भाजपा नेतृलाई जथाभावी नबोल्न नारायणकाजीको चेतावनी

काठमाण्डु टुडे २०२६ पुष १७ गते मा प्रकाशित

काठमाण्डु, ६ फागुन– एकीकृत माओवादी उपाध्यक्ष तथा पूर्वपरराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले नेपालका बारेमा जथाभावी नबोल्न भारतीय जनता पार्टीकी नेतृलाई चेतावनी दिएका छन् ।

NK Shrestha on RenuDevi

नेपाल भ्रमणमा रहेकी भाजपा उपाध्यक्ष रेणुदेवीले ‘जातीय संघीयतामा गए नेपाल टुक्रा–टुक्रा हुन्छ’ भनी दिएको अभिव्यक्तिप्रति श्रेष्ठले आपत्ति जनाएका हुन् ।

भाजपा उपाध्यक्ष रेणुदेवीले मंगलबार रिपोर्टस क्लबको कार्यक्रममा बोल्दै नेपालको विकासका लागि जातीय संघीयता, धर्मनिरपेक्षता र कम्युनिस्ट व्यवस्था गलत हुने टिप्पणी गरेकी थिइन् ।

उनको यस्तो भनाइप्रति संकेत गर्दै नेता श्रेष्ठले त्यस्ता भनाइ र गतिविधि तत्काल रोक्न आग्रह गरेका छन् । आफ्नो ट्वीटर एकाउन्टमा प्रतिक्रिया लेख्दै उनले नेपाली जनताको सार्वभौमसत्तासम्पन्न अधिकारलाई अवमूल्यन गर्न खोजेको बताएका छन् ।

धर्म निरपेक्ष हुने वा नहुने वा अरु केही हुने भन्ने नेपाली जनतासँग सम्बन्धित विषय हो भन्दै श्रेष्ठले रेणुदेवीको आलोचना गरेका हुन् ।

रेणुदेवीले चीनलाई संकेत गर्दै नेपाल र भारतको सम्बन्धमा नकारात्मक भूमिका खेल्नेहरु पनि छन् भन्ने टिप्पणी गरेकी थिइन् । भाजपा नेतृले नेपाल हिन्दू राज्य थियो र रहनेछ समेत भनेकी थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us