अब ओली गुटबाहेकको राष्ट्रिय सरकार बनाउँछौंः नेपाल

काठमाण्डु टुडे २०७७ फागुन ११ गते १९:१६ मा प्रकाशित

काठमाण्डु, ११ फागुन– पूर्वप्रधानमन्त्री एवं नेकपा प्रचण्ड–नेपाल समूहका अधयक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा पुर्नस्थापना गरेर सर्वोच्च अदालतले संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षा गरेको प्रतिक्रिया दिएका छन् ।

नेता नेपालले अदालतले ऐतिहासिक र साहरिक फैसला गरेको बताए । अदालतले नेपालमा निरंकुशता र निरंकुश शासकका लागि कुनै ठाउँ नरहेको पुष्टि गरेको टिप्पणी गरे ।

‘यो संविधान र लोकतन्त्रको जित हो’, काठमाण्डुटुडेसँग नेपालले भने, ‘लोकतन्त्रका अगाडि जस्तोसुकै शक्तिशाली हुँ भन्ने ठान्ने निरंशुक शासक टिक्न सक्दैन ।’

नेपालले प्रधानमन्त्री केपी ओलीमा थोरै भए पनि नैतिकता र इमान्दारिता भए पदबाट राजीनामा दिनुपर्ने बताए । उनले अब मुलुकमा केपी ओली गुटबाहेकको संयुक्त राष्ट्रिय सरकार बन्ने ठोकुवा गरे ।

आफूहरुले प्रतिनिधिसभा विघटनदेखि नै संविधान र लोकतन्त्र रक्षाका लागि राष्ट्रिय सहमतिमा जोड दिएको भन्दै नेपालले सोहीअनुसार अघि बढ्ने स्पष्ट गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us