पशुपति मन्दिर परिसरमा महिलाको हत्या

काठमाण्डु टुडे २०७७ माघ १२ गते ८:५७ मा प्रकाशित

काठमाण्डु, ११ माघ– पशुपति मन्दिर परिसरमा एक महिलाको हत्या भएको छ ।

३५ वर्षीया बबितिादेवी चौधरीको हत्या भएको हो । उनी मन्दिर परिसरमा मागेर जीवन गुजारा चलाउँदै आएकी थिइन् । हत्यापछि हतार–हतार जलाउँदै गरिएको अवस्थामा प्रहरीले शव बरामद गरेको छ ।

यसैबीच हत्या आरोपमा प्रहरीले मृतक चौधरीका श्रीमान रवि चौधरी र अनु थापा नामकी युवतीलाई पक्राउ गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us