प्रचण्ड नेपाल समूहले बोलायो संसदीय दलको बैठक, ओली समूहका सांसद पनि सहभागी हुने

काठमाण्डु टुडे २०७७ फागुन ११ गते २२:३६ मा प्रकाशित

काठमाण्डु, ११ फागुन– नेकपा प्रचण्ड–नेपाल समूहले संसदीय दलको बैठक बोलाएको छ ।

बैठक बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बोलाइएको छ । अध्यक्षद्वय प्रचण्ड र माधव नेपाल चितवनबाट काठमाण्डु आएलगत्तै दलको बैठक बस्ने छ । दलको बैठकमा केपी ओली समूहमा लागेका सांसदहरुलाई पनि बोलाइएको छ ।

ओली समूहमा लागेका धेरै सांसद पुर्नस्थापनापछि मुलधारमा समाहित हुने विश्वास प्रचण्ड–नेपाल समूहको छ । प्रधानमन्त्री केपी ओलीले गत ५ पुसमा प्रतिनिधिसभा विघटन गरेसँगै विभाजित नेकपाको प्रचण्ड–नेपाल समूहले प्रचण्डलाई दल नेता चयन गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us