बिहीबार, २० वैशाख, २०८१

समाचार

सञ्चारमन्त्री रिजाल भन्छन्, ‘मलाइ प्रचार चाहिएको छैन, म किन भूकम्पपीडितलाई पैसा दिउँ’ (भिडियो सहित)

२०७२ वैशाख २२ गते ७:११

भूकम्पपीडितलाई सहयोग गर्ने बाँकी सबै प्रचारका लालची हुन् त ?  काठमाण्डु, २२ वैशाख– सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले लोकप्रियताका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा आफूले पैसा नदिने बताएका छन् । आहतमा राहत नामक टेलिभिजन कार्यक्रममा पत्रकार नारायण पौडेलसँग कुरा गर्दै उनले सो...

सभासद् बस्नेतको दबाबमा रोकियो भूकम्प पीडितलाई राहत वितरण

२०७२ वैशाख २२ गते ६:०६

सिन्धुपाल्चोक, २२ वैशाख– नेपाली काँग्रेस सिन्धुपाल्चोकका सभापति तथा क्षेत्र नम्बर–१ का सभासद् मोहन बस्नेतले जिल्लामा भूकम्प पीडितका लागि राहत वितरणमा सक्रिय संघसंस्थाका प्रतिनिधिलाई धम्की दिएका छन् ।   आफूमार्फत राहत वितरण हुनुपर्ने भन्दै उनले अवरोध सिर्जना गरेका हुन् । सिन्धुपाल्चोक गत १२ वैशाखमा गएको...

गोरखामा राहत सामग्री लिएर गएको बस दुर्घटना, सात गम्भीर घाइते

२०७२ वैशाख २२ गते ६:०२

गोरखा, २२ वैशाख– गोरखाबजारबाट आरुघाटतर्फ जाँदै गरेको ग१ख ४०५६ नम्बरको यात्रुवाहक बस खस्दा सातजना गम्भीर घाइते भएका छन् । आज बिहान गोरखा नगरपालिका –७ आलेस्थित सडकबाट बस खस्दा गम्भीर घाइते भएका सातै जनाको गोरखा अस्पतालमा उपचार भइरहेको छ । यात्रुबाहक बस भूकम्प पीडितलाई राहत...

महाविनाशलाई पुर्ननिर्माण अभियानको अवसरका रुपमा उपयोग गरौं : पौडेल

२०७२ वैशाख २२ गते ६:०१

लमजुङ, २२ वैशाख–कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले भूकम्पबाट विस्थापित भएकाहरुलाई दीर्घकालिन पुर्नवासका लागि एकीकृत बस्ती विकास कार्यक्रम ल्याउनुपर्ने बताएका छन् । उनले अब पालको सट्टामा कम्तीमा पनि जस्तापाताको व्यवस्था गर्ने गरी सरकारले कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए । उनले भने, ‘अहिले अल्पकालिन राहतका लागि पालहरु...

डिभी २०१६ को नतिजा सार्वजनिक

२०७२ वैशाख २२ गते ५:४१

काठमाण्डु, २२ वैशाख–डिभी २०१६ को नतिजा सार्वजनिक भएको छ । सन् २०१४ अक्टुबरमा डिभी फारम भरेकाहरुको नतिजा  अमेरिकाले  प्रकाशनमा ल्याएको हो । नतिजाका लागि अमेरिकी सरकारको आधिकारीक वेवसाइटमा हेर्नुपर्ने हुन्छ । नतिजा हेर्नका लागि द्धिभी भर्दा पाएको नम्बर । नामथर र जन्ममिति उल्लेख गर्नुपर्नेछ...

वीरगन्जमा ३ करोड ५० लाखको राहत सामग्री जुट्यो

२०७२ वैशाख २२ गते ५:२४

वीरगन्ज, २२ वैशाख–जिल्ला दैवी प्रकोप उद्धार व्यवस्थापन समिति पर्साको समन्वयमा र वीरगन्ज उद्योग वाणिज्य सङ्घको अगुवाइमा भूकम्पपीडितका लागि रु ३ करोड ५० लाखभन्दा बढीको राहत सामग्री जुटेको छ । स्थानीय विभिन्न गैरसरकारी सामाजिक सङ्घसंस्थाको सक्रियतामा वैशाख १४ देखि २० गतेसम्म सङ्कलन गरिएको उक्त मूल्यबराबरको...

पोखराभन्दा पश्चिम दिशामा ठूलो भूकम्प जाने हल्ला अफवाहः भूकम्पविद

२०७२ वैशाख २२ गते ४:३५

काठमाण्डु, २२ वैशाख– भूकम्पविदहरुले कास्कीभन्दा पश्चिमको भूभागलाई केन्द्रबिन्दु बनाएर अर्को ठूलो भूकम्प आउने भन्ने हल्ला अफवाह मात्र भएकाले ढुक्क हुन आग्रह गरेका छन् । सामाजिक सञ्चालमार्फत पश्चिम नेपालमा ठूलो भूकम्प आउने हल्ला चलेपछि त्यस क्षेत्रका सर्वसाधारण त्रसित भएका छन् । भूगर्भविद् तथा जियो टेक्निकल...

भूकम्पबाट मृत्यु हुनेको संख्या ७ हजार ५ सय ५७ पुग्यो

२०७२ वैशाख २२ गते ४:३०

काठमाण्डु, २२ वैशाख– विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्यन ७ हजार ५ सय ५७ पुगेको छ । गृहमन्त्रालयले मंगलबार बिहान उपलब्ध गराएको विवरणअनुसार घाइतेको सङ्ख्या १४ हजार ५ सय ३६ पुगेको छ । यस अवधिमा १० हजार ७ सय १८ सरकारी घर तथा भवन...

प्रधानमन्त्रीकै पार्टी भन्छ, ‘भारतबाट सहयोगका नाममा राष्ट्रियतामा हस्तक्षेप’

२०७२ वैशाख २२ गते ४:०२

गोरखा, २२ वैशाख– गोरखाका राजनीतिक दलहरुले भूकम्प पीडितको उद्धार तथा राहत वितरणको बहानामा भारतले नेपालको राष्ट्रिय स्वाधिनतामाथि प्रश्न उठाएको भन्दै आपत्ति जनाएका छन् । सत्तारुढ नेपाली काँग्रेस, एकीकृत माओवादी र मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले विज्ञप्ति जारी गरी आफूखुसी नभई सरकारको मातहतमा राहत तथा उद्धारकार्य...

अति प्रभावित गाउँमै पुगेन सरकारी राहत

२०७२ वैशाख २२ गते ३:५१

मुस्ताङ, २२ वैशाख – घमी गाविसका भूकम्पपीडितले अझै सरकारी राहत पाउन सकेका छैनन् । विनाशकारी भूकम्पका कारण घमी गाविसका घिलिङ गाउँ बढी प्रभावित बनेको छ । त्यस गाउँमा रहेको ४० घरमध्ये १९ पूर्ण र ६ आंशिक रुपमा क्षति पुगेको छ । जिल्ला विपद् व्यवस्थापन...

दक्षिण पर्वतका भूकम्पपीडितले पाल पनि पाएनन्

२०७२ वैशाख २२ गते ३:४१

  पर्वत, २२ वैशाख – विनाशकारी भूकम्पका कारण भौतिक क्षति पुगेको पर्वतको दक्षिणी क्षेत्रका बासिन्दाले १० दिनसम्म पनि पालसमेत पाउन सकेका छैनन् । भूकम्पका कारण विस्थापित बनेका पर्वतको उराम, बेउलीबासलगायत दुर्गम गाउँका बासिन्दाले पालसमेत पाउन नसकेका हुन् । भूकम्पपीडितका लागि पठाइएको पाल अपुग भएका...

विद्यालय खोले पनि ढुक्कसँग पढाउन सक्दैनन् शिक्षक

२०७२ वैशाख २२ गते ३:२४

  नवलपरासी, २२ वैशाख – विनाशकारी भूकम्पपछि बन्द भएका शैक्षिक संस्थाहरु आइतबारदेखि खुले पनि पठनपाठन भएको छैन । भूकम्पपछि विद्यालयमा क्षति पुगेपछि बालबालिकामा मनोवैज्ञानिक त्रास देखिएकाले पठनपाठन नगरिएको हो । जिल्लामा ५० भन्दा बढी विद्यालयमा क्षति पुगेका कारण विद्यालयमा पठनपाठन नगरिएको जिल्ला शिक्षा कार्यालयले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us