३३ दलीय मोर्चालाई तेस्रो पत्र

काठमाण्डु टुडे २०७० साउन २० गते ६:२९ मा प्रकाशित

काठमाडौं, २० साउन । उच्चस्तरीय राजनीतिक समितिले नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चालाई वार्ताका लागि तेस्रोपटक पत्राचार गरेको छ ।
समितिका संयोजक एवम् एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले मोर्चालाई आइतबार पत्र पठाउनु भएको हो । नेकपा–माओवादीको कार्यालय वुद्धनगरमा पत्र बुझाइएको प्रचण्डका सहयोगी शिव खक’रेलले जानकारी दिनुभयो ।
३३ दलीय मोर्चाले वार्ताका लागि पत्रको भाषा नमिलेको भन्दै फेरि पत्र पठाउन आग्रह गरेपछि उच्चस्तरीय राजनीतिक समितिको शनिबारको बैठकले उनीहरुको मागअनुसार पत्राचार गर्ने निर्णय गरेको थियो ।
यसअघि दुई पटकसम्म पठाइएको पत्रको व्यहोरा नमिलेको भन्दै मोर्चाले वार्ताको प्रस्ताव अस्वीकार गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us