीलगायत स्वयंसेवक तीन महिला र एक पुरुष दिउँसोको खाजाका लागि स्याउ, आँपलगायतका फलफूल काट्दै थिए । सानैदेखि वृद्धवृद्धाको पनि सेवा गर्दै आएको बताउने गुरुङले एचआईभी संक्रमितको बिचल्ली शीर्षाकृत समाचारले संक्रमित बालबालिकाको सेवामा समर्पित हुने प्रेरणा मिलेको बताइन् । एचआईभी संक्रमितका क्षेत्रमा क्रियाशील संस्था दाङ प्लसको सहयोगमा बिचल्लीमा रहेका संक्रमित बालबालिकालाई उद्धार गरेर काठमाडाँै ल्याएकी थिएँ । ‘उनीहरूलाई हेर्न दाङ गएका थियौँ,’ गुरुङले भनिन्, ‘साँच्चिकै उनीहरूको बिचल्ली अवस्था थियो, ख्याउटे र दुब्ला, पातला नानीबाबुलाई देखेपछि उनीहरूका लागि केही गर्छु भन्ने आँट लिएँ । काठमाडांै फर्केर बेवी लाइफ नामक संस्था दर्ता गरेपछि मात्र ०६७ मा चार संक्रमित बालबालिका लिएर काठमाडांै आएकी थिएँ । ‘संक्रमित बालबालिका घरमा खुलेर बस्न नसकेको अवस्था त कत्तिको आफन्त नै नभएको अवस्था थियो,’ अध्यक्ष पुनले भने, ‘समाजमा उनीहरू छिछि र दुरदुर अवस्थामा दिन काटिरहेका थिए ।’ संक्रमित बालबालिकाको पहिचान खुलेकै कारण कसैले पनि भाडामा घर दिन मानेनन् ।

सुरुमा संस्थाकी उपाध्यक्ष उमा गुरुङले बसुन्धरामा रहेको आफ्नै घरमा राखिन् । पछि, कीर्तिपुरमा रहेको अध्यक्ष पुनको घरमा लिएर राखियो । बालबालिकाको सेवामा दिन–रात लाग्नुपर्ने भएपछि आफ्नो कस्मेटिक होलसेल पसल बिक्री गरेको उमाले जानकारी दिइन् । पसल बेचेर बच्चाका लागि ओढ्ने, ओछ्याउने, लगाउने कपडा र सुत्नका लागि पलङ (बेडको) व्यवस्था गरेको उनले बताइन् । ‘पसल बेचेर काम गरेकोभन्दा पनि उनीहरूको सेवा गर्न पाइयो यसैमा खुसी छु,’ उमाले मुस्कुराउँदै भनिन् । घरपरिवार र आफन्तबाट माया नपाएका बालबालिकाको सेवा गर्न पाएकोमा आपूm निकै नै सन्तुष्ट रहेको उनले बताइन् । ‘यी नानीहरूलाई आफ्नो बालबच्चाको जस्तै मायाममता दिन सक्यो भने उनीहरूले केही गर्न सक्छन्,’ उनले अगाडि थपिन्, ‘बाँच्दासम्म उनीहरूलाई खुसी राख्ने प्रयास गर्नेछु ।’ बालबालिकाको सेवाका निमित्त उनलाई घर, माइती र श्रीमान्ले पनि साथ दिएका छन् । ‘वैदेशिक रोजगारीका लागि बाहिर जाने र बाहिरबाट श्रीमान्ले लिएको रोग श्रीमती हुँदै बच्चाबच्चीमा सरेको अवस्था छ,’ उनले भनिन् । ‘हामीले भित्र हृदयदेखि गरेको सेवा भएकाले राज्यलाई भन्नु त केही छैन,’ गुरुङले थपिन्, ‘हामीले गरेको काममा हल्का राज्यले सहयोग ग¥यो भने हामीले यो स्कुललाई राम्रोसँग अगाडि बढाउन सक्थ्यौँ होला ।’ विद्यालय भवन निर्माणका लागि जग्गा भाडामा लिइसकेको जानकारी दिँदै संस्थाले विद्यालय निर्माण गर्न तथा आवश्यक फर्निचर निमार्णका लागि इच्छुक व्यक्तिलाई सहयोग गर्न आग्रह गरेको छ । ‘नगद सहयोग गर्नुपर्छ भन्ने छैन,’ पुनले भने, ‘आफँै आएर हेरेर जे आवश्यक देखिन्छ, त्यही सहयोग गर्न सक्नुहुन्छ ।’

अध्यक्ष पुनले विद्यालयका लागि पाठ्यक्रम निर्धारण नहँुदा पठनपाठनमा समस्या भएको बताए । ‘दुई वर्षदेखि जिल्ला शिक्षा कार्यालयलाई पाठ्यक्रम निर्धारणका लागि अनुरोध गरिरहेका छौँ,’ पुनले भने, ‘तर, जिल्ला शिक्षा कार्यालयले हाम्रो माग सुनुवाइ गरेको छैन ।’ अझै पनि पाठ्यक्रम उपलब्ध हुन नसकेमा अंगे्रजी माध्ययममा पाठ्यपुस्तक संकलन गरी पठनपाठन गराउने सोच रहेको उनको भनाइ छ । काठमाडांै जिल्ला शिक्षा अधिकारी वैकुण्ठप्रसाद अर्याल भने गत वर्ष मात्र उक्त विद्यालयलाई वैकल्पिक विद्यालयका रूपमा स्वीकृति प्रदान गरेको जनकारी दिँदै अन्य वैकल्पिक विद्यालयले पठनपाठन गराएका पाठ्यपुस्तक खोजी प्रयोगमा ल्याउन सकिने बताए । ‘पाठ्यक्रम नै नहुने भन्ने हुँदैन,’ उनले भने, ‘अन्य वैकल्पिक विद्यालयले जुन पाठ्यक्रम प्रयोग गर्छन्, त्यही प्रयोग गर्न सकिन्छ ।’ पाठ्यक्रम कुन हो भनेर सोधीखोजी गरेमा आपूmहरूले उपलब्ध गराउन तयार रहेको उनले बताए ।

जिल्ला शिक्षा कार्यालयको पहलमा विद्यालय निर्माणका लागि जग्गा उपलब्ध गराएको उनले जानकारी दिए । तर, तत्कालै अलग–अलग कक्षाकोठा व्यवस्था गर्ने सम्भावना कम रहेको उनले बताए । वैकल्पिक विद्यालय हामी आफ्नो तरिकाले चलाउँछौँ भनेर अनुमति दिइएको बताउँदै उनले विद्यार्थी संख्या बढ्न गई पठनपाठन गर्न अप्ठ्यारो परेको खण्डमा सकारात्मक पहल गर्ने बताए । ‘विद्यार्थी संख्या बढेमा विद्यार्थीको पढ्न पाउने अधिकारलाई सुनिश्चित गर्नमा जिल्ला शिक्षा कार्यलय जिम्मेवार भएर लाग्छ,’ उनले प्रतिबद्धता व्यक्त गरे । नेपालमा हाल २१ हजार पाँच सय ५१ व्यक्ति एचआईभी संक्रमित रहेको एड्स तथा यौन प्रसारित रोग नियन्त्रणका लागि राष्ट्रिय केन्द्रको तथ्यांकमा छ । जसमा एक हजार चार सय ८७ बालबालिका रहेका छन् । जुन प्रतिशतका हिसाबले ६.८९ प्रतिशत हुन आउँछ । तीमध्ये आठ सय ९२ बालक र पाँच सय ९५ बालिका रहेका छन् ।

साभार समयबोध मासिक

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us