समाचार

घनश्याम भूसाल र चन्द्रदेव जोशीबीच पार्टी एकता गर्ने सहमति

२०८२ मंसिर ११ गते १४:००

काठमाण्डू, ११ मंसिर– घनश्याम भूसाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियान र चन्द्रदेव जोशी नेतृत्वको नेकपा संयुक्तबीच पार्टी एकता सम्बन्धी सहमति भएको छ । दुई पार्टीका नेताहरूले आजथ (बिहिबार) काठमाण्डूमा पत्रकार सम्मेलन गरी एकता घोषणाबारे जानकारी गराएका हुन । सो कार्यक्रममा नेता विजय पौडेलले...

निर्वाचन आचारसंहितामा समेटियो ग्रिन इलेक्सन आचरण

२०८२ मंसिर ११ गते १३:१५

काठमाण्डू, ११ मंसिर– निर्वाचन आचारसंहितामा हरित निर्वाचन (ग्रिन इलेक्सन) आचरणको विषय समावेश भएको छ । यो यसपटक आएको नयाँ प्रावधान हो । आचारसंहिताको बुँदा नम्बर ३६ अनुसार राजनीतिक दल, उम्मेदवार, राजनीतिक दल तथा दलको भातृ संगठन वा उम्मेदवारको निर्वाचन प्रतिनिधि, मतदान प्रतिनिधि वा मतगणना...

सरकारविरूद्ध माइतीघरमा जेनजीको प्रदर्शन

२०८२ मंसिर ११ गते १३:११

काठमाण्डू, ११ मंसिर– सुशीला कार्की नेतृत्वको सरकार विरुद्ध आज (बिहिबार) काठमाण्डूको माइतीघर मण्डलामा जेनजी युवाहरूले विरोध प्रदर्शन गरेका छन् । जेनजी आन्दोलनपछि बनेको सरकारले पनि आफ्ना मागहरू सम्बोधन गर्न नसकेको भन्‍दै उनीहरूले माइतीघरमा उभिएर ब्यानरसहित प्रदर्शनमा उत्रिएका हुन् । उनीहरूले ‘सुशीलाको पाराले, दुस्ख पाए...

निर्वाचन सुरक्षाबारे गृहमन्त्रीसँग छलफल गर्दै संसदीय समिति

२०८२ मंसिर ११ गते १२:५६

काठमाण्डू, ११ मंसिर– गृहमन्त्री ओमप्रकाश अर्यालसँग संसदीय समितिले आज छलफल गर्दैछ । राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले गृहमन्त्री अर्यालसँग समसामयिक विषयमा छलफल गर्न लागेको स्रोतले जानकारी दिएको छ । बैठक दिउँसो साढे १ बजे सिंहदरबारमा बस्ने स्रोतले जानकारी दिएको छ ।...

काठमाण्डूको कान्तिपथमा कारको ठक्करबाट स्कुटर चालकको मृत्यु, २ जना घाइते

२०८२ मंसिर ११ गते १२:५१

काठमाण्डू, ११ मंसिर– काठमाण्डू महानगरपालिका–२७ कान्तिपथमा कारले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा स्कुटर चालक ओखलढुङ्गाको लिखु गाउँपालिका–९ घर भएका ३४ वर्षीय सन्तोष खड्का रहेको जिल्ला प्रहरी परिसर काठमाण्डूले जानकारी दिएको छ । बीएबी...

रवि र छविको मुद्दाको सुनुवाइ फेरि स्थगित

२०८२ मंसिर ११ गते १२:३९

काठमाण्डू, ११ मंसिर– बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ स्थगित भएको छ । उनीहरुको मुद्दा न्यायाधीशद्वय...

प्रहरीको ओ एन्ड एम गर्न मन्त्रिपरिषद्ले दियो स्वीकृत

२०८२ मंसिर ११ गते १२:३३

काठमाण्डू, ११ मंसिर– सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले नेपाल प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एन्ड एम) गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत दिएसँगै प्रहरीले ओ एन्ड एमको गृहकार्य अघि बढाइएको हो । मन्त्रिपरिषद्ले स्वीकृत...

प्रधानमन्त्रीले घटाइन् सचिवालयको आकार

२०८२ मंसिर ११ गते १०:१४

काठमाण्डू, ११ मंसिर– अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सचिवालय तथा विज्ञ समूहको आकार घटाएकी छन । यो सँगै अब प्रधानमन्त्री कार्कीको सचिवालयमा मुख्य सल्लाहकार, जनसम्पर्क सल्लाहकार, प्रमुख स्वकीय सचिव, प्रेस संयोजक र स्वकीय शाखा अधिकृत (फोटोग्राफर) र जनस्वास्थ्य विज्ञ (अवैतनिक) गरी ६ जना...

एमाले महाधिवेशनमा भौतिक रुपमा उपस्थित नभए पनि म साथमै छुः भण्डारी

२०८२ मंसिर ११ गते ९:५६

काठमाण्डू, ११ मंसिर– पूर्व राष्ट्रपति एवं पूर्व एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीले एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनले पार्टीलाई विद्यमान विषम राजनीतिक परिस्थितिको सामना गर्दै अघि बढाउन सफल हुने विश्वास व्यक्त गरेकी छन । आगामी २७, २८ र २९ मंसिरमा हुने एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको...

निर्धारित समयभन्दा १ वर्ष अगाडि एमालेको महाधिवेशन हुँदैछ, प्रतिनिधि छनोटमा ‘सन्तुलन’ अपनाउनूः विद्या भण्डारी

२०८२ मंसिर ११ गते ९:५२

काठमाण्डू, ११ मंसिर– पूर्व राष्ट्रपति एवं पूर्व एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीले एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनले पार्टीलाई विद्यमान विषम राजनीतिक परिस्थितिको सामना गर्दै अघि बढाउन सफल हुने विश्वास व्यक्त गरेकी छन । आगामी २७, २८ र २९ मंसिरमा हुने एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको...

बालुवाटारमा मिराज ढुंगानासहितको प्रदर्शन

२०८२ मंसिर १० गते १७:२६

काठमाण्डू, १० मंसिर– मिराज ढुङ्गाना नेतृत्वको जेनजी समूहले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास अगाडि प्रदर्शन गरेको छ । बुधबार ढुंगानासहितको समूहले बालुवाटारमा प्रदर्शन गरेको हो । प्रहरीले उनीहरूलाई रोक्न खोज्दा केहीबेर घम्साघम्सी समेत भएको छ । यसअघि ढुङ्गानाको समूहले मंगलबार प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाउन...

१२ वर्षीय बालिका बलात्कार गरेको आरोपमा होस्टेल सञ्चालक पक्राउ

२०८२ मंसिर १० गते १७:०६

काठमाण्डू, १० मंसिर– प्रहरीले सुर्खेतमा १२ वर्षीय बालिका बलात्कार गरेको आरोपमा एक होस्टेल सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–५ स्थित सरस्वती विद्या निकेतन इङ्लिस बोर्डिङ स्कुल बाबियाचौरमा रहेको होस्टेलका सञ्चालक ४० वर्षीय महेन्द्र अर्याल रहेको प्रहरीले जनाएको छ ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us