समाचार

राजीनामा दिने तयारीमा मधेसका मुख्यमन्त्री यादव

२०८२ मंसिर १७ गते १२:२५

काठमाण्डू, १७ मंसिर– मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिने तयारी गरेका छन् । बुधबार दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवले राजीनामा दिन लागेको यादव निकट उच्च स्रोतले जानकारी दिएको छ । आफ्नो पक्षमा बहुमत नपुग्ने भएपछि मुख्यमन्त्री यादवले...

एआईजीको घरमा आगजनी गरेको आरोपमा ३ जना पक्राउ

२०८२ मंसिर १७ गते ९:५८

काठमाण्डू, १७ मंसिर– गत २४ भदौमा भएको जेनजी समुहको प्रर्दशनको क्रममा नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हिमालय कुमार श्रेष्ठको घरमा आगजनी गरेको आरोपमा प्रहरीले ३ जना पक्राउ परेका छन् । जेनजी प्रदर्शनको क्रममा गत भदौ २४ गते उच्छृङ्खल समूहले कीर्तिपुर नगरपालिका–४ स्थित चारघरेमा...

कन्टेनरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

२०८२ मंसिर १७ गते ९:५०

काठमाण्डू, १७ मंसिर– मकवानपुरको हेटौंडा उपमहानगरपालिका १९ बस्तिपुरमा रोकिराखेको कन्टेरमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक मकवानपुरगढी गाउँपालिका–२ गैरीभञ्याङका ३० वर्षीय बालकृष्ण अधिकारी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चितवनतर्फबाट हेटौँडा दिशातर्फ...

ओली समूहद्वारा ईश्वर पोखरेल निकट नेतामाथि कारबाही

२०८२ मंसिर १६ गते १९:१६

काठमाण्डू, १६ मंसिर– एमालेले कोशी प्रदेशका दुई नेतामाथि कारबाही गरेको छ । कोशी प्रदेशका पूर्वमन्त्री एवं एमाले प्रदेश सल्लाहकार परिषद् बलबहादुर साम्सोहाङ र प्रदेश पर्यटन विभागका सचिव मणिशंकर पोमुमाथि पार्टीको कोशी प्रदेश समितिले अनुशानको कारबाही गरेको हो । उनीहरु दुवै ताप्लेजुङका हन् । ती...

हर्क साम्पाङको पार्टीको मूल सिद्धान्त ‘हर्कवाद’

२०८२ मंसिर १६ गते १८:१४

काठमाण्डू, १६ मंसिर– हर्कराज राई साम्पाङ अध्यक्ष रहेको राजनीतिक दल श्रम संस्कृति पार्टीले मंगलबार धरानमा पत्रकार सम्मेलन गर्दै पार्टीको मूल सिद्धान्त ‘हर्कवाद’ रहेको घोषणा गरेको छ । दलको अवधारणा र एजेन्डाहरू सार्वजनिक गर्दै अध्यक्ष साम्पाङले अवधारणा पत्र पढेर सुनाउँदै भने, ‘प्रकृति–संस्कृति–प्रविधिको सन्तुलित र समुचित...

मधेशका मुख्यमन्त्रीबारे सर्वोच्चको आदेशमा ओलीको आपत्ति, भनेः कुन धाराको आधारमा ?

२०८२ मंसिर १६ गते १७:३२

काठमाण्डू, १६ मंसिर– पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेश प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिनका लागि सर्वोच्च अदालतले दिएको परमादेशप्रति आपत्ति व्यक्त गरेका छन । आज (मंगलबार) पार्टीको वन विभागले एमालेको मुख्यालय च्यासलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा एमाले...

केशरमहलमा कारको ठक्करबाट पैदलयात्रुको मृत्यु, ट्राफिक प्रहरी घाइते

२०८२ मंसिर १६ गते १७:२१

काठमाण्डू, १६ मंसिर– काठमाण्डूको केशरमहलमा कारले ड्युटीमा रहेको ट्राफिक प्रहरीलाई ठक्कर दिएको छ भने कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । घाइते हुनेमा ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत ट्राफिक हवल्दार पशुराम ठाकुर र कार चालक काठमाण्डू महानगरपालिका–१६ बस्ने...

कार्की सरकारको दुई निर्णयमा सर्वोच्चको रोक

२०८२ मंसिर १६ गते १७:०४

काठमाण्डू, १६ मंसिर– गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको बलमा बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका दुई निर्णयमा सर्वोच्च अदालतले रोक लगाएको छ । निर्वाचन प्रयोजनका लागि बनेको कार्की नेतृत्वको सरकारले विभिन्न देशका ११ जना राजदूत फिर्ता गर्ने निर्णय र भूमिसम्बन्धी आयोग...

कुशलको छक्का प्रहारमा चियर लिडर घाइते

२०८२ मंसिर १६ गते १६:५९

काठमाण्डू, १६ मंसिर– कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा क्रिकेट बलले लागेर चियर लिडर घाइते भएकी छन । घाइते हुनेमा शर्मिला विक रहेको जिल्ला प्रहरी परिसरका एसपी एवम् प्रवक्ता पवन भट्टराईले जानकारी दिएका छन । विकलाई उपचारका लागि बल्खुको बयोधा अस्पताल लगिएको छ । उनको अनुहारमा...

वाइडबडीको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा

२०८२ मंसिर १६ गते १६:५६

काठमाण्डू, १६ मंसिर– वाइडबडी विमान खरिद प्रकरणमा मुछिएर सफाइ पाएकाहरूलाई सजाय हुनुपर्ने माग सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालतमा पुगेको छ । विशेष अदालतको फैसला त्रुटिपूर्ण भएकाले त्यसलाई बदर गरी सफाइ पाएकाहरूलाई पनि कारबाही हुनुपर्ने माग सहित अख्तियारले विशेष अदालतको फैसला विरुद्ध सर्वोच्च...

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई पितृशोक

२०८२ मंसिर १६ गते १६:५३

काठमाण्डू, १६ मंसिर– पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई पितृशोक परेको छ । श्रेष्ठका बुवा पूर्वन्यायाधीश कुलबहादुर श्रेष्ठको मंगलबार बिहान ९५ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक...

३ दिनदेखि गाडीसहित बेपत्ता व्यक्ति मृत अवस्थामा भेटिए

२०८२ मंसिर १६ गते १४:४१

काठमाण्डू, १६ मंसिर– तीन दिनदेखि सुमो गाडीसहित बेपत्ता ललितपुरको महालक्ष्मी नगरपालिका– ८ लुभुका अन्दाजी ४० वर्षीय दीपेन्द्र केसी उदयपुरको कटारी–१४ पाखेमारा भीरमा मृत अवस्थामा फेला परेका छन । सोमबार साँझ सडकबाट तीन सय मिटर तल सुमो क्षतिग्रस्त रूपमा भेटिएको इलाका प्रहरी कार्यालय कटारीले जानकारी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us