राजामहाराजाको श्रीपेच लात्ताले हान्ने जनताले ओलीलाई कारबाही गर्छः प्रचण्ड

काठमाण्डु टुडे २०७७ माघ ९ गते १७:४६ मा प्रकाशित

काठमाण्डु, ९ पुस– नेकपाको प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीलाई नेपाली जनताले घुँडा टेकाउने दाबी गरेका छन् ।

प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध शुक्रबार राजधानीमा आयोजित विरोध सभामा उनले राजाहाराजाका श्रीपेच झिकेर लात्ताले हान्न सक्ने जनताले ओलीलाई झुकाउने बताए । ‘नेपाली जनताले तानाशाहलाई घुँडा टेकाएर फुटबल खेल्न सक्छन्, राजा महाराजाका श्रीपेच झिकेर लात्ताले हान्न सक्छन् भन्ने प्रमाणित भइसकेको छ’, उनले भने ।
प्रचण्डले पार्टी एकतापछि मुलुकमा सुशासन र विकास हुनेछ र सरकारले सबैलाई राहत दिनेछ भन्ने प्रतिबद्धता ओलीका कारण कार्यान्वयन गर्न नसकेको उल्लेख गरे ।

जनताका अगाडि गरिएका बाचा पूरा गर्न नसकेकामा उनले आत्मालोचना गरे । पार्टी एकता जोगाउन ओलीलाई फकाउँदा फकाउँदा उनले प्रतिनिधिसभा र संविधान तथा शान्ति प्रक्रिया नै विघटन गरेको बताए । प्रचण्डले ओलीको निरंकुश र स्वेच्छाचारी कदमलाई सही थाप्ने काम भए देश बर्बादीतर्फ जाने उल्लेख गर्दै प्रचण्डले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुर्नस्थापना गर्ने विश्वास व्यक्त गरे ।

अदालत अराजकताको साक्षी नबन्ने विश्वास आफूले लिएको उनको भनाइ छ । संविधान आइसीयूमा रहेको र मर्ने वा बाँच्ने भन्ने अवस्थामा रहेका बेला ओली हाँस्दै र हिंडेको उल्लेख गरे । ‘केपी ओली उल्टो खोपडी भएका मान्छे रहेछन्, संविधान आइसियुमा छ, मर्ने हो कि बाँच्ने हो भन्ने अवस्था छ’, प्रचण्डले भने, ‘ओली हाँस्ने र हसाउँने काममा हुनुहुन्छ ।’ ओलीले राजावादी र दक्षिणपन्थीसँग मिलेर प्रचण्डलाई सिध्याउने भ्रम पालेर ओली अघि बढेको भन्दै उनले प्रचण्डलाई सिध्याउन असम्भव नरहेको उल्लेख गरे ।

प्रचण्डले ओलीले सेटिङ मिलाएइको भोका छन् । ओलीको सेटिङ भत्काएर जनताको सेटिङ बनाइन्छ । प्रचण्डले राजधानीमा उत्रिएको जनसागर हेर्न अदालत र निर्वाचन आयोगलाई आग्रह गरे । प्रतिनिधिसभा विघटनविरुद्ध बोल्ने पूर्वप्रधानन्यायाधीश, न्यायाधीश, अधिवक्ता र सञ्चारकर्मीलाई धम्की दिएका ओलीले आफूहरुका कार्यक्रममा सहभागी हुन आउने कर्मचारीमाथि कारबाहीको धम्की दिएकामा आपत्ति जनाए । उनले ओलीका साइबर सेनालाई ‘साइबर स्लाय’ को संज्ञा दिए ।

‘हाम्रो कार्यक्रममा आउने सरकारी कर्मचारीलाई ओलीका ‘साइबर स्याल’ले रेकर्ड राख्ने र कारबाही गर्ने धम्की दिएका रहेछन’, उनले भने, ‘केपी र केपीको निरंकुश गुटलाई चुनौती दिन चाहन्छु, एउटा कर्मचारीलाई छोएर देखाऊ, रौं मात्र हल्लाएर देखाऊ ।’ प्रचण्डले ओली सरकार ढलेर छिट्टै जनताको सरकार बन्ने र त्यो सरकारले ओली र ओली गुटमाथि कारबाही गर्ने बताए ।

उनले ओली समूहमा लागेका पूर्वमाओवादी नेताहरु रामबहादुर थापा, टोपबहादुर रायमाझी र मणि थापालगायतलाई भगौडाको संज्ञा दिए । ‘माओवादी आन्दोलन छाडेर आउँने÷जाने गरेका भगौडाहरुले खरानी घसेको देखेर लाज लागेको छ’, उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us