
काठमाडौं, २० साउन । आसन्न संविधानसभा चुनाव तयारीबारे सरकार र निर्वाचन आयोगका पदाधिकारीबीच आइतबार छलफल भएको छ ।
मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा आयोग पदाधिकारीले चुनाव तयारी सम्बन्धमा हालसम्म भए गरेका कामबारे जानकारी गराएका थिए ।
अध्यक्ष रेग्मीसँगको भेटपछि निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले छलफलमा सरकारकातर्फबाट चुनावका लागि आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता आएको जानकारी दिनुभयो ।
भेटमा असन्तुष्ट दललाई चुनावमा सहभागी गराउन भइरहेका प्रयास, मतदाता नामावली संकलनको म्याद थपलगायतका विषयमा समेत छलफल भएको बताइएको छ ।