आगामी वर्षको बजेट बहुमतले पारित

काठमाण्डु टुडे २०७७ जेठ २८ गते १५:१८ मा प्रकाशित

काठमाण्डु, २८ जेठ– सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि प्रस्तुत गरेको बजेट प्रतिनिधिसभाबाट पारित भएको छ ।

बुधबारको बैठकबाट बहुमतले बजेट पारित भएको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले गत १५ जेठमा संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि १४ खर्ब ७४ करोड ६४ करोडको बजेट पेस गरेका थिए । बजेटमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको प्रधानमन्त्री र मन्त्रीहरुले जवाफ दिएपछि अर्थमन्त्री खतिवडाले बजेट पारित गर्ने प्रस्ताव पेस गरेका थिए । यस्तै बैठकमा विभिन्न सांसदहरुले राखेको खर्च कटौती प्रस्ताव अस्वीकृत भएको छ ।

सांसदहरु दुर्गा पौडेल, पुष्पा भुसाल, प्रेम सुवाल, उमा रेग्मी, सञ्जयकुमार गौतम, उमाकान्त चौधरी, लक्ष्मी परियार, सुजाता परियार, रंगमती शाही, मिनेन्द्र रिजाल, प्रदीप यादव, बहादुरसिंह लामा, रामबाबुकुमार यादव, डिला संग्रौला, राजेन्द्र केसी, देवेन्द्रराज कंडेल, मीनबहादुर विश्वकर्मा, पार्वती डीसी चौधरी, पद्मनारायण चौधरी, ज्ञानेन्द्रबहादुर कार्की, गगनकुमार थापा, अतहर कमाल मुसलमान, डा. नारायण खड्का, दिलेन्द्रप्रसाद बडू, भीमसेनदास प्रधान, प्रकाशमान सिंहले राखेका २६ वटा खर्च कटौती प्रस्ताव अस्वीकृत भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us