काठमाण्डु, २९ कात्तिक – आप्रवासी श्रमिकको हकहितको साझा मुद्दा तय गर्न कोलम्बो प्रोसेसको मन्त्रिस्तरीय बैठक राजधानीमा सुरु भएको छ । बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारीसहितको सहभागिता रहेको छ । कोलम्बो प्रोसेसमा १२ सदस्य देश र ८ पर्यवेक्षक देश आवद्ध छन् ।...
काठमाण्डु, २८ कात्तिक – कम्बोडियाका प्रधानमन्त्री हुन सेन नेपाल आउने भएका छन् । २० वर्षदेखि निरन्तर कम्बोडियाको प्रधानमन्त्री रहेका सेन मंसिर १३ गते नेपाल आउने कार्यक्रम तय भएको छ । नेपाल भ्रमणका बेला उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नेछन् भने प्रधानमन्त्री केपी शर्मा...
काठमाण्डु, २८ कात्तिक – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निमित्त सचिवमा मन्त्रालयका प्रमुख विशेषज्ञ डा सुशीलनाथ प्याकुर्याल तोकिएका छन् । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले अर्को व्यवस्था नभएसम्म १२औँ तहका प्रमुख विशेषज्ञ प्याकुर्याललाई आर्थिक तथा प्रशासनिक कार्यका निमित्त यही कात्तिक २५ गते सो...
काठमाण्डु, २८ कात्तिक – राष्ट्रपति विद्यादेवी भण्डारी मंसिर तेस्रो साता पोल्याण्डको भ्रमणमा जाने भएकी छन् । संयुक्त राष्ट्रसंघले पोल्याण्डको क्याटोवाइसमा मंसिर १७ गतेदेखि १४ गतेसम्म आयोजना गर्ने जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ जाने भएकी हुन् । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीका अनुसार राष्ट्रपति...
काठमाण्डु, २८ कात्तिक – प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले संघीय राजधानीको भैँसेपाटीस्थित सरकारी निवास मर्मतमा अाईएनजिओको सहयोग नलिएको बताएका छन् । बुधबार एक पत्रिकामा ‘मुख्यमन्त्रीको शंकास्पद निवास’ शीर्षकमा प्रकाशित समाचारबारे धारणा सार्वजनिक गर्न निकालिएको प्रेस विज्ञप्तिमा पौडेलले उक्त भवनको मर्मत गर्न अन्तर्राष्ट्रिय...
काठमाण्डु, २८ कात्तिक – सरकारले तीन वर्षभित्रमा सबैै ठाउँमा झोलुङ्गे पुल निर्माण गर्ने गरी काम अघि बढाएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले तीन वर्षमा निर्माण हुन बाँकी रहेका दुई हजार ४०० झोलुङ्गे पुल निर्माण गर्ने गरी काम अघि...
म्याग्दी, २८ कात्तिक – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरूले म्याग्दीको तातोपानीमा डुबुल्की मारेको फोटो आएपछि राष्ट्रियर अन्तर्राष्ट्रिय क्षेत्रमा पर्यटन विकासलाई सहयोग पुगेको बताएका छन् । पत्नी सीतालाई ‘वाटर थेरापी’ गर्न सोमबार म्याग्दी पुगेका प्रचण्डले उद्योग वाणिज्य संघ...
काठमाण्डु, २८ कात्तिक – सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्रीबाट बर्खास्तीमा परेका नेकपा नेता दीर्घ सोडारीले आफूलाई जानकारी नै नदिई मन्त्री पदबाट बर्खास्त गर्दा नराम्रो लागेको प्रतिक्रिया दिएका छन् । ‘आफूलाई बर्खास्त गर्न लागेको बारे जानकारी दिएको भए राजीनामा दिएर सहयोग नै गर्ने थिए’, सोडारीले भने,...
म्याग्दी, २८ कात्तिक – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्यूनिष्ट आन्दोलनमा सहकार्य गर्न तत्कालीन एकिकृत नेपाल कम्युनिष्ट पार्टी(एमाले)ले नमान्दा आफूहरु जनयुद्धमा जानुपरेको बताएका छन् । बुधबार नेकपा म्याग्दीले पार्टी कार्यालयमा आयोजना गरेको कार्यकता प्रशिक्षण भेलामा पूर्व प्रधानमन्त्रीसमेत रहेका दाहालले तत्कालीन...
काठमाण्डु, २८ कात्तिक – नेपालका लागि दक्षिण कोरियाका राजदूत किम योङ्ग हाकले मंगलबार नेपाल कम्युनिस्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग विदाइ भेट गरेका छन् । बुधबार विहान नेपाल निवास कोटेश्वर पुगेका उनले आफू ४ बर्ष ९ महिना नेपालमा बस्दा यहाँको राजनीतिक नेतृत्व र...
काठमाण्डु, २८ कात्तिक – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आर्थिक विकास र समृद्धिको बाटोमा लागेको बताएका छन् । चीनका पर्यटन तथा संस्कृति मन्त्री लु सुगाङबीच बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले नेपालले हिँड्न थालेको समृद्धिको बाटोमा...
दार्चुला, २८ कात्तिक – नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडूले राजनीतिक प्रतिस्पर्धा अब विकासका लागि हुनुपर्ने बताएका छन् । सामुदायिक ग्रामीण विकास समाज नेपालको आयोजना तथा नौ वटै स्थानीय तहको सहयोगमा दार्चुला सदरमुकाम खलङ्गामा सञ्चालन भएको अन्तर स्थानीय तहबीचको महिला भलिबल...