माधव नेपालले ओलीलाई भने–तपाईंमा म सुपर म्यान हुँ भन्ने घमण्ड छ

काठमाण्डु टुडे २०७७ मंसिर २० गते २२:३६ मा प्रकाशित

काठमाण्डु, २० मंसिर– नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीमा आफूलाई ‘सुपर म्यान’ भन्ने घमण्ड रहेको आरोप लगाएका छन् ।

नेता नेपालले ओलीलाई ‘सुपर म्यान हुँ’ भन्ने घमण्ड त्याग्न आग्रह गरे । शनिबारको नेकपा सचिवालय बैठकमा बोल्दै नेता नेपालले पार्टीमा देखिएको सबै समस्याको जड ओलीको घमण्ड भएको आरोप लगाए । बैठकमा ओलीले प्रचण्ड–माधव नेपाल पक्षले आफूविरुद्ध मोर्चाबन्दीको योजनासहित पार्टी बैठकमा जोड दिएको भन्दै असन्तुष्टि जनाएका थिए ।

उनले त्यस क्रममा प्रचण्ड र आफूले पेस गरेको राजनीतिक प्रतिवेदन फिर्ता लिएर नयाँ आधारमा सहमति खोज्नुपर्ने बताए । दुवै प्रस्ताव स्थायी समितिमा लगेर किन रमिता गर्न खोजेको ? ओलीले भनेका थिए । ओलीको अभिव्यक्तिमा आपत्ति जनाउँदै नेता नेपालले भने, ‘तपाईंमा अझै पनि आफूलाई ‘सुपर म्यान हुँ’ अरु केही होइनन् भन्ने घमण्ड छ’, नेता नेपालले भने, ‘यो तरिका बदल्नुस् ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us