दमक,२० चैत- नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले दोस्रो संविधानसभा कुनै पनि हालतमा असफल हुन नदिने र जेठ १५ गतेभित्रमा लोकतान्त्रिक संविधान जारी हुने ठोकुवा गरेका छन् । झापाको दमकमा नेपाल प्रेस युनियन माईपश्चिम क्षेत्रीय समितिले शुक्रबार गरेको पत्रकार भेटघाट कार्यक्रममा महामन्त्री सिटौलाले वर्तमान...
अछाम,२० चैत- जिल्लाका विभिन्न ठाउँको करिब ३५० हेक्टर सार्वजनिक जग्गा अतिक्रमण भएको पाइएको छ । जिल्लामा सार्वजनिक जग्गा अतिक्रमणको अवस्था नियन्त्रण गर्न पहल भएपनि जिल्लाका कमल बजार,ढुङ्गाचाल्ला,साँफेबगर कुन्तीको सुवाखाद बजार,पुनेपाटा बजार,बतासेखाद बजारलगायत स्थानमा व्यक्तिगत र संस्थागत सार्वजनिक जग्गा अतिक्रमण भएको जिल्ला वन कार्यालय अछामका...
काठमाण्डु, २० चैत– एकीकृत माओवादीको बागलुङ जिल्ला कमिटीले प्रवक्ता दीनानाथ शर्मालाई कारबाही सिफारिस गरेको छ । केही दिनअघि बसेको जिल्ला कमिटी बैकठले शर्मालाई कारबाही सिफारिस गरेको हो । प्रवक्ता र केन्द्रीय समिति दुवैबाट हटाउन आग्रह गर्दै जिल्ला कमिटीले एकमतले निर्णय गरेको एमाओवादी बागलुङ संयोजक...
इलाम,२० चैत-नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले मुलुकमा बढ्दै गइरहेको अस्थिरता अन्त्य गर्न छिटो संविधान निर्माण गर्नाको विकल्प नरहेको बताएकी छन् । नेपाल प्रेस युनियन इलामद्वारा शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा नेत्री कोइरालाले संविधान निर्माणमा जुटेर शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउनुृपर्नेमा जोड दिइन् । ...
लहान,२० चैत-सिरहाको राजपुर गाविसमा प्रेम विवाह गरेकी एक किशोरीले आफ्ना पतिले आफूलाई ढाँटेर पुनः दोस्रो विवाह गरेको भन्दै कानुनी अधिकारका लागि सघाउन आग्रह गरेकी छन् । सिरहाको राजपुर गाविस–७ का कारी यादवका छोरा २० वर्षीय दिनेशले गत माघमा पल्टीदेवी ९रञ्जिता० मुखियासँग भागेर प्रेम...
बागलुङ,२० चैत- चैत २८ गते बागलुङ क्षेत्र नं १ मा हुने संविधानसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन सञ्चालन र व्यवस्थापनको काम तीव्र रुपमा अघि बढेको निर्वाचन आयोगले जनाएको छ । उपनिर्वाचन गराउन आयोग अन्तिम तयारीमा जुटेको आयुक्त दोलखबहादुर गुरुङले...
गौशाला,२० चैत- महोत्तरी जिल्ला अदालतबाट विभिन्न समयमा विभिन्न मुद्दामा फरार रहेका व्यक्तिबाट एक हजार ८ सय वर्षभन्दा बढी कैद असुली गर्न बाँकी छ । न्यायाधीश प्रकाश खरेलले विसं २००१ देखि नै विभिन्न मुद्दाका फरार अभियुक्तबाट एक हजार ८ सय वर्ष चार महिना २५ दिन...
विराटनगर,२० चैत- ओखलढुङ्गामा बिहीबार अपराह्न फरक फरक ठाउँमा चट्याङ पर्दा दुई महिलाको मृत्यु भएको छ । रगनी गाविस–६ बस्ने ४५ वर्षीया नीरकुमारी बेढा र बिलन्टु गाविस–६ बस्ने १५ वर्षीया कण्डी शेर्पाको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । उनीहरु आआफ्नै...
काठमाण्डु, २० चैत–एमाओवादीसहितका माओवाद मान्ने ६ पार्टीले प्रधानमन्त्री सुशील कोइरालालाई सर्वाच्चले गरेको फैसलाका विरुद्धमा आठ बुँदे ज्ञापनपत्र बुझाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार प्रधानमन्त्रीलाई भेटेरै उनीहरुले फागुन १४ गते सर्वोच्च अदालतले गरेको घोषणा त्रुटिपूर्ण भएको भन्दै त्यसलाई सच्याउन आग्रह गरेका हुन् । ज्ञापनपत्रमा...
महोत्तरी, २० चैत–दाँत उपचारका क्रममा महोत्तरीको पिपरा गाविसमा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पिपरा–१ बस्ने अजय यादवका छोरा ६ वर्षीय विशाल यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरीनायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिए । पिपरा–२ स्थित बजारमा रहेको डा। अजित मिश्रको...
सरकारले बैंकिङ प्रणाली लागू गरेपछि सामाजिक सुरक्षा भत्ता बुझ्न हैरानी भएको जेष्ठ नागरिकको गुनासो म्याग्दी, २० चैत– वृद्धवृद्धा अशक्तसहितका नागरिकका लागि छुट्याइएको सामाजिक सुरक्षा भत्ता वितरणमा म्याग्दीको बेनी नगरपालिकाका भत्तावाहकले हैरानी बेहोर्ने गरेका छन् । उनीहरुले मङ्सिरदेखि फागुनसम्मको चौमासिक वृद्धभत्तासमेत अझैसम्म पाएका छैनन् ।...
म्याग्दी, २० चैत – म्याग्दीको ग्रामीण क्षेत्रमा सञ्चालित लघुजलविद्युत् परियोजनाद्वारा उत्पादित विद्युत्को प्रयोग गरी उद्यम, व्यवसाय गर्नेहरुलाई अनुदान उपलब्ध गराएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत जिल्ला ऊर्जा तथा वातावरण शाखा र धौलागिरि सामुदायिक स्रोत विकास केन्द्र बागलुङद्वारा सञ्चालित दिगो ग्रामीण जीविकोपार्जन प्रवद्र्धन...