काठमाण्डु, ११ साउन – संविधानको मस्यौदामाथि सुझाव संकलन भएपछि संविधानसभाले संविधानको मस्यौदामा रहेको धर्मनिरपेक्षता शब्द हटाउने विषयमा दलहरु निकै नजिक पुगेको जनाइएको छ । संविधानसभाको नागरिक सम्बन्ध तथा सुझाव समितिले तयार गरेको प्रतिवेदनमा धर्मनिरपेक्षता भन्ने शब्दप्रति आमनागरिकहरुले असहमति रहेको उल्लेख गरिएको छ । नागरिक...
काठमाण्डु, ११ साउन – पूर्वयुवराज पारस शाहको मुटुमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ । नियमित स्वाथ्य परीक्षण गराइरहेका पारसलाई चिकित्सकको सल्लाहमा नर्भिक अस्पताल भर्ना गरिएको हो । मुटुको धड्कनलाई स्थिर गर्न राखिने पेसमेकर छातीमा अप्रेसन गरी छालाभित्र मुटुभन्दा माथि राखिएको...
काठमाण्डु, ११ साउन– विदेशमा स्थायी बसोबास गर्ने सुविधा लिएका व्यक्तिलाई सरकारी सेवाबाट बाध्यात्मक अवकाश दिने कानुन बनेपछि सरकार र उनीहरुको सूची संकलनमा लागेको छ । सरकारले संसदको राज्य व्यवस्था समितिमा बुझाएको र हालसम्म गोप्त राखिएको विवारणमा केही महिनाअघिमात्र नियुक्त भएका संवैधानिक अंगका आयुक्तसहित उच्च...
काठमाण्डु,११ साउन – काठमाण्डु उपत्यकामा वाग्मतीको पानीमा मुहानबाटै दिसापिसाबलगायत फोहोर मिसिएर आउन थालेपछि प्रशोधनमा बढी बजेट, समय र जनशक्ति लाग्ने गरेको छ । स्रोतबाट आएको पानीलाई पिउनयोग्य बनाई वितरण गर्नुपर्ने भएकाले यस्तो खर्च व्यहोर्नुपरेको काठमाण्डु उपत्यका खानेपानी लिमिटेड पानी गुणस्तर महाशाखा प्रमुख ज्ञानेन्द्रबहादुर कार्कीले...
काठमाण्डु, ११ साउन– तेस्रो पटक गृहमन्त्रालयको बागडोर सम्हालेका उपप्रधानमन्त्री बामदेव गौतमको सचिवालयमा कार्यरत कर्मचारीहरु नै उनीविरुद्ध क्रियाशील रहेको खुलासा भएकोछ । गौतम जतिपटक गृहमन्त्री भएपनि उनको सचिवालयमा सदाबहार पिए बस्दैआएका जयराज भण्डारी र एमाले निकट निजामती कर्मचारी संगठनका अध्यक्ष पुण्य ढकाल लगायतका कर्मचारीहरुले गौतममाथि...
काठमाण्डु, १० साउन– १२ वैशाखको भूकम्पले पार्टी कार्यालय भत्केका कारण एमाले पोलिटब्युरो बैठक शनिबार मुख्यालय परिसरको चौरमा पालमुनि बस्यो । बैठकमा सदस्यहरूलाई खाजा कुखुराको मासु, चिउरा र अचार थियो । तर, खानेवेला पानी परेपछि खाजा भिजेको थियो । पानीले बैठकसमेत प्रभावित पारेको थियो ।...
काठमाण्डु, १० साउन – कुलेखानीको जलासय इन्द्रसरोवरमा यस वर्ष अहिलेसम्म पानीको सतह भरिन सकेको छैन । जलाधार क्षेत्रमा यथेष्ट पानी नपरेकोले जल सतह निकै कम देखिएको हो । केही दिनयता कुलेखानीबाट आवश्यकताअनुसार मात्र विद्युत उत्पादन गर्ने गरिएको ती प्राविधिकले बताए । प्राविधिकका अनुसार यसबाट...
काठमाण्डु, १० साउन – करिब ६० करोड रुपैयाँ खर्चको भएको वन स्रोत सर्वेक्षण परियोजना(एफआरए) मा ५ करोड रुपैयाँभन्द बढी रकम भ्रमणमै सकिएकोछ । उक्त रकम वन मन्त्रालयका सचिव, सहसचिव, महानिर्देशक, महाशाखा प्रमुख, उपसचिव, वनअधिकृत रेन्जर र प्राविधिक गरी झन्डै २ सय जनाको भ्रमणमा सकिएको...
काठमाण्डु, १० साउन– सरकारी अस्पतालले चलाएका र निजी फार्मेसीमा एउटै औषधिको मूल्यमा आकाश–जमिनको फरक देखिएको छ । जिनी फार्मेले सर्वसाधारणबाट झन्डै ७३ प्रतिशतभन्दा बढी मूल्य असुलिरहेका छन् । उपभोक्ता हित संरक्षण मञ्चले वीर अस्पताल परिसरभित्र सञ्चालित निजी फार्मेसी र महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिस भास्कुलर एन्ड...
काठमाण्डु, १० साउन – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले पार्टी बिगारेको आरोप लाउनेलाई शनिबार एउटा कार्यक्रममा कटाक्ष गरेका छन् । पार्टीमा अधिकांश नेता तथा कार्याकर्ताहरुले अध्यक्षका कारणले पार्टी बिग्रिएको आरोप लगाउन थालेपछि प्रचण्डले यसरी कटाक्ष गरेका हुन् । शनिबार पेरिसडाँडामा नेकपाका...
काठमाण्डु, १० साउन–नवलपरासीमा १० वर्षीय बालक बलि चढाउने अभियुक्तलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । नवलपरासीको कुडिया–४ का परमानन्द कोहारको १० वर्षीय छोरा सोनु भनिने जीवनलाई बलि दिने अभियुक्तलाई प्रहरीले पक्राउ गरी शनिबार सार्वजनिक गरेको हो । कुडिया– ४ बस्ने ३५ वर्षका कोदई...
काठमाण्डु, १० साउन – लिपुलेक भञ्ज्याङमा नेपालको दाबीसम्बन्धी ऐतिहासिक प्रमाण मगाएर चीनले भारतसँग भएको सम्झौता सच्याउने संकेत दिएको छ । लिपुलेक नाकाबाट व्यापार विस्तार गर्न भारत र चीनबीच दुई महिनाअघि भएको सम्झौता सच्याउन नेपाल सरकारले आग्रह गरेपछि चीनको विदेश मन्त्रालयले यसबारे समीक्षा गरिरहेको बेइजिङस्थित...