सीरिया तर्फ बढ्यो अमेरिकी सेना

काठमाण्डु टुडे २०७० भदौ ८ गते १०:५१ मा प्रकाशित

uss_syria_maneuvers_APकाठमाण्डु, ८ भदौ– द्वन्द्वग्रस्त राष्ट्र सीरियामा सरकार र विद्रोही पक्षबीच संघर्ष चर्किदै गएकोबेला अमेरीकाले आफ्ना सैनिक पठाएको छ । अत्याधुनिक हतियार सहितको अमेरिकी सैनिकको टोली सीरिया नजिकै पुगेको अन्तराष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् ।

अमेरिकी रक्षामन्त्री चक हेगलले अमेरिकी सेनालाई सीरियामा पठाउनुको उद्देश्य प्रष्ट पारेका छैनन् । तर, अमेरिकी राष्ट्रपति वाराक ओवामाले यसअघि सीरियामा हस्तक्षेप गर्न अमेरिकामा दवाव बढेको बताएका थिए । हाल अमेरिकी नौसेनाले पूर्वी भूमध्यसागरमा आफ्नो प्रभाव मजबूत पार्दै गएको छ ।

रासायनिक हतियार प्रयोग गरेर सीरिया सरकारले सरकार विरुद्ध आन्दोलनरत समूहलाई मारेको अमेरिका, रुस लगायतका राष्ट्रहरुले आरोप लगाउँदै आएका छन् । आरोपलाई सीरिया सरकारले खण्डन गर्दै आएको छ । गत बुधबार सरकारले गरेको आक्रमणमा सैयौंको मृत्यु भएको थियो ।

यस घटनापछि संयुक्त राष्ट्र संघलगायत केही शक्ति राष्ट्रहरुले सीरियामा हस्तक्षेप बढाउन शुरु गरेका छन् । संयुक्त राष्ट्रसंघले यस घटनाको छिटो र निष्पक्ष छानविन गर्नुपर्ने बताउँदै आए पनि औपचारिक रुपमा छानविन शुरु भएको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us