
विराटनगर, २८ साउन । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एकीकृत माओवादी संविधानसभा निर्वाचनबाट भाग्न खाजेको आरोप लगाउनुभएको छ ।
एमाले मोरङले सोमबार विराटनगरमा गरेको पत्रकार सम्मेलनमा नेता नेपालले पराजित हुने डरले एकीकृत माओवादी निर्वाचनबाट भाग्न खोजेको दाबी गर्नुभयो । माओवादी निर्वाचनमा जाने वा नजाने भन्नेमा स्पष्ट भइनसकेको नेपालको भनाइ छ । माओवादी निर्वाचनबाट भाग्न चाहे पनि काँग्रेस र एमाले उसलाई निर्वाचनबाट भाग्न नदिने रणनीतिमा रहेको नेपालले बताउनुभयो ।
सविधानसभा निर्वाचनमा विपक्षीविरुद्ध सिंह झैं गर्जर्ने प्रचण्डको भनाइ र एक बुथमा दुई सय वाइसीएल परिचालन गर्ने घोषणाले माओवादी निर्वाचन बिथोल्न उद्धत रहेको संकेत मिलेको आरोप नेपालले लगाउनुभयो । गत संविधानसभा निर्वाचनमा जनतालाई झुक्याएर पहिलो पार्टी बनेको माओवादीले नेपालले संविधानसभा निर्वाचनको विकल्प नरहेको दोहोर्याउँदै एक वर्षभित्र संविधान नबन्ने अवस्था आए विवादित विषयमा जनमत संग्रह गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।