राजनीति

संयन्त्र डाकेर छलफल गर्न ओली–देउवा तयार

२०८२ वैशाख २ गते १५:१२

काठमाण्डू, २ वैशाख– वर्तमान सत्तागठबन्धनभित्र संशय उब्जिने बोलीव्यवहार सार्वजनिक भइरहेका बेला प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तासाझेदार कांग्रेस सभापति शेरबहादुर देउवासँग मंगलबार बिहान छलफल गरेका छन् । बालुवाटारमा करिब एक घन्टा दुई नेताबीच भएको छलफलमा गठबन्धनको आयु, तथा साझेदारीअनुरुप कार्यशैली नभइरहेको...

बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छः गगन थापा

२०८२ वैशाख २ गते १४:२६

काठमाण्डू, २ वैशाख– कांग्रेस महामन्त्री गगन थापाले विचौलियाहरूको पहुँच प्रधानमन्त्रीको शयन कक्ष (बेडरुम) सम्म हुने गरेको बताएका छन । आज (मंगलबार) काठमाण्डूमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री थापाले यस्तो बताएका हु्न । महामन्त्री थापाले निजी क्षेत्र र विचौलिया फरक कुरा भएको बताउँदै...

निर्मला पन्तको हत्यारा पत्ता लगाउन अनुसन्धान गर्ने निकाय क्रियाशील छः गृहमन्त्री

२०८२ वैशाख २ गते १३:१४

काठमाण्डू, २ वैशाख– गृहमन्त्री रमेश लेखकले कञ्चनपुरकी बालीका निर्मला पन्तको हत्यारा पत्ता लगाउन अनुसन्धान गर्ने निकाय क्रियाशील रहेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले संसद्‍‍मा प्रश्न दर्ता गरेर वर्षौं बितिसक्दा पनि निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्रीलाई...

पार्टी स्थापना दिवसमा कम्युनिस्ट योद्धालाई सम्मान गर्ने एमाले निर्णय

२०८२ वैशाख १ गते १७:२९

काठमाण्डू, १ वैशाख– सत्ता घटक दल एमालेले कम्युनिस्ट आन्दोलनमा योगदान गर्ने ७ जनालाई कम्युनिस्ट योद्धाका रूपमा सम्मान गर्ने निर्णय गरेको छ । आज (सोमबार) एमाले मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले पार्टी स्थापना दिवसका अवसरमा लालबहादुर विश्वकर्मासहित ७ जनालाई कम्युनिस्ट योद्धाका रूपमा सम्मान गर्ने निर्णय...

बिसु पर्वमा एक अर्कालाई सिस्नो लगाए एमाले नेताहरूले

२०८२ वैशाख १ गते १७:१५

काठमाण्डू, १ वैशाख– आज (सोमबार) नयाँ वर्ष ०८२ को पहिलो दिनको अवसर पारेर एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा बस्दा उपाध्यक्ष तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले एउटा रमाइलो प्रसंग निकाले । बितेका वर्षमा भएका मनोमालिन्य तथा विवाद यहीं बिर्संदै सम्बन्धमा न्यानोपन सुरु गरौं भन्ने सुदूरपश्चिमको...

ओलीसँग सरकारमा रहेको भन्दै देउवाले दिएनन् प्रचण्डलाई भेट्न समय

२०८२ वैशाख १ गते १६:१३

काठमाण्डू, १ वैशाख– प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नयाँ वर्षमा नयाँ सरकार बन्ने अभिव्यक्ति दिए। दाहालको उक्त अभिव्यक्तिले अहिले राष्ट्रिय राजनीतिमा एक खाले हलचल मचाईरहेको छ । तर, त्यो हल्ला मात्रै भएको कांग्रेस नेताहरू बताउँछन् । सभापति शेरबहादुर देउवा...

भेटेर संवाद गर्ने दाहालको प्रस्तावमा देउवाले भनेः तपाईंसँग हुँदा ओलीसँग भेटिनँ, अहिले ओलीसँग छु, तपाईंसँग भेट्दिनँ

२०८२ वैशाख १ गते १६:०४

काठमाण्डू, १ वैशाख– प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नयाँ वर्षमा नयाँ सरकार बन्ने अभिव्यक्ति दिए। दाहालको उक्त अभिव्यक्तिले अहिले राष्ट्रिय राजनीतिमा एक खाले हलचल मचाईरहेको छ । तर, त्यो हल्ला मात्रै भएको कांग्रेस नेताहरू बताउँछन् । सभापति शेरबहादुर देउवा...

सरकार परिवर्तनको हल्ला प्रचण्डको कुण्ठा र पीडाबोधः एमाले

२०८२ वैशाख १ गते १५:३७

काठमाण्डू, १ वैशाख– सत्ता घटक दल एमालेले वर्तमान सरकार परिवर्तनको कुनै पनि सम्भावना नरहेको बताएको छ । आज (सोमबार) एमाले मुख्यालय च्यासलमा बसेको एमालेको केन्द्रीय बैठकले सरकार परिवर्तनको हल्लामा सत्यता नरहेको निष्कर्ष निकालेको बैठक पछि बैठकको निर्णय सुनाउँदै उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।...

पूर्वराजाको सन्देशप्रति एमालेको प्रश्नः लुटपाट र विध्वंस मच्चाउनु जनतामा आएको जागरण हो ?

२०८२ वैशाख १ गते १५:२७

काठमाण्डू, १ वैशाख– सत्ता घटक दल एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो शुभकामना सन्देशप्रति आपत्ति व्यक्त गरेको छ । पूर्वराजाको मनमा राजतन्त्र फर्काउन सकिन्छ कि भन्ने आशा अझै जीवितै रहेको निष्कर्षसमेत एमालेले निकालेको छ । आज (सोमबार) एमाले मुख्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालयको ४८ औं...

प्रतिगामीविरुद्ध लोकतान्त्रिक शक्तिबीच एकताको खाँचो छः माधव नेपाल

२०८२ वैशाख १ गते १४:३९

काठमाण्डू, १ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले परिवर्तन पक्षधर लोकतान्त्रिक शक्तिहरूबीच एकताको लागि आग्रह गरेका छन । आज (सोमबार) नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना दिँदै नेपालले परिवर्तनका पक्षधर शक्तिहरूबीच एकताको अपिल गरेका हुन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध...

एमाले सचिवालय बैठक जारी

२०८२ वैशाख १ गते १४:१०

काठमाण्डू, १ वैशाख– सत्ता घटक दल एमालेको सचिवालय बैठक जारी छ । एमाले मुख्यालय च्यासलमा केहि बेर अधि मात्रै सचिवालयको बैठक सुरु भएको एमालेका एक सचिवालय सदस्यले जानकारी दिएका छन । आजको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी...

राजतन्त्र भूत भइसक्यो, भविष्य होइनः गोकुल बास्कोटा

२०८२ वैशाख १ गते १२:२६

काठमाण्डू, १ वैशाख– पूर्व मन्त्री एवं एमाले सांसद गोकुल प्रसाद बास्कोटाले नेपालमा राजतन्त्रको भविष्य समाप्त भइसकेको बताएका छन । राजतन्त्र भूत भइसकेको बताउँदै उनले १८ वर्षअघि नै राजतन्त्रको भविष्य सकिएको बताएका छन । एमाले सांसद बास्कोटाले भने, ‘नेपालमा राजतन्त्र भूत भइसक्यो, भविष्य होइन ।’...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us