तीन जना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु

काठमाण्डु टुडे २०७७ माघ १० गते १४:२६ मा प्रकाशित

सप्तरी, १० माघ– सप्तरीमा शनिबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार खडक नगरपालिका–८ का १८ वर्षीय सुदीप चौधरी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते चौधरीको स्थानीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक भुवनेश्वर सहले जानकारी दिए ।

प्रदेश नम्बर २–०१–००१ प ६४०३ नम्बरको मोटरसाईकलबोदे बर्साइन नगरपालिका– २ जोगियामा अनियन्त्रित भएर पल्टिएको हो । मोटरसाइकलमा तीन जना सवार थिए ।

दुर्घटनामा मोटरसाइकल चालक खडक नगरपालिका–८ का २७ वर्षीय शनी चौधरी र पछाडि बसेका १८ वर्षीय दिवेश चौधरीको गम्भीर घाइते भएका छन् । चौधरीद्वयको युनिक अस्पतालमा उपचार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us