नेपाल बारका चार पूर्वअध्यक्षको विज्ञप्तिः देशभरका वकिललाई ओलीविरुद्ध लाग्न अपिल

काठमाण्डु टुडे २०७७ माघ ११ गते १६:५२ मा प्रकाशित

sf7df8f}F, ^ h]7 M k|wfgdGqL s]kL zdf{ cf]nL ;ª3Lo ;+;b, k|ltlglw;efsf] dªunaf/sf] a}7sdf ;/sf/sf] gLlt tyf sfo{qmddfly p7fOPsf k|Zgx?sf] hjfkm lbg’x’Fb} . t:jL/ M /Tg >]i7÷/f;;

काठमाण्डु, ११ माघ– नेपाल बार एसोसिएसनका चार पूर्वअध्यक्षले प्रधानमन्त्री केपी ओलीले ९५ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको सार्वजनिक रुपमै अपमान गरेको भन्दै आपत्ति जनाएका छन् ।

बारका चार पूर्वअधयक्षहरु वरिष्ठ अधिवक्ता हरिहर दाहाल, शम्भु थापा, प्रेमबहादुर खड्का र शेरबहादुर केसीले आइतबार संयुक्त विज्ञप्तिमार्फत भण्डारीको मानमर्दन गरेको भन्दै निन्दा गरेका हुन् । विज्ञप्तिमा उनीहरुले प्रधानमन्त्रीको अभिव्यक्ति कानून व्यवसायमाथिकै निर्लज्ज प्रहार भएको उल्लेख गरेका छन् । बारका पूर्वअध्यक्षहरुले प्रधानमन्त्रीलाई सार्वजनिक रुपमा क्षमायाचना गर्न र अदालतको अवहेलना गरेकामा कारबाहीको माग गरेका छन् । ९५ वर्षीय भण्डारीले बिहीबार अदालतमा संसद पुर्नस्थापनाको पक्षमा बहस गरेका थिए ।

शुक्रबार आफू पक्षधर कार्यकर्ता भेलामा ओली भण्डारीलाई लक्षित गर ि ‘एकजना बाजे वकिललाई लिएर तमासा देखाउन अदालतमा गएछन्’ भन्ने अभिव्यक्ति दिएका थिए । ‘प्रधानमन्त्रीले अभिव्यक्त गरेको विचारले कानून व्यवसाय, कानून व्यवसायीका सबभन्दा ज्येष्ठ सदस्य वरिष्ठतम अधिवक्ता नेवाए (नेपाल बार एसोसिएसन) का पूर्वअध्यक्ष कृष्णप्रसाद भण्डारीको घोर अपमान र मानमर्दन गरेकाले यो समस्ता कानून व्यवसायमाथिकै सत्तापक्षद्वारा गरिएको निर्लज्ज प्रहार हो भन्ने हाम्रो निस्कर्ष रहेको छ’, विज्ञप्तिमा भनिएको छ । यस्तै विज्ञप्तिमा ओलीले वकिलले कुरा फिट्या फिट्यै छन्, तर ढुक्क हुनुहोस् प्रतिनिधिसभा पुर्नस्थापना हुँदैन, कानून व्यवसायीले स्याल जस्तो म्याऊ म्याउ गरेका छन्, सर्वोच्च अदालतमा बहस गर्ने वकिललाई त्यति पनि थाहा नहुने ? के गर्छन ती वकिलले ? भन्ने सार्वनजिक अभिव्यक्तिले लोकतन्त्रका पहरेदार कानून व्यवसायीमाथि प्रहार गरेको उल्लेख छ ।

२०१३ सालदेखि संस्थागत रुपमा ग्रहण गरेको कानून व्यवसायलाई ‘तमासा देखाएको’ भन्ने आरोप राजतन्त्रकालमा समेत यसप्रकारको निर्लज्ज आरोप नलागेको उनीहरुको भनाइ छ । ओलीको अभिव्यक्तिप्रति निन्दा र भत्र्सना गर्दै पूर्वअध्यक्षहरुले त्यसविरुद्ध उभिन देशभरका कानून व्यवसायीलाई आग्रह गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us