एक सेकेण्डमा पाँच बच्चाको जन्म

काठमाण्डु टुडे २०७० साउन ३० गते ७:०४ मा प्रकाशित

बिश्वमा प्रत्येक सेकेण्ड पाँच जना बच्चाको जन्म हुने गरेको छ । जन्मिने पाँच मध्ये दुई जना बच्चाको मृत्यु हुने गरेको । प्रतिदिन बिश्वमा तीन लाख ५० हजार बच्चा जन्मने गरेका छन । एक अनुमान अनुसार भारतमा प्रति दिन ७५ हजार बच्चा,चीनमा ४६ हजार र नाइजेरियामा १७ हजार बच्चा जन्मनेछन । संयुक्त राष्ट्रसंघका अनुसार सन २१०० मा बिश्वको जनसंख्या १० अर्व अनुमान गरिएको छ । हाल बिश्वको जनसंख्या सात अर्व छ । सन १००० मा बिश्वको जनसंख्या ४० करोड थियो भने सन १९९९ मा बिश्वको जनसंख्या ६ अर्व पुगेको थियो ।
विश्वमा जनसंख्याको वृद्धिदर
सन् १८०४ १ अर्व
सन् १९२७ २ अर्व (१ सय २३ वर्षमा १ अर्वको वृद्धि)
सन् १९५९ ३ अर्व (३२ वर्षमा १ अर्वको वृद्धि)
सन् १९७४ ४ अर्व (१६ वर्षमा १ अर्वको वृद्धि)
सन् १९८७ ५ अर्व (१३ वर्षमा १ अर्वको वृद्धि)
सन् १९९९ ६ अर्व (१२ वर्षमा १ अर्वको वृद्धि)
सन् २०११ ७ अर्व (१२ वर्षमा १ अर्वको वृद्धि)

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us