नेपालमा कोरोनाबाट एकै दिन १० को मृत्यु

काठमाण्डु टुडे २०७७ साउन २९ गते ८:०६ मा प्रकाशित

काठमाण्डु, २९ साउन–स्वास्थ्य मन्त्रालयका अनुसार देशभर हिजो बुधबार थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाण्डु उपत्यकामा पाँचसहित देशभर थप १० कोरोना सक्रमितको मृत्यु भएको छ ।

ललितपुरको किस्ट मेडिकल कलेजमा २, नेपाल मेडिसिटी र पाटन अस्पतालमा उपचाररत एक/एक र काठमाण्डु,को ह्याम्स अस्पतालमा एक जना कोराना संक्रमितको मृत्यु भएको छ ।

योसँगै कुल संक्रमित मृतकको संख्या ९३ पुगेको छ । केही दिनयता मृतकको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । राजधानी दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us