खेलकुद

फुपूले दिलाइन् नेपाललाई दोस्रो स्वर्ण

२०७२ फागुन ३ गते १५:३२

काठमाण्डु, ३ फागुन – बाह्रौँ दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत फुपूल्हामु खत्रीले जुडोमा नेपाललाई स्वर्ण पदक दिलाएकी छिन् । भारतको सिलोङमा आज भएको महिलाको ६३ केजीमुनिको स्पर्धामा प्रथम हुँदै खत्रीले स्वर्ण हात पारेकी हुन् । उनले स्वर्ण जित्ने क्रममा आयोजक भारतकी सुनीवाला देवीलाई पछि पारेकी...

मेस्सीले गरे विश्वको कुनै खेलाडीले नगरेको यस्तो कमाल

२०७२ फागुन ३ गते १३:५३

आइतबार राति बार्सिलोना र केल्टा डी भिगोबीच भएको लिगामा मेस्सीले पेनाल्टी हान्दा सिधै पोस्टमा गोल नगरेर अर्का स्ट्राइकर स्वारेजलाई बल पास गरिदिएका छन् । स्वारेजको दुई गोल भएको थियो र वेनाल्टीमा हानेको गोल ह्याट्रिकमा नजोडिने हुँदा मेस्सीले यसो गरेका हुन् । उनको यस कार्यको...

सागमा नेपालको अर्को कमाल, खत्रीले दिलाइन् स्वर्ण

२०७२ फागुन ३ गते १२:५२

काठमाण्डु, ३ फागुन– १२ औं दक्षिण एशियाली खेलकुद सागमा नेपालले दोस्रो स्वर्ण जितेको छ । जुडोतर्फ नेपालकी फुपु ल्हामु खत्रीले स्वर्ण जित्दै नेपालको नाममा स्वर्णको संख्या दुई पुर्याएकी हुन् । उनले भारत, बंगलादेश, श्रीलंका र पाकिस्तानकी खेलाडीलाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । यसअघि...

इङ्लिस प्रिमियर लिगमा आर्सनल, टोटनह्याम र लिभरपुल विजयी

२०७२ फागुन ३ गते ९:१३

काठमाण्डु, ३ फागुन– इङ्लिस प्रिमियर लिगमा आर्सनलद्वारा लेष्टर सिटी २–१, टोटनह्यामद्वारा म्यानचेस्टर सिटी २–१ र लिभरपुलद्वारा एष्टन भिल्ला ६–० ले पराजित भएका छन् । आर्सनलले शीर्ष स्थानको लेष्टर सिटीलाई दुई–एक गोल अन्तरले पराजित गरेको हो । लेष्टरले पहिलो हाफमा जेमी वार्डीको गोलमार्फत अग्रता लियो...

नेपाली फुटबलका लागि सोमबार ऐतिहासिक दिन हुन सक्छ

२०७२ फागुन ३ गते ८:०९

काठमाण्डु, ३ फागुन– नेपाली खेलकुद इतिहासमा सोमबार एउटा अनौठो संयोग परेको छ । दक्षिण एसियाली खेलकुद सागमा सोमबार महिला र पुरुष फुटबल एकै दिन परेको छ । दुवै खेल फाइनल र दुवै खेलमा प्रतिद्वन्द्वी भारत छ । परिचित प्रतिद्वन्द्वी भारतसँग स्वर्ण पदकका लागि भारतमा...

सोमबार नेपाल–भारतबीच दुई भिडन्त हुने, दुबैमा नेपाल बलियो दाबेदार

२०७२ फागुन २ गते १८:४६

काठमाण्डु, २ फागुन– बाह्रौँ दक्षिण एसियाली खेलकुद साग प्रतियोगिताको फुटबलतर्फ नेपाल र भारतबीच पुरुष तथा महिला दुबैतर्फका दुई फाइनल खेल हुने भएका छन् । पुरुष फुटबलमा नेपाल र आयोजक भारतबीचको फाइनल गुवाहाटीस्थित इन्दिरा गान्धी एथ्लेटिक रङ्गशालामा नेपाली समयानुसार साँझ ७ः१५ बजे हुनेछ । त्यस्तै,...

विश्वकप फाइनलमा भारत पराजित

२०७२ फागुन २ गते १६:०९

काठमाण्डु, २ फागुन– बंगलादेशमा भएको यू–१९ विश्वकप क्रिकेटको फाइनलमा वेस्ट इन्डिजले भारतलाई ५ विकेटले पराजित गरेको छ । फाइनल खेलमा भारतले निकै खराब प्रदर्शन गर्दै ४५.१ ओभरमा १४५ रनमै अल आउट भएको थियो ।   वेस्ट इन्डिजको कसिलो बलिङको अगाडी एसएन खानले ५१ रन...

सागमा नेपाललाई थप एक रजत

२०७२ फागुन २ गते १५:०९

भारत, २ फागुन– बाह्रौँ दक्षिण एसियाली खेलकुद सागमा आइतबार नेपालले थप एक रजत पदक जितेको छ । प्रतियोगितताको ट्रायथोलनमा नेपालका लागि हिमाल टमाटा, रुद्र कटुवाल र रोजा केसीले पदक दिलाएका हुन् । उनीहरुको समय एक घन्टा ३१ मिनेट ३५ सेकेन्ड थियो । मिक्स रिलेमा...

नेपाललाई भारतसँग बदला लिने सुनौलो अवसर

२०७२ फागुन २ गते १४:०४

काठमाण्डु, २ फागुन– युवा खेलाडीले भरिएको नेपालको राष्ट्रिय फुटबल टीममा अहिले नयाँ जोस र जाँगर देखिएको छ । केही समयअघि बंगलादेशमा सम्पन्न बंगबन्धु गोल्डकप जितेपछि राम्रो लयमा रहेको नेपाली टोली यतिबेला भारतमा जारी १२ औँ सागको फाइनलमा प्रवशे गरको छ । लामो समयदेखि ओरालो...

विश्वकप फाइनलमा भारत १४५ मै अलआउट

२०७२ फागुन २ गते १२:२७

काठमाण्डु, २ फागुन– बंगलादेशमा जारी यू–१९ विश्वकप क्रिकेट अन्तर्गत अहिले भइरहेको फाइनल खेलमा भारतले निकै खराब प्रदर्शन गरेको छ । वेस्ट इन्डिजविरुद्ध टस हारेर ब्याटिङको निम्तो पाएको भारत ४५.१ ओभरमा १४५ बनाउँदै अल आउट भएको छ । वेस्ट इन्डिजको कसिलो बलिङको अगाडी एसएन खानले...

माल्दिभ्सलाई ४–३ ले हराएपछि ‘कसलाई दिऊ यो जोवन’ भन्दै यसरी नाचे खेलाडीे

२०७२ फागुन २ गते १२:०४

काठमाण्डु, २ फागुन– शनिबार १२ औँ दक्षिण एसियाली खेलकुद अन्तर्गत भएको पुरुष फुटबलमा माल्दिभ्यसलाई ४–३ गोल अन्तरले हराउँदै नेपाल फाइनलमा प्रवेश गर्यो । जितपछि खेलाडीले खुसीयाली साट्ने क्रममा बसमै आपसमा गित गाउँदै नाचगान गरे । ‘कलिलो तामालाई सोध आमालाई’ भन्दै उनीहरुले गरेको नाचगान निकै...

साग : नेपाल र माल्दिभ्सबीच सेमिफाइनल भिडन्त हुँदै

२०७२ फागुन १ गते १४:५९

काठमाण्डु, १ फागुन – बाह्रौंँ दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष फुटबलको सेमिफाइनलमा नेपाल र माल्दिभ्स आज आमनेसामने हुँदैछन् । गुवाहाटीस्थित इन्दिरा गान्धी रङ्गशालामा केही समयपछि हुने खेलमा माल्दिभ्सलाई हराउन सके १७ वर्षपछि नेपाल फाइनलमा पुग्नेछ । दशरथ रङ्गशालामा सन् १९९९ मा भएको आठौँं साफमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us