अर्थ

उखु किसानको आन्दोलन स्थगित

२०७५ असोज १३ गते १६:२३

नवलपरासी, १३ असोज – किसान र स्थानीय प्रशासनबीच सहमति भएपछि पश्चिम नवलपरासीमा जारी उखु किसानको आन्दोलन स्थगित भएको छ । चिनी उद्योगबाट पाउनुपर्ने बक्यौता रकम भुक्तानी गर्नुपर्नेलगायतका माग राखी पश्चिम नवलपरासीका उखु किसानले शुक्रबारदेखि बर्दघाट बजारमा राजमार्ग अवरुद्ध पारेर आन्दोलनमा उत्रिएका छन् । स्थानीय...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

२०७५ असोज १३ गते १६:१४

काठमाण्डु, १३ असोज – निरन्तर उकालो लागिरहेको अमेरिकी डलरको भाउ केही दिनयता स्थिर छ । नेपाल राष्ट्र बैङ्कले आज निर्धारण गरेको मूल्यअनुसार अमेरिकी १ डलरको खरिद दर ११५ रुपैयाँ ६८ पैसा छ । बिक्री दर भने राष्ट्र बैंकले १२६ रुपैयाँ २८ पैसा तोकेको छ...

उखु किसानलाई चिनी मिलले ४३ करोड नदिएपछि…

२०७५ असोज १२ गते १६:४९

नवलपरासी, १२ असोज – पश्चिम नवलपरासीका उुख किसान तीन सुत्रीय माग राख्दै आन्दोलनमा उत्रिएका छन् । चिनी उद्योगबाट पाउनुपर्ने बक्यौता रकम भुक्तानी लगायतका माग राख्दै उनीहरुले आन्दोलन थालेका हुन् । अघिल्लो वर्षको बक्यौता रकम पाउनुपर्ने, उखुको मूल्य निर्धारण समयमै गरिनुपर्ने र उद्योगले सुरुमै भुक्तानी...

दसैंका लागि सुपथ मूल्य पसल सञ्चालन, अन्तभन्दा धेरै छुट

२०७५ असोज १२ गते १०:२३

काठमाण्डु, १२ असोज – सरकारी संस्थानहरूले आज देखि काठमाण्डु उपत्यकाभित्र र बाहिर गरी ४७ स्थानमा सुपथमूल्य पसल सञ्चालन गर्दै छन् । दसैं, तिहार र छठ पर्वलाई लक्षित गरेर उपत्यकासहित देशका विभिन्न ठाउँमा सञ्चालन हुने सुपथ मूल्यका पसल कात्तिक २७ गतेसम्म रहने छन् । सुपथ...

विद्युतीकरणका लागि साढे चार करोड बजेट विनियोजन

२०७५ असोज १२ गते १०:०८

दार्चुला, १२ असोज – चालू आर्थिक वर्षमा दार्चुलामा विद्युतीकरणका लागि रु साढे चार करोड बजेट विनियोजन भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जिल्लामा एचटी एलटी लाइन निर्माण तथा ट्रान्सफर्मर जडानका लागि रु चार करोड ६० लाख बजेट विनियोजन भएको हो । विद्युतीकरण...

नेप्से लाग्यो ओरालो

२०७५ असोज ११ गते १७:५३

काठमाण्डु, ११ असोज – नेपाल स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको सेयर कारोबार मापक नेप्से परिसुचक कारोबार हुने साताको अन्तिम दिन बिहीबार १० दशमलब ५६ अंकले घटेको छ । कारोबार भएका १० कम्पनी समुहका उपसुचकमध्ये होटल र उत्पादन समुह बाहेक अरु सबैले घाटा व्यहोरेकाले बजार परिसुचक...

चमेलीले १५ प्रतिशत मुनाफा कमायो

२०७५ असोज ११ गते १२:४७

भक्तपुर, ११ असोज – चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७४–७५ मा रु ९५ लाख नौ हजार मुनाफा आर्जन गरेको छ । सूर्यविनायक नगरपालिका– १ र ४ को सिमाना बिरुवामा रहेको सो सहकारीको १६औँ वार्षिक साधारणसभामा संस्थाका अध्यक्ष जनार्दन न्यौपानले शेयरधनी...

पश्चिम सेती आयोजनामा उपयुक्त ढाँचाको खोजी गरिन्छ: उर्जामन्त्री पुन

२०७५ असोज ११ गते ११:००

काठमाण्डु, ११ असोज – सरकारले पश्चिम सेती जलविद्युत् आयोजना निर्माणको उपयुक्त ढाँचा तय गर्दै लगानीका लागि आवश्यक प्रक्रिया थाल्ने भएको छ । चिनियाँ कम्पनी थ्री गर्जेजले विगत सात वर्षसम्म आयोजनाले कुनै प्रगति नगरेको र पछिल्लो दिनमा आफैँ आयोजनाबाट बाहिरिने सङ्केत गरेपछि सरकारले ऊर्जा, जलस्रोत...

जुम्लाका सबै स्थानीय तहमा बैंकिङ सेवा शुरु

२०७५ असोज १० गते १७:२८

जुम्ला, १० असोज – जुम्लाका आठैवटा स्थानीय तहमा बैंकिङ सेवा शुरु भएको छ । एक नगरपालिकासहित सात गाउँपालिकामा बैंकिङ सेवा शुरु भएको हो । सबै स्थानीय तहमा बैंकिङ सेवाको पहुँच पु¥याउने सरकारको योजनाअनुसार जुम्लाका सबै स्थानीय तहमा बैंक पुगेका हुन् । अहिले सबै स्थानीय...

बुटवलमा सहकारीले उपभोक्ता पसल सञ्चालन गर्दै

२०७५ असोज १० गते १६:३४

बुटवल, १० असोज – लालटिन कृषि सहकारी संस्थाले आजदेखि बुटवलमा उपभोक्ता पसल सञ्चालन गरेको छ । सहकारीले सञ्चालन गरेका उपभोक्ता पसल बन्द भइरहेको अवस्थामा आफ्ना शेयर सदस्यलाई समेत लक्षित गरी उपभोक्ता पसल सञ्चालन भएको अध्यक्ष गङ्गालाल सापकोटाले जानकारी दिए । उनले कृषिको उत्पादन र...

सामसुङले ल्यायो एन सिरिज टिभि बजारमा

२०७५ असोज १० गते १५:१८

काठमाण्डु, १० असोज – सामसुङ इलेक्ट्रोनिक्सले बहुप्रतिक्षित टेलिभिजन सिरिज सामसुङ एन सिरिज बजारमा ल्याएको छ । टेलिभिजनका सम्पूर्ण रेन्जहरु HD, FHD, UHD टिभीहरु ३२ देखि ७५ इन्च साइजमा बजारमा उपलब्ध छन् । साथै स्मार्ट र नन स्मार्ट मोडलको विकल्प पनि प्रदान गरिएको छ । नेपालमा...

कोरियाद्वारा ५५ करोड प्राविधिक अनुदान उपलब्ध

२०७५ असोज १० गते १२:५४

काठमाण्डु, १० असोज – कोरिया सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीमको गुणस्तर अभिवृद्धि गर्न नेपाल सरकारलाई रु ५५ करोड अनुदान उपलब्ध गराउने भएको छ । अनुदान सहयोगसम्बन्धी समझदारीपत्रमा आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि कोरियाका राजदूत पार्क योङ सिक र अर्थसचिव...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us