भोजपुर, १९ कात्तिक-जिल्लाको पूर्वी बास्तिम गाविसमा आफ्नै श्रीमान्ले छुरा प्रहार गरी श्रीमतीको हत्या गरेको आरोप लगाइएको छ । श्रीमती सुष्माले बास्तिम गाविसबाट बच्चाको जन्मदर्ता गराएर फर्कदै गर्दा गएराति बाटैमा धारिलो हतियार प्रयोग गरी श्रीमान् राजकुमार बस्नेतले हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जिकिर गरेको...
काठमाण्डु, १९ कात्तिक– पूर्वराजा ज्ञानेन्द्र शाहका आफन्त राजुबाबु शाहले एक बालिका बलात्कार गरेको विरोधमा विप्लव माओवादी निकट विद्यार्थी संगठनले प्रदर्शन गरेको छ । राजावादी अभियानमा लागेका ५० पर्षीय राजुबाबुले १० वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा उनलाई प्रहरीले हिरासतमा समेत लिएको छ । हाल स्वयम्भुस्थित...
काठमाण्डु, १९ कात्तिक– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डको आग्रहमा दुई शीर्ष नेताबीच भएको घेटमा संविधान संशोधन, कार्यान्वयन र स्थानीय निकायको निर्वाचनका विषयमा गहन छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार...
काठमाण्डु, १९ कात्तिक– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीभित्रकै एउटा समूह सरकार असफल पार्ने षड्यन्त्रमा लागेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार पार्टीका मन्त्री र स्वकीय सचिवालयका केही व्यक्तिसँगको छलफलमा उनले पार्टीभित्रै आफू र सरकारलाई असफल पार्ने तत्व सक्रिय हरेको बताएका हुन् ।...
काठमाण्डु, १९ कात्तिक-बिहीबारसम्म देशका ५१ जिल्ला जनस्वास्थ्य कार्यालयले चालु आर्थिक वर्षका लागि औषधि खरिद गरिसकेका छन् । ‘अघिल्ला वर्षको तुलनामा यसवर्ष निकै चाँडो औषधि खरिद भएको छ, सम्भवतः मन्त्रालयले पहिलोपटक यति छिटो औषधि खरिद प्रक्रिया अगाडि बढाएको छ’, प्राथमिक स्वास्थ्य सेवा पुनःजागरण महाशाखाका निर्देशक...
काठमाण्डु, १९ कात्तिक-राष्ट्रपति विद्यादेवी भण्डारीले प्यूठान नगरपालिका– १९ का अधिवक्ता पदमप्रसाद वैदिकलाई न्यायपरिषद् सदस्यमा नियुक्त गरेकी छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा नेपालको संविधानको धारा १५३ को उपधारा १ बमोजिम राष्ट्रपतिले अधिवक्ता वैदिकलाई उक्त पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । रासस...
जनकपुर, १९ कात्तिक– भारतीय राष्ट्रपति प्रणव मुखर्जीले भारत सरकारद्वारा जनकपुरको परिक्रमा पथमा दुईवटा धर्मशालाको निर्माण गरिदिने घोषणा गरेका छन् । तीन दिने नेपाल भ्रमणको अन्तिम दिन जनकपुर पुगेका मुखर्जीले धर्मशाला सँगै जनकपुरको विकास, वीरगन्ज र विराटनगर प्रवेश मार्गमा आधुनिक जाँचपोस्टको निर्माण तथा पर्यटन...
काठमाण्डु, १९ कात्तिक– श्रमजीवि पत्रकारलाई स्वास्थ्य उपचारमा ५० प्रतिशत छुट दिने व्यवस्था कार्यान्वयनका लागि सूचना तथा सञ्चार मन्त्रालयले आवश्यक प्रक्रिया अगाडि बढाएको छ । चालु आर्थिक वर्षको बजेटमार्फत सरकारी अस्पतालमा उपचार गर्दा पत्रकारलाई ५० प्रतिशत छुट दिइने घोषणा सरकारले गरेको छ ।...
पोखरा, १९ कात्तिक-नेपालको तिन दिने भ्रमणमा रहेका भारतका राष्ट्रपति प्रणव मुखर्जी भारतीय भूपू सैनिकको कार्यक्रममा सहभागी हुन केहीबेर अघि यहाँ आइपुगेका छन् । उनले भारतीय पेन्सन क्याम्पको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ । राष्ट्रपति मुखर्जीलाई सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे, क्षेत्रीय प्रशासक...
काठमाण्डु, १९ कात्तिक-सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठपर्व शुक्रबारदेखि काठमाण्डुमा सुरु भएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो पर्वमा ब्रतालुले शुक्रबार स्नान गरी चोखो खाएर बसिन्छ । यस दिनबाट छठपर्व नसकिएसम्म व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो, आदि...
काठमाण्डु १९ कात्तिक– नेपालको ३ दिने भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई शुक्रबार जनकपुरमा पनि नागरिक अभिनन्दन गरिएको छ । जनकपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत पुण्यप्रसाद लुइँटेलले राष्ट्रपति मुखर्जीलाई नागरिक अभिनन्दनपत्र र साँचो हस्तान्तरण गरेर नागरिक अभिनन्दन गरेका हुन् । करिब १ घण्टा लामो कार्यक्रमको...
काठमाण्डु, १९ कात्तिक– मन्त्रिपरिषद् बैठकले निक्षेप तथा कर्जा सुरक्षण कोषको अध्यक्षमा अर्थ मन्त्रालय, राजस्व सचिव राजन खनाललाई नियुक्त गर्ने निर्णय गरेको छ । यसैगरी बैठकले ख्वपः विश्वविद्यालयसम्बन्धी विधेयकलाई थप छलफलका लागि विधेयक समितिमा पठाउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार...